आधिकारिक वासिङ्गटन राज्यका लागि दृश्यात्मक मार्गदर्शक कोभिड-19 खोपको प्रमाण

धेरै व्यवसाय, कार्यक्रम र रोजगारदाताहरूलाई कोभिड-19 को खोप आवश्यक छ। वासिङ्गटनमा निम्न प्रकारका प्रमाण स्वीकार गरिन्छ। केही स्थानहरूले तलको सूचीबाट एउटा विशिष्ट प्रकार मात्र स्वीकार गर्न सक्छन्।

कोठाका नियमहरूको सम्मान गर्नुहोस् र अनुरोध गरिएको प्रमाणको प्रकार देखाउनका लागि पहिलै तयार रहनुहोस्।

CDC कोभिड-19 खोपको रेकर्ड कार्ड

  • मोबाइल यन्त्रहरूमा मौलिक प्रति, प्रतिलिपि वा फोटोग्राफहरू स्वीकार्य छन्।
  • पूर्ण रूपमा खोप लगाउने क्रम पछिल्लो मात्रा लगाएको दुई हप्तापछि मान्य हुन्छ:
    • Johnson & Johnson: 1 डोज, 18 वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरूका लागि स्वीकृत
    • Moderna: 6 महिनादेख र सोभन्दा बढी उमेरका व्यक्तिहरूका लागि 28 दिनको फरकमा 2 डोज लगाइने
    • Novavax: 12 वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरूका लागि 21 दिनको फरकमा 2 डोज लगाइने
    • Pfizer: 6 महिनादेखि 4 वर्षसम्मका बालबालिकालाई 3 डोज लगाइन्छ । पहिलो 2 डोज 21 दिनको अन्तरमा र तेस्रो डोज दोस्रो डोज लगाएको 8 हप्तापछि लगाउनुपर्छ ।
    • Pfizer: 5 वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरूका लागि 21 दिनको फरकमा 2 डोज लगाइने
COVID-19 Vaccination Record Card Sample

यहाँ तपाईंको खोप कार्ड ह्यान्डल गर्दा ध्यानमा राख्नुपर्ने केही उपयोगी सुझावहरू दिइएको छ:

  • डोजहरूको बीचमा र त्यसपछि आफ्नो खोप कार्ड राख्नुहोस् ।
  • डिजिटल प्रतिलिपि चाहिएमा सजिलै उपलब्ध होस् भन्नका लागि आफ्नो कार्डको अगाडि र पछाडिको भागको फोटो खिचेर राख्नुहोस् । उक्त फोटो पछि सजिलै भेट्टाउन सकियोस् भन्नका लागि उक्त फोटो आफैँलाई इमेल पठाउनुहोस्, एल्बम बनाउनुहोस् वा उक्त फोटोमा ट्याग हाल्नुहोस् ।
  • तपाईं आफूसँग फोटोकपी बोक्न चाहनुहुन्छ भने उक्त कार्डको फोटोकपी गर्नुहोस् ।
  • यसलाई फ्याँक्ने वा हटाउने नगर्नुहोस् !
  • आफ्नो खोप कार्ड देखाएर अनलाइनमा सेल्फी पोस्ट नगर्नुहोस् । यसको सट्टा एउटा सेल्फी लिनुहोस् र #vaccinateWA वा #wadoh खोजेर हाम्रो डिजिटल स्टिकरहरू (अङ्ग्रेजीमा) प्रयोग गर्नुहोस् ! @WADeptHealth ट्याग गर्न सम्झनुहोस् ।
  • आफ्नो मूल कार्ड लेमिनेट नगर्नुहोस् । तपाईं फोटोकपी आफूसँग राख्नका लागि फोटोकपी लेमिनेट गर्न सक्नुहुन्छ ।

कोभिड-19 खोपको प्रमाणपत्र वा QR कोर्डहरू

Certificate of COVID-19 Vaccination - Sample

नमूना A:
कोभिड-19 खोपको प्रमाणपत्र. MyIRmobile.com बाट उपलब्ध छ।
WA verify SMART Health Card QR code - Sample

नमूना B:
WAverify.org QR कोर्ड
QR Code Endorsed Partner App. - Sample

नमूना C:
समर्थित साझेदार मोबाइल एपमा प्रर्दशित QR कोर्ड। (एपहरू फरक-फरक हुन सक्छन्)

WA राज्य प्रतिरक्षण सूचना प्रणालीको प्रिन्टआउट

  • Washington State Immunization Information System बाट प्रिन्ट गरिएका Certificate of Immunization Status (CIS, प्रतिरक्षण स्थितिको प्रमाणपत्र) फारमहरू।
  • हस्तलिखित प्रविष्टिहरू चिकित्सा प्रदायकद्वारा हस्ताक्षर नगर्दासम्म मान्य मानिँदैन।
Certificate of Immunization - Sample

अन्य के-के कुराहरूलाई कोभिड-19 खोपको आधिकारिक रेकर्ड मानिन्छ?

  • चिकित्सा प्रदायकबाट प्रमाणित विद्युतीय चिकित्सा रेकर्डको प्रिन्टआउट

खोप रेकर्डहरूबारे प्रश्नहरूका लागि, 1-800-525-0127 मा फोन गर्नुहोस्, त्यसपछि # थिच्नुहोस्