प्रायः सोधिने प्रश्नहरू | कोभिड-19 को परीक्षण

टेस्ट किटहरू प्राप्त गर्ने तरिका

म कहाँ गएर कोभिड-19 को परीक्षण गराउन सक्छु ?

कृपया निम्न विकल्पहरू प्रयोग गरी हेर्नुहोस्:

  • टेस्ट किटको स्टक रहुन्जेल Say Yes! COVID Test (नहिचकिचाइकन कोभिड परीक्षण गराऔँ) (यो वेबसाइट अङ्ग्रेजी भाषामा उपलब्ध छ) बाट निःशुल्क टेस्ट किट मगाउनुहोस् वा 1-800-525-0127 मा फोन गर्नुहोस् र भाषासम्बन्धी सहायताका लागि # थिच्नुहोस् । प्रति घरपरिवार एउटा अर्डर मात्र गर्नुहोला ।
  • COVIDTests.gov (यो वेबसाइट अङ्ग्रेजी भाषामा उपलब्ध छ) गएर संघीय कार्यक्रमबाट नि:शुल्क टेस्ट किट मगाउनुहोस् । प्रति घरपरिवार एउटा अर्डर मात्र गर्नुहोला ।
  • स्थानीय खुद्रा व्यापारी तथा फार्मेसीहरूमा गएर घरेलु टेस्ट किट (at-home test) खरिद गर्नुहोस् ।
  • तपाईंसँग स्वास्थ्य बीमा छ भने, धेरैजसो बीमा कम्पनीहरूले तपाईंको बीमा योजनमा भएका प्रत्येक व्यक्तिको लागि प्रत्येक महिना 8 वटा सम्म घरेलु टेस्ट किटको खर्चको भुक्तानी फिर्ता दिने छन् । थप जानकारी यहाँ गएर (अङ्ग्रेजी भाषामा उपलब्ध छ) पढ्नुहोस् ।
  • आफ्नो नजिक रहेको परीक्षण स्थल (अङ्ग्रेजी भाषामा उपलब्ध छ) मा गएर परीक्षण गराउनुहोस् ।

तपाईंलाई आफ्नो नजिकै रहेको परीक्षण स्थल फेला पार्न मद्दत चाहिन्छ भने स्थानीय स्वास्थ्य विभाग वा डिस्ट्रिक्ट (अङ्ग्रेजी भाषामा उपलब्ध छ) सँग बुझ्नुहोला । तपाईं 1-800-525-0127 मा फोन गरेर # पनि थिच्न सक्नुहुन्छ । उनीहरूले फोन उठाएपछि तपाईं जुन भाषाको दोभासे सेवा प्राप्त गर्न चाहनुहुन्छ उक्त भाषाको नाम भन्नुहोस् ।

मसँग इन्टरनेटको पहुँच छैन / वेबसाइट मेरो भाषामा उपलब्ध छैन । म वासिङ्गटनमा कसरी नि:शुल्क किट अर्डर गर्न सक्छु ? 

कृपया 1-800-525-0127 मा फोन गर्नुहोस् अनि # थिच्नुहोस् । भाषासम्बन्धी सहयोग उपलब्ध छ । कल सेन्टरले वासिङ्गटन तथा संघीय अनलाइन पोर्टलहरू मार्फत तपाईंको तर्फबाट किट अर्डर गर्न सक्छ । 

Say Yes! COVID Test अनलाइन पोर्टलको बारेमा मैले थाहा पाउनुपर्ने कुरा के हो ?

यो कार्यक्रम वासिङ्टन राज्य, National Institutes of Health (राष्ट्रिय स्वास्थ्य प्रतिष्ठान), Centers for Disease Control and Prevention (रोग नियन्त्रण तथा रोकथाम केन्द्र) बीचको संयुक्त प्रयास हो । सामग्रीको स्टक रहुन्जेल, वासिङ्टनका बासिन्दाहरूले Amazon बाट सिधै आफ्नो घरमा डेलिभर हुने गरी दुई ओटा र्‍यापिड कोभिड-19 परीक्षण किटहरू अर्डर गर्न सक्नुहुन्छ ।

प्रति परिवार/आवासीय ठेगानामा प्रति महिना दुई ओटा मात्र अर्डर गर्न सकिने छ र प्रत्येक अर्डरमा 5 ओटा र्‍यापिड परीक्षण किट हुने छ । सबै अर्डर र सिपिङ निःशुल्क हुन्छ ।

परीक्षणको बारेमा वा परीक्षण गर्ने तरिकाको बारेमा प्रश्नहरू भएमा Say Yes! COVID Test (हुन्छ भनौँ ! कोभिडको परीक्षण) डिजिटल सहायता  मा जानुहोस् वा 1-833-784-2588 मा कल गर्नुहोस् ।

के तपाईंले DOH को Say YES! COVID Test र संघीय परीक्षण किट दुवै अर्डर गर्न सक्नुहुन्छ ?

सक्नुहुन्छ, तपाईं वासिङ्टन राज्यमा बस्नुहुन्छ भने, तपाईँ घरमै गरिने र्‍यापिड कोभिड-19 परीक्षण किटहरू प्राप्त गर्नका लागि Say Yes! COVID Test (हुन्छ भनौँ ! कोभिडको परीक्षण) को वेबसाइट र संघीय वेबसाइट दुवैमा गएर अर्डर गर्न सक्नुहुन्छ ।

मेरा थप प्रश्नहरू भएमा कहाँबाट जवाफ पाउन सक्छु ?

तपाईंसँग Department of Health (DOH, स्वास्थ्य विभाग) को Say Yes! COVID Test (हुन्छ भनौँ ! कोभिडको परीक्षण) कार्यक्रमको बारेमा थप प्रश्नहरू भएमा बारम्बार सोधिने प्रश्नहरू पृष्ठमा जानुहोस् वा DOH को कोभिड-19 हटलाइन 1-800-525-0127 मा फोन गर्नुहोस् (भाषिक सहायता उपलब्ध छ) । संघीय परीक्षण कार्यक्रमको बारेमा प्रश्नहरू भएमा उहाँहरूको बारम्बार सोधिने प्रश्नहरू पृष्ठमा जानुहोस् ।

मैले आफ्नो नि:शुल्क टेस्ट किट कहिले प्राप्त गर्नेछु ?

Say YES! COVID Test (नहिचकिचाइकन कोभिड परीक्षण गराऔँ) वा Federal Program (संघीय कार्यक्रम) मध्ये कुनै पनि कार्यक्रममार्फत मगाइएको टेस्ट किट सामान्यतया अर्डर गरेको 1-2 हप्ताभित्र ढुवानी गरिने छ ।

सिफारिस गरिएका सबै परीक्षण विकल्पहरू प्रयोग गरिसकेपछि पनि मैले अझै कतै पनि टेस्ट किट वा परीक्षण गराउने ठाउँ फेला पार्न सकिनँ । मलाई कोभिड-19 लागेको छ जस्तो लागेमा मैले के गर्ने ?

तपाईंलाई कोभिड-19 को टेस्ट किट पाउन वा परीक्षण गराउने ठाउँ पत्ता लगाउन गाह्रो भइरहेको छ भने हामी असहजताका लागि माफी चाहन्छौं, हामलाई थाहा छ कि अहिले राष्ट्रव्यापी रूपमा आपूर्तिमा समस्या देखिएको छ ।

तपाईंले कोभिड-19 का लक्षणहरू महससु गरिरहनुभएको छ वा तपाईं कोभिड-19 का बिरामीको सम्पर्कमा आउनु भएको छ र तपाईं आफूलाई संक्रमण सरेको हुन सक्छ भनेर चिन्तित हुनुहुन्छ भने, हामी तपाईंलाई निम्न कुरा गर्ने सुझाव दिन्छौं:

  • तपाईंमा कोभिड-19 को संक्रमण पुष्टि भएमा के गर्ने ? भन्ने सन्दर्भमा प्रदान गरिएका निर्देशनहरू नै पालना गर्नुहोस् ।
  • तपाईं आइसोलेसनमा बस्न सक्नुहुन्न भने तपाईंले निम्न कुराहरू गर्नुपर्छ:
    • घर बाहिर अरू मानिसहरूको वरिपरि हुँदा जति बेला पनि सुरक्षित रूपमा नाक तथा मुख छोपिने गरी मास्क लगाउनुहोस् (सम्भव भएसम्म विशेषतः KN95, KF-94, वा 3 तह भएको सर्जिकल मास्क लगाउनुहोस्) ।
    • अन्य व्यक्तिहरूसँग कम्तीमा 6 फिट/2 मिटरको भौतिक दूरी राख्नुहोस् ।
    • नियमित रूपमा हात धुनुहोस् ।
    • भीडभाड र ठूलो जमघटमा नजानुहोस् ।
मेरो परिवारमा चार जना भन्दा बढी मानिसहरू छन् । म परिवारका सबै सदस्यहरूका लागि परीक्षण किटहरू कसरी प्राप्त गर्न सक्छु ?
  • तपाईं वासिङ्टनको Say Yes! COVID Test (हुन्छ भनौँ ! कोभिडको परीक्षण) को वेबसाइट मार्फत महिनामा दुई वटा परीक्षण किट (5 ओटासम्म परीक्षण किट हुने) प्राप्त गर्न सक्नुहुन्छ ।
  • तपाईँ COVIDtests.gov मा गएर संघीय कार्यक्रमबाट थप दुई वटा परीक्षण किट (प्रत्येकमा 4 वटा परीक्षण सामग्री सेट भएको) प्राप्त गर्न सक्नुहुन्छ ।
  • तपाईं स्थानीय वा अनलाइन खुद्रा पसल तथा फार्मेसीहरूमा गएर घरमै गरिने परीक्षण किट खरिद गर्न सक्नुहुन्छ ।
  • तपाईं आफ्नो नजिक रहेको परीक्षण स्थलमा गएर PCR परीक्षण किट प्राप्त गर्न सक्नुहुन्छ । यहाँ फेला पार्नुहोस्
म आफ्नो परीक्षण किट कसरी प्रयोग गर्न सक्छु ?

सबैभन्दा सही परिणामका लागि घरमै गरिने र्‍यापिड परीक्षण किटसँग दिइएका निर्देशनहरू पालना गर्नु महत्त्वपूर्ण हुन्छ । कुनै पनि विशिष्ट प्रश्नका लागि परीक्षण किट उत्पादकलाई सम्पर्क गर्नुहोस् (उहाँहरूको जानकारी बक्समा दिइएको हुने छ) ।

र्‍यापिड परीक्षण गर्दा फल्स नेगेटिभ परिणामहरू आउन सक्छन् । केही परीक्षण किटहरूमा दुई पटक परीक्षण गर्न सामग्री सेटहरू समावेश गरिएको हुन सक्छ (कहिले-कहिले परीक्षण गर्ने भन्ने बारेमा तपाईंले बक्समा दिइएका निर्देशनहरू पालना गर्नुपर्छ) ।

सामान्य परीक्षण

कसले परीक्षण गराउनुपर्छ ?

तपाईंले बिरामी महसुस गरिरहनुभएको छ भने परीक्षण गराउनुहोस् । कोभिड-19 का विभिन्न लक्षणहरू देखिन्छन्, त्यसैले तपाईंले स्वस्थ महसुस गरिरहनुभएको छैन भने, सकेसम्म छिटो परीक्षण गराउनु उत्तम हुन्छ ।

तपाईं कोभिड-19 परीक्षणमा पोजिटिभ नतिजा आएका व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने परीक्षण गराउनुहोस् । तपाईंमा लक्षणहरू देखिरहेका छन् भने तत्काल परीक्षण गराउनुहोस् । तपाईंमा लक्षणहरू देखिएका छैनन् भने, सम्पर्कमा आएको पाँच दिनसम्म प्रतीक्षा गर्नुहोस् र त्यसपछि परीक्षण गराउनुहोस् ।

वासिङ्टनका व्यवसाय तथा कार्यक्रम स्थलहरूमा संस्था वा कार्यक्रमभित्र प्रवेश गर्नुअघि परीक्षण गराएको र/वा खोप लगाएको हुनुपर्ने नियम लागू गरिएको हुन सक्छ । तपाईं ती स्थानहरूमा जानुअघि फोन गर्नुहोस् वा उहाँहरूको वेबसाइट हेर्नुहोस् ।

तपाईंले यात्रा गर्नुअघि र/वा पछि परीक्षण गराउनुपर्ने हुन सक्छ । Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण तथा रोकथाम केन्द्र) को यात्रा सम्बन्धी नवीनतम मार्गनिर्देशन हेर्नुहोस् ।

तपाईं मानिसहरूको समूहमा जमघट गर्न जाँदा, विशेष गरी गम्भीर रोगको जोखिममा रहेका वा कोभिड-19 को खोपको पूरा मात्रा लगाइनसकेका हुन सक्ने मानिसहरू ।

मलाई संक्रमण पुष्टि भयो भने मैले कुे गर्नु पर्दछ ?

Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण तथा रोकथाम केन्द्र) र DOH ले जारी गरेको पछिल्लो निर्देशिका पालना गर्नुहोस् र घरमा आइसोलेसनमा बस्नुहोस्, अर्थात् अरूबाट अलग्गै बस्नुहोस् । संक्रमितसँग नजिकको सम्पर्कमा आएका सबै व्यक्तिहरू क्वारेन्टाइनमा बस्नु पर्दछ ।

  • कोभिड-19 को संक्रमण भएको हुन सक्ने वा संक्रमण पुष्टि भएका सबैजना घरमै बस्नु पर्दछ र कम्तीमा 5 दिनसम्म अरू मानिसहरूबाट अलग्गै आइसोलेसनमा बस्नु पर्दछ (दिन 0 भनेको लक्षण देखिएको पहिलो दिन हो वा लक्षणहरू नदेखिएका व्यक्तिहरूकका हकमा संकम्रण पुष्टि भएको दिन हो) । उनीहरूले घरमा वा घर बाहिर अरू मानिसहरू वरिपरि हुँदा थप 5 दिनसम्म मास्क लगाउनु पर्दछ ।
  • कुनै व्यक्तिसँग परीक्षणको पहुँच छ र उहाँ परीक्षण गराउन चाहनुहुन्छ भने 5-दिने आइसोलेसन अवधिको अन्त्यतिर एन्टिजेन टेस्ट प्रयोग गर्नु सबैभन्दा राम्रो उपाय हो । तपाईंले ज्वरो घटाउने औषधि प्रयोग गर्नु भएको छैन र तपाईंलाई ज्वरो नआएको 24 घण्टा भइसकेको छ र तपाईंका अरू लक्षणहरू कम हुँदै गइरहेका छन् भने, परीक्षणको नमूना सङ्कलन गर्नुहोस् (रोग निको भइसकेपछि पनि स्वाद र गन्ध थाहा नपाउने समस्या हप्तौं र महिनौंसम्म रही रहनसक्छ र यसको कारणले आइसोलेसन अन्त्य गर्ने कुरालाई पछि सारिरहनु पर्दैन) ।
    • तपाईंमा संक्रमण पुष्टि भयो भने, तपाईं 10 दिनसम्म आइसोलेसनमा बस्नु पर्दछ ।
    • तपाईंमा संक्रमण पुष्टि भएन भने, तपाईं आइसोलेसन अन्त्य गर्न सक्नुहुन्छ, तर तपाईंले घरमा वा घर बाहिर अरू मानिसहरूको वरिवपरि रहँदा 10 दिनसम्म सुक्षित रूपमा मास्क लगाउनु पर्दछ ।

घरमा कोभिड-19 को परीक्षण गर्दा संक्रमण पुष्टि भयो भने नतिजाको बारेमा जानकारी गराउन तथा स्वास्थ्य सेवा प्राप्त गर्न, वासिङ्गटन राज्यको कोभिड हटलाइन 1-800-525-0127 मा फोन गर्नुहोस् । भाषासम्बन्धी सहयोग उपलब्ध छ ।

तपाईंले आफ्नो स्मार्टफोनमा WA Notify (कोभिड संक्रमणको बारेमा सूचना दिने एप) डाउनलोड वा सक्रिय गरिसक्नुभएको छ भने, तपाईंले परीक्षण गर्दा संक्रमण पुष्टि भयो भने नतिजाको बारेमा जानकारी गराउन यो उपकरण प्रयोग गर्न सक्नुहुन्छ ।

थप जानकारी निम्न वेबसाइटबाट प्राप्त गर्न सकिन्छ: परीक्षण गर्दा संक्रमण पुष्टि भएमा के गर्ने ?

कुनै व्यक्ति सङ्क्रमितको सम्पर्कमा आएपछि, परीक्षणको नतिजा कहिले पोजिटिभ आउने छ ?

व्यक्तिमा कोभिड-19 को सङ्क्रमण भइसकेपछि सम्पर्कमा आएको पाँच दिनसम्म PCR परीक्षणले भाइरस रहे-नरहेको नदेखाउन सक्छ । त्यसैले तपाईं सङ्क्रमित भएको हुन सक्नुहुन्छ, तर परीक्षणले केही समयसम्म नदेखाउन सक्छ । परीक्षणको पोजिटिभ नतिजा आउनका लागि उचित समय नै मुख्य कुरा हो । तपाईं कोभिड-19 बाट सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउनुभएको छ तर बिरामी हुनुभएको छैन भने, अन्तिम पटक सम्पर्कमा आउनुभएको हुन सक्ने दिनबाट कम्तीमा 5 दिनपछि परीक्षण गराउनु उत्तम हुन्छ । मानिसमा लक्षणहरू देखा पर्दा एन्टिजेन परीक्षणको नतिजा सबैभन्दा सही हुन्छ तर केही परिस्थितिहरूमा लक्षण नदेखिएका मानिसहरूका लागि पनि यो प्रयोग गर्न सकिन्छ ।

नतिजा आउन कति समय लाग्छ ?

यो परीक्षणको प्रकार र परीक्षणका लागि नमूना कहाँ पठाइएको छ भन्ने कुरामा निर्भर हुन्छ । एन्टिजेन परीक्षणको नतिजा 10 मिनेटमै आउन सक्छ । PCR परीक्षणका लागि नतिजा आउन केही दिन लाग्न सक्छ ।

कुन परीक्षण गराउँदा उत्तम हुन्छ ?

सबैभन्दा राम्रो परीक्षण भनेको तपाईंका लागि सबैभन्दा पहिले जुन उपलब्ध हुन्छ, त्यही उत्तम परीक्षण हो । यसको अर्थ तपाईंसँग घरमै गरिने परीक्षण उपलब्ध छ भने त्यही परीक्षण प्रयोग गर्नुहोस् । तपाईंले परीक्षण स्थलका लागि अपोइन्टमेन्ट पाउन सक्नुहुन्छ भने अपोइन्टमेन्ट लिइहाल्नुहोस् । अपवादको रूपमा कुनै परिस्थितिमा कुनै विशिष्ट परीक्षण गराउनुपर्ने हुन सक्छ (उदाहरणका लागि यात्रा गर्दा) ।

के मैले परीक्षण किटहरू स्टक गरेर राख्नुपर्छ ?

केही परीक्षण किटहरू साथमा राख्नु राम्रो हुन्छ । परीक्षण किटहरू सरकारी वेबसाइटहरू मार्फत उपलब्ध हुँदा अर्डर गर्नुहोस् । किनमेलको लागि बाहिर जानुहुँदा परीक्षण किटहरू उपलब्ध भएको देख्नुभएमा केही किट खरिद गर्नुहोस् । तर एउटा असल छिमेकी बन्नुहोस् र आफ्नो उचित विवेक गर्नुहोस् । परीक्षण किटहरू जम्मा गरेर राख्नाले आवश्यक भएका अरू मानिसहरूको पहुँचमा अवरोध आउँछ र तपाईंले परीक्षण किटको प्रयोग नगरी त्यसको म्याद सकिने सम्भावना पनि हुन्छ ।