आइसोलेसन र क्वारेन्टाइन क्याल्कुलेटर

This page is being reviewed for updates. The Washington State Department of Health has updated its guidance for what to do if you are sick with COVID-19 or were exposed to COVID-19. This page may have content that is inconsistent with the new guidance.

COVID-19 का लागि आइसोलेसन र क्वारेन्टाइन :: वाशिङ्गटन राज्य, स्वास्थ्य विभाग (अङ्ग्रेजी मात्र)

आफ्नो आइसोलेसन वा क्वारेन्टाइनको अवधि कसरी गणना गर्ने भन्ने बारेमा जान्न कृपया तल हेर्नुहोस्। आइसोलेसनको अवधिमा के गर्ने भन्ने बारेमा थप जानकारीका लागि, कृपया तपाईंको COVID-19 परीक्षण पोजेटिभ देखिएमा के गर्ने (PDF) हेर्नुहोस्। तपाईं COVID-19 भएको कोही व्यक्तिको नजिकको सम्पर्कमा आउनुभएको छ भने के गर्ने भन्ने बारेमा थप जानकारीका लागि, कृपया तपाईं COVID-19 भएको कोही व्यक्तिसँग सम्भावित सम्पर्कमा आउनुभएको भएमा के गर्ने (PDF) हेर्नुहोस्।

तपाईंको प्रतिरक्षा प्रणाली कमजोर भएको छ वा COVID-19 बाट गम्भीर रूपमा बिमारी हुनुहुनुहुन्थ्यो भने गू नहुने सम्भावना लागू नहुन सक्छन्।हुन्छ। कृपया थप जानकारीका लागि कृपया तपाईंको COVID-19 परीक्षण पोजेटिभ देखिएमा के गर्ने (PDF) हेर्नुहोस्।

तपाईं उच्च-जोखिम भएको ठाउँमा बस्दै वा कार्य गर्दै हुनुहुन्छ भने यी क्याल्कुलेटरहरू तपाईंको अवस्थामा लागू नहुन सक्छन्। उच्च-जोखिमका ठाउँहरूमा निम्न पर्छन्ः स्वास्थ्य स्याहार सुविधास्थल, सुधारात्मक सुविधास्थल, कारावास सुविधा, घरबारविहीनका आश्रयस्थल, पारागमन आवास, व्यावसायिक समुद्री स्थान (उदाहरण, व्यावसायिक समुद्री खानाको भेसल, कार्गो सिप, क्रुज सिप), अस्थायी कर्मचारी आवास वा कार्यको प्रकृतिका कारणले भौतिक दुरी राख्न सम्भव नहुने भिडभाड हुने कार्यस्थलहरू (उदाहरण, गोदाम, फ्याक्ट्री र खाना प्याकेजिङ र मासु प्रशोधन गर्ने सुविधास्थलहरू)। कृपया आफ्नो आइसोलेसनको अवधिको बारेमा जानकारीका लागि तपाईंको COVID-19 परीक्षण पोजेटिभ देखिएमा के गर्ने (PDF) हेर्नुहोस् र क्वारेन्टाइनको अवधिको बारेमा जानकारीका लागि तपाईं COVID-19 भएको कोही व्यक्तिसँग सम्भावित सम्पर्कमा आउनुभएको भएमा के गर्ने (PDF) हेर्नुहोस्।

मेरो परीक्षण पोजेटिभ आएको छ र लक्षणहरू देखिएका छन् वा थिएः मेरो आइसोलेसन अवधि गणना गर्नुहोस्

5 दिनको आइसोलेसन

निम्न कुराहरू भएमा 5 दिनको आइसोलेसन अवधि उपयुक्त हुन्छ:

  • तपाईंका लक्षणहरूमा सुधार भएको छ र
  • तपाईंलाई ज्वरो आएको वा ज्वरो-घटाउने औषधि सेवन गर्नुभएको 24 घण्टा बितिसकेको छ र
  • तपाईं अन्य मानिसहरूको वरिपरि हुँदा राम्रोसँग फिट हुने मास्क लगाउन सक्षम हुनुहुन्छ

यी मापदण्ड लागू हुन्छन् भने आइसोलेसनमा बस्ने तपाईंको अन्तिम दिन हो:
तपाईंको आइसोलेसन समाप्त हुने दिन हो:

थप ५ दिनसम्म ( सम्म) मास्क लगाउन नबिर्सनुहोस् र मास्क लगाउन नसक्ने खालका गतिविधिहरू नगर्नुहोस् । तपाईंले सकेसम्म सम्म उच्च जोखिममा रहेका मानिसहरूको वरिपरि बस्नबाट जोगिनुपर्छ । यात्राको बारेमा थप जानकारीका लागि यात्रा | CDC (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) हेर्नुहोस् |

तपाईंसँग एन्टिजेन परीक्षणको पहुँच छ भने, तपाईं आइसोलेसनमा बसेको 5 दिनपछि परीक्षण गराएर अन्य मानिसहरूलाई सङ्क्रमण गराउन सक्ने जोखिम अझै कम गराउन सक्नुहुन्छ। तपाईंको परीक्षण नेगेटिभ आएमा, तपाईं 5 दिनपछि आइसोलेसन समाप्त गर्न सक्नुहुन्छ तर थप 5 दिनसम्म ( सम्म) अन्य मानिसहरूको वरिपरि हुँदा मास्क लगाउन जारी राख्नुहोस्। तपाईंको परीक्षण पोजेटिभ आएमा तपाईं सम्म आइसोलेसनमा बस्नुपर्छ।

10 दिनको आइसोलेसन

तपाईंमा माथिको मापदण्ड लागू हुँदैन भने तपाईं 10 दिनसम्म आइसोलेसनमा बस्नुपर्छ।

तपाईं 10 दिनदेखि आइसोलेसनमा बस्दै आउनुभएको छ भने तपाईंको आइसोलेसनको अन्तिम पूरा दिन हो:
तपाईंको आइसोलेसन समाप्त हुने दिन हो:

मा तपाईंका लक्षणहरूमा सुधार आएको छैन वा तपाईंलाई निरन्तर ज्वरो आइरहेको छ (वा ज्वरो-घटाउने औषधिहरू आवश्यक छ) भने तपाईंका लक्षणहरूमा सुधार नभएसम्म र तपाईंलाई ज्वरो घटाउने औषधिहरू सेवन नगरिकन 24 घण्टासम्म ज्वरो नआएसम्म आफ्नो आइसोलेसन समाप्त गर्न प्रतीक्षा गर्नुहोस्।

मेरो परीक्षण पोजेटिभ आएको छ तर मलाई कहिल्यै पनि कुनै लक्षण देखिएको छैन: मेरो आइसोलेसन अवधि गणना गर्नुहोस्

5 दिनको आइसोलेसन

निम्न कुराहरू भएमा 5 दिनको आइसोलेसन अवधि उपयुक्त हुन्छ:

  • तपाईं अन्य मानिसहरूको वरिपरि हुँदा राम्रोसँग फिट हुने मास्क लगाउन सक्षम हुनुहुन्छ

तपाईंलाई कहिल्यै लक्षणहरू देखिएको छैन र अन्य मानिसहरूको वरिपरि हुँदा राम्रोसँग फिट हुने मास्क लगाउन सक्षम हुनुहुन्छ भने तपाईंको आइसोलेसनको अन्तिम पूरा दिन हो:
तपाईंको आइसोलेसन समाप्त हुने दिन हो:

थप ५ दिनसम्म ( सम्म) मास्क लगाउन नबिर्सनुहोस् र मास्क लगाउन नसक्ने खालका गतिविधिहरू नगर्नुहोस् । तपाईंले सकेसम्म सम्म उच्च जोखिममा रहेका मानिसहरूको वरिपरि बस्नबाट जोगिनुपर्छ । यात्राको बारेमा थप जानकारीका लागि यात्रा | CDC (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) हेर्नुहोस् |

 

10 दिनको आइसोलेसन

तपाईंमा माथिको मापदण्ड लागू हुँदैन भने तपाईं 10 दिनसम्म आइसोलेसनमा बस्नुपर्छ।

तपाईं 10 दिनदेखि आइसोलेसनमा बस्दै आउनुभएको छ भने तपाईंको आइसोलेसनको अन्तिम पूरा दिन हो:
तपाईंको आइसोलेसन समाप्त हुने दिन हो:

म COVID-19 को सम्पर्कमा आएको (नजिकको सम्पर्कमा आएको रूपमा पहिचान गरिएको) थिएँ: मेरो क्वारेन्टाइन अवधि गणना गर्नुहोस्

तपाईं COVID-19 का लागि पोजेटिभ देखिएको कोही व्यक्तिसँग नजिकको सम्पर्कमा आउनुभएको थियो तर तपाईंलाई कुनै लक्षण देखिएको छैन।

तपाईंले COVID-19 को पूरा खोप लगाउनुभएको छ वा छैन भन्ने जान्नका लागि Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण तथा रोकथाम केन्द्र) को मार्गदर्शन (अङ्ग्रेजी मात्र) हेर्नुहोस्। तपाईंले COVID-19 को पूरा खोप लगाउनुभएको भने तपाईं घरमा र क्वारेन्टाइनमा बस्नुपर्छ।

5 दिनको क्वारेन्टाइन

निम्न कुराहरू भएमा 5 दिनको क्वारेन्टाइन अवधि उचित हुन्छः

  • तपाईंले COVID-19 का पूरा खोपहरू लगाउनुभएको छैन
  • तपाईं अन्य मानिसहरूको वरिपरि हुँदा राम्रोसँग फिट हुने मास्क लगाउन सक्षम हुनुहुन्छ

तपाईं कम्तीमा पूरा 5 दिनसम्म घरमा र क्वारेन्टाइनमा बस्नुपर्छ (यस समयावधिमा तपाईंको परीक्षण नेगटिभ देखिए तापनि)। तपाईको क्वारेन्टाइनको अन्तिम पूरा दिन हो:
तपाईंको क्वारेन्टाइन समाप्त हुने दिन हो:

थप 5 दिनसम्म ( सम्म) अन्य मानिसहरूको वरिपरि हुँदा राम्रोसँग फिट हुने मास्क लगाउनुहोस्, मास्क लगाउन नमिल्ने क्रियाकलापहरू नगर्नुहोस् र गम्भीर रोगको उच्च जोखिममा भएका मानिसहरूको वरिपरि नजानुहोस्। यात्रा सम्बधी जानकारीका लागि यात्रा | CDC (अङ्ग्रेजी मात्र) हेर्नुहोस्।

तपाईंमा लक्षणहरू नदेखिए तापनि पनि परीक्षण गर्नुपर्छ। तपाईं COVID-19 भएको कोही व्यक्तिसँग पछिल्लो पटक नजिकको सम्पर्कमा आएको कम्तीमा 5 दिनपछि (वा मा वा त्यसपछि) परीक्षण गर्नुहोस्। तपाईंको परीक्षण पोजेटिभ देखिएमा तपाईं घरमा बस्नुपर्छ र अन्य मानिसहरूबाट अलग्गै रहनुपर्छ (आइसोलेसनका बारेमा थप जानकारीका लागि, कृपया तपाईंको COVID-19 परीक्षण पोजेटिभ देखिएमा के गर्ने (PDF)) हेर्नुहोस्।

10 दिनको क्वारेन्टाइन

निम्न कुराहरू भएमा 10 दिनको क्वारेन्टाइन अवधि उचित हुन्छः

  • तपाईंले COVID-19 का पूरा खोपहरू लगाउनुभएको छैन
  • तपाईं अन्य मानिसहरूको वरिपरि हुँदा राम्रोसँग फिट हुने मास्क लगाउन सक्षम हुनुहुन्न

तपाईं कम्तीमा पूरा 10 दिनसम्म घरमा र क्वारेन्टाइनमा बस्नुपर्छ (यस समयावधिमा तपाईंको परीक्षण नेगटिभ देखिए तापनि)। तपाईंको क्वारेन्टाइनको अन्तिम पूरा दिन हो:
तपाईंको क्वारेन्टाइन समाप्त हुने दिन हो:

यो मितिमा, तपाईंले आफ्ना नियमित क्रियाकलापहरू पुनः आरम्भ गर्न सक्नुहुन्छ तर अझै पनि आफ्नो जोखिम कम गर्नका लागि कदमहरू चाल्नुपर्छ(उदाहरणका लागि, COVID-19 विरुद्धका खोपहरूको पूर्ण मात्रा (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) लगाउनुहोस्, सिफारिसहरू र/वा मापदण्डहरू अनुसार मास्क लगाउनुहोस्, पर्याप्त मात्रामा हावा आवतजावत नहुने ठाउँहरूमा नरहनुहोस् र बारम्बार हात धुनुहोस्; थप जानकारीका लागि 'आफू र अरूलाई कसरी सुरक्षित गर्ने | CDC' (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) हेर्नुहोस्)।

क्वारेन्टाइन बस्नु नपर्ने

तपाईंले COVID-19 को पूरा खोप लगाउनुभएको छ (अङ्ग्रेजी मात्र) भने तपाईंमा लक्षणहरू नदेखिँदासम्म तपाईं घरमा र क्वारेन्टाइनमा बस्न आवश्यक छैन। तपाईंमा लक्षणहरू नदेखिए तापनि तपाईंले अझै पनि सम्म अन्य मानिसहरूको वरिपरि हुँदा राम्रोसँग फिट हुने मास्क लगाउनुपर्छ र परीक्षण गर्नुपर्छ। तपाईं COVID-19 भएको कोही व्यक्तिसँग अन्तिम पटक नजिकको सम्पर्कमा आएको कम्तीमा 5 दिनपछि (वा मा वा त्यसपछि) परीक्षण गर्नुहोस्।

तपाईंलाई विगतको 90 दिनभित्र COVID-19 भएको छ (तपाईंलाई भाइरल परीक्षण (अङ्ग्रेजी मात्र)) प्रयोग गर्दा पोजेटिभि देखिएको थियो) भने, तपाईंमा लक्षणहरू नदेखिँदासम्म तपाईं घरमा बस्न आवश्यक हुँदैन। तपाईंले अझै पनि सम्म अन्य व्यक्तिहरूको वरिपरि हुँदा राम्रोसँग फिट हुने मास्क लगाउनुपर्छ र COVID-19 भएको कोही व्यक्तिसँग नजिकको सम्पर्कमा आएको कम्तीमा 5 दिनपछि ( मा वा त्यसपछि) एन्टिजेन परीक्षण (PCR परीक्षण होइन) प्रयोग गरेर परीक्षण गर्नुपर्छ।

तपाईं COVID-19 को परीक्षण पोजेटिभ भएको कोही व्यक्तिसँग नजिकको सम्पर्कमा आउनुभएको थियो र तपाईंमा लक्षणहरू देखिएका छन् भने कृपया तपाईं COVID-19 भएको कोही व्यक्तिसँग सम्भावित सम्पर्कमा आउनुभएको भएमा के गर्ने (PDF) हेर्नुहोस्।