बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाउने सम्बन्धमा

सामग्री अन्तिम पटक डिसेम्बर 9, 2022 मा अद्यावधिक गरियो

Decorative

खोपको सुरक्षा र प्रभावकारिता

तपाईंले आफ्नो बच्चालाई COVID-19 विरुद्धको खोप लगाउनुभयो भने:

  • COVID-19 सङ्क्रमण हुने जोखिम कम हुन्छ
  • COVID-19 सङ्क्रमण भइहाले पनि सिकिस्त बिमारी पर्ने सम्भावना कम हुन्छ
  • COVID-19 का कारण अस्पताल भर्ना हुनु पर्ने र मृत्यु हुने जोखिम कम हुन्छ
  • COVID-19 को अन्य भेरिएन्टबाट सङ्क्रमित हुनबाट जोगाउँछ
  • समुदायमा COVID-19 बाट सुरक्षित रहेका मान्छेको सङ्ख्या बढ्छ, जसले गर्दा रोग सजिलै फैलन पाउँदैन
  • समुदाय स्तरमा COVID-19 को सङ्क्रमण फैलन नदिएर स्कुलमा उपस्थित भएर गरिने पठनपाठन र अन्य क्रियाकलापमा अवरोध आउन दिँदैन
Decorative

खोप लगाउने अनुमति

6 महिना वर्षदेखि 11 वर्षका बालबालिकाका लागि Emergency Use Authorization (EUA, आपत्कालीन प्रयोग अनुमति) बमोजिम Pfizer खोप उपलब्ध छ र यो खोप 12 वर्षभन्दा बढी उमेरका व्यक्तिका लागि भने पूर्ण रूपमा स्वीकृत भइसकेको छ । Emergency Use Authorization (EUA, आपतकालीन प्रयोगको अनुमति) अन्तर्गत 6 महिनादेखि 17 वर्षसम्मका बालबालिकाका लागि Moderna खोप उपलब्ध छ । Novavax खोप Emergency Use Authorization (EUA, आपतकालीन प्रयोगको अनुमति) अन्तर्गत 12+ वर्षका मानिसका लागि उपलब्ध छ ।

Food and Drug Administration (FDA, खाद्य तथा औषधि व्यवस्था विभाग) ले EUA का सहायताले सङ्कटकाल घोषणा गरिएको अवस्थामा कुनै उत्पादनले पूर्ण रूपमा इजाजतपत्र प्राप्त गर्नुअघि उक्त उत्पादन प्रयोग गर्ने अनुमति दिन्छ । आपत्कालीन प्रयोग अनुमति दिनुको उद्देश्य भनेको लामो समयको डेटा विश्लेषण गर्नुअघि नै जीवन बचाउने खोप उपलब्ध गराउनु हो । EUA पनि स्वास्थ्य डेटाको राम्रोसँग समीक्षा गरेपछि मात्र प्रदान गरिन्छ । तर यो समीक्षा छोटो समयको अवधिमा गरिन्छ ।

The referenced media source is missing and needs to be re-embedded.

FDA ले प्रदान गरेको EUA का सम्बन्धमा Centers for Disease Control and Prevention (रोग नियन्त्रण तथा रोकथाम केन्द्र) को Advisory Committee on Immunization Practices (खोपसम्बन्धी सल्लाहकार समिति) (यो लिंक क्लिक गर्दा खुल्ने वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) र Western States Scientific Safety Review Workgroup (पश्चिमी राज्यमा वैज्ञानिक सुरक्षाको समीक्षा गर्ने कार्य समूह) ले आफ्नो मत व्यक्त गर्छन् ।

बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाउने सम्बन्धमा

म किन मेरो बच्चालाई COVID-19 लाग्छ कि भनी चिन्तित हुनु पर्छ ?

विश्वमहामारीको सुरुवात भएदेखि अमेरिकाका 15 मिलियनभन्दा बढी बालबालिकाहरूलाई COVID-19 लागेको छ । युवाहरूका लागि COVID-19 को सुरुवाती भेरिएन्टभन्दा नयाँ भेरिएन्टहरू झन् धेरै खतरनाक र सङ्क्रामक छन् र यसले गर्दा COVID-19 को कारणले अस्पताल भर्ना हुने युवाहरूको सङ्ख्या चरम सीमामा पुगेको थियो ।

वयस्कमा भन्दा बालबालिकामा COVID-19 को असर प्रायः कम हुने भए तापनि बालबालिका यो रोगका कारण गम्भीर बिरामी पर्ने र प्रतिरक्षा प्रणाली कमजोर भएका साथीभाइ र परिवारलाई यो रोग सार्ने जोखिम भने कायमै रहन्छ ।

COVID-19 को सङ्क्रमण भएका बालबालिकामा "दीर्घकालीन COVID-19" हुन वा झुक्किने वा अलमलिने, थकान हुने, टाउको दुख्ने, चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू लामो समयसम्म देखिन सक्छन् । बच्चाहरूलाई सुरक्षित र स्वस्थ्य राख्ने सबैभन्दा राम्रो तरिका खोप लगाउनु नै हो ।

COVID-19 सङ्क्रमित बालबालिकाहरूमा मल्टीसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम (MIS-C) (यो लिंक क्लिक गर्दा खुल्ने वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) हुने निकै जोखिम हुन्छ । MIS-C भएका व्यक्तिको मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, छाला, आँखा वा आन्द्रा जस्ता विभिन्न अङ्ग सुनिन्छ र पोल्छ । MIS-C के कारणले गर्दा हुन्छ भन्ने कुरा अझै पत्ता नलागेको भए तापनि MIS-C भएका धेरै बालबालिकालाई पहिले COVID-19 भएको वा उनीहरू COVID-19 सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको पाइएको छ । MIS-C निकै गम्भीर हुन सक्छ र यसले ज्यान पनि लिन सक्छ । तर यो समस्या देखिएका धेरैजसो बालबालिकाले स्वास्थ्य स्याहार प्राप्त गरेपछि सन्चो भएको छ ।

K-12 स्कुलमा भर्ना पाउन खोप लगाएको हुनु पर्छ ?

K-12 स्कुलका विद्यार्थीहरूले अनिवार्य खोप लगाउनुपर्ने नियम बनाउने अधिकार Revised Code of Washington (RCW, वासिङ्टनको संशोधित नियमावली) 28A.210.140 (अङ्ग्रेजी भाषामा उपलब्ध छ) Department of Health (स्वास्थ्य विभाग) सँग नभई Washington State Board of Health (वासिङ्टन राज्य स्वास्थ्य बोर्ड) (अङ्ग्रेजी भाषामा उपलब्ध छ) सँग हुन्छ। अहिले स्कुल वा बालस्याहार केन्द्रका लागि COVID-19 विरुद्धको खोप लगाउन अनिवार्य गरिएको छैन।

मैले खोपको शुल्क तिर्नु पर्छ ?

अहँ । तपाईंको बच्चाले निःशुल्क रूपमा खोप लगाउन पाउँछ । सङ्घीय सरकारले खोपको पूरा शुल्क भुक्तानी गर्छ ।

तपाईंले सार्वजनिक वा निजी स्वास्थ्य बीमा गराउनुभएको छ भने तपाईंको खोप प्रदायकले तपाईंको बीमा कम्पनीलाई खोप शुल्कबापत बिल पठाउन सक्छ। तपाईंले बीमा गराउनुभएको छैन भने सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत खोप लगाउने प्रदायकलाई भुक्तानी गरिन्छ ।

तपाईंले COVID-19 विरुद्धको खोप लगाएबापत शुल्क तिर्नु पर्दैन वा खोप प्रदायकले तपाईंलाई बिल पठाउन मिल्दैन । यो कुरा निजी बीमा, Apple Health (Medicaid), Medicare भएका वा बीमा नगरिएका मान्छेका हकमा लागू हुन्छ ।

बालबालिकामा COVID-19 विरुद्धको खोप लगाउँदा सामान्यतया देखिने साइड इफेक्टहरू के के हुन्?

बच्चाहरूलाई COVID-19 लाग्दा हुने जोखिम खोप लगाउँदा हुने साइड इफेक्टको जोखिमभन्दा निकै बढी छ ।

अन्य खोपहरू जस्तै यसका सामान्य साइड इफेक्टहरूमा पाखुरा दुख्ने, थकान हुने, टाउको दुख्ने र मांसपेशी दुख्ने पर्छन् । यी लक्षणहरू प्रायः सामान्य हुन्छन् ।

क्लिनिकल ट्रायल (यो लिंक क्लिक गर्दा खुल्ने वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) का क्रममा पहिलो डोज लगाउँदाभन्दा दोस्रो डोज लगाउँदा धेरै बालबालिकाले आफूमा साइड इफेक्ट देखिएको बताएका थिए । साइड इफेक्टहरू सामान्यतया हल्का र मध्यम खालका थिए र खोप लगाएको दुई दिनभित्र देखिएका थिए । धेरैजसो लक्षणहरू एक वा दुई दिनभित्र नै हराएर गएका थिए ।

MRNA खोपमा के-कस्ता पदार्थहरू मिसाइएका छन् ?

MRNA खोपमा पनि अन्य खोपमा जस्तै सामान्य पदार्थहरू मिसाइएका छन् । यो खोपमा mRNA को सक्रिय पदार्थका साथै फ्याट, साल्ट र सुगर जस्ता अन्य पदार्थहरू मिसाइएको हुन्छ । यी पदार्थहरूले उक्त सक्रिय पदार्थलाई सुरक्षित राख्न र शरीरमा अझ राम्रोसँग काम गर्न मद्दत गर्छन् र खोप भण्डारण गर्ने र ढुवानी गर्ने क्रममा खोपलाई सुरक्षित राख्छन् ।

MRNA ले विकास गरेको खोपमा मानव कोषिका (मृत भ्रूणका कोषिकासहित), COVID-19 सङ्क्रमण गराउने भाइरस, ल्याटेक्स्, प्रिजर्भेटिभ वा सुँगुरको उत्पादन वा जेलेटिनलगायतका जनावरका बाइ-प्रोडक्टहरू मिसाइएको हुँदैन। खोपहरू अण्डामा राखेर बनाइएको हुँदैन र यसमा अण्डामा हुने कुनै पनि पदार्थ मिसाइएको हुँदैन

तपाईं खोपमा मिसाइएका पदार्थका बारेमा थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने यो प्रश्नोत्तर; Children's Hospital of Philadelphia (Philadelphia को बाल अस्पताल) को यो वेब पेज (यो लिंक क्लिक गर्दा खुल्ने वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) हेर्नुहोस् ।

मेरो बच्चाले कुन ब्रान्डको खोप लगाउन सक्छन् ?

हालका लागि, Pfizer-BioNTech (Pfizer) खोप र Moderna COVID-19 खोपका ब्रान्डहरू 6 महिना र सोभन्दा बढी उमेरका बालबालिकाका लागि स्वीकृत गरिएको छ । Novavax खोप Emergency Use Authorization (EUA, आपतकालीन प्रयोगको अनुमति) अन्तर्गत 12+ वर्षका मानिसका लागि उपलब्ध छ ।

मेरो बच्चालाई बुस्टर डोज लगाउनु पर्छ ?

हो, 6 महिना र सोभन्दा बढी उमेरका मानिसहरूका लागि खोपको मात्रा पूरा गर्न अन्तिम डोज लगाएको 2 महिनापछि अद्यावधिक गरिएको बाइभ्यालेन्ट mRNA बुस्टर डोज लगाउन सिफारिस गरिन्छ । 6 महिनादेखि 4 वर्षसम्मका बालबालिकाका लागि Pfizer COVID-19 खोपमा अब दुई मोनोभ्यालेन्ट Pfizer डोज र एउटा बाइभ्यालेन्ट Pfizer डोज समावेश हुने छन् । अहिलेसम्म 3-डोज Pfizer को प्रारम्भिक शृङ्खला सुरु गरिनसकेका वा प्रारम्भिक शृङ्खलाको तेस्रो डोज नलगाइसकेका 6 महिनादेखि 4 वर्षसम्मका बालबालिकाले अब अद्यावधिक गरिएको Pfizer शृङ्खला लगाउने छन् । Pfizer प्रारम्भिक शृङ्खलाको 3-डोज पूरा गरिसकेका 6 महिनादेखि 4 वर्षका बालबालिकाहरूले हाल अतिरिक्त डोज वा बुस्टर लगाउन योग्य हुने छैनन् ।

मेरो बच्चालाई कति डोज खोप लगाउनु पर्छ ?

सबै बालबालिकालाई कम्तीमा 2-डोज लगाउन सिफारिस गरिन्छ।

  • 6 महिनादेखि 4 वर्षसम्मका बालबालिकालाई 3 डोजको Pfizer प्रारम्भिक खोप शृङ्खला वा 2 डोजको Moderna प्रारम्भिक खोप शृङ्खला लगाइन्छ
  • 5 वर्षदेखि 11 वर्षसम्मका बालबालिकालाई 2 डोजको प्रारम्भिक खोप शृङ्खला लगाइन्छ
  • 12 वर्षदेखि 17 वर्षसम्मका बालबालिकालाई 2 डोजको प्रारम्भिक खोप शृङ्खला लगाइन्छ

2-डोजको शृङ्खला पूरा गरेका र रोग प्रतिरोधात्मक क्षमता मध्यम वा गम्भीर रूपमा कमजोर भएका बालबालिकाले उनीहरूले दोस्रो डोज लगाएको 28 दिन पछि अतिरिक्त प्रारम्भिक डोज लगाउनुपर्छ र 6 महिना भन्दा बढी उमेरका सबै बालबालिकाले बुस्टर डोज लगाउनुपर्छ ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूका लागि कृपया Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण तथा रोकथाम केन्द्र) बाट जारी गरिएका दिशानिर्देशहरू समीक्षा गर्नुहोस् वा DOH वेबसाइटमा हेर्नुहोस्

मसँग खोपका सम्बन्धमा कुनै प्रश्न भएमा म कोसँग कुरा गर्न सक्छु ?

आफ्नो बच्चाको चिकित्सक वा अन्य विश्वसनीय चिकित्सा प्रदायक वा सामुदायिक स्वास्थ्यकर्मीसँग कुरा गर्नुहोस् वा www.CovidVaccineWA.org मा दिइएको जानकारी पढ्नुहोस् ।

मैले आफ्नो बच्चालाई खोप लगाउन कहाँ लैजानु पर्छ ?

वासिङ्टन राज्यले 18 वर्षसम्मका बालबालिकाहरूलाई सिफारिस गरिएका सबै खोपहरू निःशुल्क उपलब्ध गराउँछ। आफ्नो बच्चाको चिकित्सक वा आफ्नो नियमित क्लिनिकको चिकित्सकलाई त्यहाँ बच्चालाई COVID-19 विरुद्धको खोप लगाइन्छ कि लगाइँदैन भनी सोध्नुहोस्।

स्वास्थ्यसेवा प्रदायक नहुने परिवारहरूले स्वास्थ्यसेवा प्रदायक, क्लिनिक वा अन्य स्वास्थ्य सम्बन्धी स्रोतहरू फेला पार्नका लागि Help Me Grow WA हटलाइन 1-800-322-2588 लाई फोन गर्न वा ParentHelp123.org (अङ्ग्रेजी र स्पेनी भाषामा मात्र उपलब्ध छ) मा जान सक्नुहुन्छ। यो सेवा निःशुल्क पाइन्छ र भाषिक सहायता उपलब्ध छ।

तपाईं VaccineLocator.doh.wa.gov मा गई फिल्टर प्रयोग गरेर आफ्नो नजिकै रहेका पिडियाट्रिक खोप लगाइने ठाउँहरूको सूची हेर्न पनि सक्नुहुन्छ।

मेरो बच्चाले फ्लू जस्ता बिमारीको खोप लगाउँदा COVID-19 विरुद्धको खोप लगाउन सक्छन् ?

अँ, सक्छन् । तपाईंको बच्चाले अन्य खोप लगाउँदा सङ्गै COVID-19 विरुद्धको खोप पनि लगाउन सक्छन् ।

तपाईं आफ्नो बच्चालाई COVID-19 विरुद्धको खोप लगाउनका लागि अपोइन्टमेन्ट लिँदा स्कुल जानका लागि अनिवार्य रूपमा लगाउनु पर्ने खोप (यो लिंक क्लिक गर्दा खुल्ने वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) वा सिफारिस गरिएका अन्य खोपहरू लगाउने अपोइन्टमेन्ट पनि लिन सक्नुहुन्छ । तपाईं आफ्नो बच्चाको COVID-19 विरुद्धको खोपको अपोइन्टमेन्टलाई उनलाई सिफारिस गरिएका अन्य खोपहरू लगाउने अवसरका रूपमा लिन सक्नुहुन्छ ।

मेरो बच्चाले बाल स्याहार वा दिवाकालीन क्याम्पमा जानका निम्ति अनिवार्य रूपमा COVID-19 विरुद्धको खोप लगाउनु पर्छ ?

स्कुल र बाल स्याहारका लागि कुन खोप अनिवार्य गर्ने भन्ने कुरा Washington State Board of Health (यो लिंक क्लिक गर्दा खुल्ने वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) ले तय गर्छ । अहिले स्कुल वा बाल स्याहारका लागि COVID-19 विरुद्धको खोप लगाउन अनिवार्य गरिएको छैन ।

दिवाकालीन क्याम्पका हकमा भने उक्त क्याम्प आयोजना गर्ने संस्थाले तोकेका मापदण्डहरू थाहा पाउन उक्त संस्थामा सम्पर्क गर्नुहोस् ।

खोपहरू बालबालिकाका लागि सुरक्षित र प्रभावकारी छन् भनेर हामीले कसरी थाहा पाउने ?

COVID-19 का खोपहरू सुरक्षित रहेको सुनिश्चित गर्न, Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण तथा रोकथाम केन्द्र) ले खोपको सुरक्षा निगरानी गर्ने देशको क्षमतालाई विस्तार गरेर सबल बनायो । फलस्वरूप, खोप सुरक्षा विशेषज्ञहरूले COVID-19 खोपका क्लिनिकल परीक्षणहरूमा नदेखिएका हुन सक्ने समस्याहरू निगरानी गर्न र पत्ता लगाउन सक्छन्:

Pfizer

6 महिनादेखि 4 वर्ष उमेरका बालबालिका

  • Pfizer COVID-19 विरुद्धको खोपका क्लिनिकल परीक्षणहरूमा 6 महिनादेखि 4 वर्षसम्मका करिब 4,500 बालबालिकाले भाग लिएका थिए । 3-डोजको शृङ्खलामा यस उमेर समूहको प्रतिरक्षात्मक प्रतिक्रिया बढी उमेरका सहभागीहरूमा देखिएको प्रतिरक्षात्मक प्रतिक्रिया सरह थियो । यसको अध्ययन जारी छ र हालसम्म कुनै पनि गम्भीर साइड इफेक्ट देखिएको छैन

5 वर्षदेखि 11 वर्षका बालबालिका

  • 5 वर्षदेखि 11 वर्षका झन्डै 3,100 बालबालिकाले चिकित्सकीय परीक्षणअन्तर्गत COVID-19 विरुद्धको Pfizer खोप लगाएका छन् । यसको अध्ययन जारी छ र यस क्रममा कुनै पनि गम्भीर साइड इफेक्ट देखिएको छैन ।
  • 5 वर्षदेखि 11 वर्षका बालबालिका र 16 वर्षदेखि 25 वर्षका मान्छेले खोप लगाउँदा प्रतिरक्षा प्रणालीले देखाउने प्रतिक्रियाका बीचमा तुलना गरिएको थियो ।
  • यो खोप 5 वर्षदेखि 11 वर्षका बालबालिकामा COVID-19 रोकथाम गर्न 91% प्रभावकारी पाइएको थियो ।

12 वर्षदेखि 15 वर्षका बालबालिका

  • 12 वर्षदेखि 15 वर्षका 2,260 बालबालिकाले (अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) संयुक्त राज्य अमेरिकामा गरिएका क्रमरहित प्लेसिबो-नियन्त्रित चिकित्सकीय परीक्षणमा भाग लिएका थिए ।
  • तीमध्ये 1,131 जना किशोरकिशोरीले खोप लगाए र 1,129 जनाले सलाइन प्लेसिबो लगाए । आधाभन्दा बढी सहभागीहरूलाई उनीहरूको स्वास्थ्य स्थिति बुझ्ने प्रयोजनका लागि दोस्रो डोज लगाएको कम्तीमा दुई महिनासम्म फलोअप गरिएको थियो ।

Moderna

6 महिनादेखि 5 वर्षसम्मका बालबालिका

  • Moderna COVID-19 विरुद्धको खोपका क्लिनिकल परीक्षणहरूमा 6 महिनादेखि 6 वर्षसम्मका लगभग 6,300 सहभागीले भाग लिएका थिए । यो खोप यस उमेर समूहका बालबालिकामा COVID-19 रोकथाम गर्न 50% प्रभावकारी रहेको पाइएको थियो । यसको अध्ययन जारी छ र हालसम्म कुनै पनि गम्भीर साइड इफेक्ट देखिएको छैन ।

6 वर्षदेखि 11 वर्ष उमेरका बालबालिका

  • Moderna COVID-19 विरुद्धको खोपका क्लिनिकल परीक्षणहरूमा 6 वर्षदेखि 11 वर्षसम्मका लगभग 4,000 सहभागीले भाग लिएका थिए । खोपमा यस उमेर समूहको प्रतिरक्षात्मक प्रतिक्रिया वयस्कमा देखिएको प्रतिरक्षात्मक प्रतिक्रियासँग तुलनीय थियो । यसको अध्ययन जारी छ र हालसम्म कुनै पनि गम्भीर साइड इफेक्ट देखिएको छैन ।

12 वर्षदेखि 17 वर्ष उमेरका बालबालिका

  • Moderna COVID-19 विरुद्धको खोपका क्लिनिकल परीक्षणहरूमा 12 वर्षदेखि 17 वर्षसम्मका लगभग 3,700 सहभागीले भाग लिएका थिए । यो खोप यस उमेर समूहका बालबालिकामा COVID-19 रोकथाम गर्न 93% प्रभावकारी रहेको पाइएको थियो । यसको अध्ययन जारी छ र हालसम्म कुनै पनि गम्भीर साइड इफेक्ट देखिएको छैन ।

Novavax

12 वर्षदेखि 17 वर्ष उमेरका बालबालिका

  • Novavax COVID-19 विरुद्धको खोपका क्लिनिकल परीक्षणहरूमा 12 वर्षदेखि 17 वर्षसम्मका लगभग 2,200 सहभागीले भाग लिएका थिए । यो खोप यस उमेर समूहका बालबालिकामा COVID-19 रोकथाम गर्न 78% प्रभावकारी रहेको पाइएको थियो । यसको अध्ययन जारी छ र हालसम्म कुनै पनि गम्भीर साइड इफेक्ट देखिएको छैन ।