खोप बुस्टर मात्राहरू

पछिल्लो पटक सामग्री अद्यावधिक गरिएको मिति 9 डिसेम्बर, 2022

तपाईं योग्य हुने बित्तिकै बुस्टर डोज लगाएर खोपको पूरा मात्रा लगाउनु भनेको COVID-19 बाट हुने गम्भीर बिमारी र मृत्यु विरुद्ध तपाईंको सर्वोत्तम सुरक्षा हो ।

Centers for Disease Control and Prevention (CDC) ले अद्यावधिक गरेको बुस्टर डोज सम्बन्धी सिफारिसहरू निम्नानुसार छन्:

  • सुरुको मोनोभ्यालेन्ट Moderna COVID-19 खोप लगाएका 6 महिनादेखि 5 वर्षसम्मका बालबालिकाहरू अब प्रारम्भिक शृङ्खला पूरा गरेको दुई महिनापछि अद्यावधिक गरिएको बाइभ्यालेन्ट बुस्टर लगाउन योग्य हुन्छन् । 
  • 6 महिनादेखि 4 वर्षसम्मका बालबालिकाका लागि Pfizer COVID-19 खोपमा अब दुई मोनोभ्यालेन्ट Pfizer डोज र एउटा बाइभ्यालेन्ट Pfizer डोज समावेश हुने छन् ।
    • अहिलेसम्म 3-डोज Pfizer को प्रारम्भिक शृङ्खला सुरु गरिनसकेका वा प्रारम्भिक शृङ्खलाको तेस्रो डोज नलगाइसकेका 6 महिनादेखि 4 वर्षसम्मका बालबालिकाले अब अद्यावधिक गरिएको Pfizer शृङ्खला लगाउने छन् ।
    • Pfizer प्रारम्भिक शृङ्खलाको 3-डोज पूरा गरिसकेका 6 महिनादेखि 4 वर्षका बालबालिकाहरूले हाल अतिरिक्त डोज वा बुस्टर लगाउन योग्य हुने छैनन् ।
  • खोपको प्रारम्भिक शृङ्खला पूरा गरेका तर पहिले नै COVID-19 बुस्टर खोप नलगाएका छन् भने र उनीहरूले अद्यावधिक गरिएको mRNA बुस्टर लगाउन सक्दैनन् वा लगाउने छैनन् भने, त्यस्ता वयस्क मानिसहरूका लागि Novavax COVID-19 बुस्टर खोपहरू उपलब्ध छन् । 
तपाईंले लगाउनुभएको खोप… कसले बुस्टर डोज लगाउनु पर्छ कुन खोपको बुस्टर डोज लगाउनु पर्छ बुस्टर डोज कहिले लगाउनु पर्छ
Pfizer-BioNTech 5वर्ष वा सोभन्दा बढी उमेरका मान्छेहरू

Pfizer को प्रारम्भिक मात्रा पूरा गरेका 5 वर्षका बालबालिकाले Pfizer को अद्यावधिक गरिएको बाइभ्यालेन्ट बुस्टर मात्र लगाउन सक्छन् ।

6 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले जुन खोपको प्रारम्भिक शृङ्खला पूरा गरेका भए पनि अद्यावधिक गरिएको बाइभ्यालेन्ट Pfizer वा Moderna बुस्टर लगाउनुपर्छ ।

खोपको प्रारम्भिक शृङ्खला वा पूर्व बुस्टर डोज पूरा गरेको मितिबाट कम्तीमा 2 महिनापछि
अद्यावधिक गरिएको mRNA बुस्टर खोप लगाउन नसक्ने वा नलगाउने 18 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले पनि Novavax बुस्टर खोप लगाउने विकल्प रोज्न सक्छन् । Novavax: खोपको प्रारम्भिक शृङ्खलाा पूरा गरेको मितिबाट कम्तीमा 6 महिनापछि
Moderna 6 महिना र सोभन्दा बढी उमेरका

6 महिनादेखि 4 वर्षका बालबालिकाले जुन ब्रान्डको प्रारम्भिक डोज लगाएका थिए सोही ब्रान्डको अद्यावधिक गरिएको बाइभ्यालेन्ट डोज लगाउनुपर्दछ ।

5 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले जुन खोपको प्रारम्भिक शृङ्खला पूरा गरेका भए पनि अद्यावधिक गरिएको बाइभ्यालेन्ट Pfizer वा Moderna बुस्टर लगाउनुपर्छ ।

खोपको प्रारम्भिक शृङ्खला वा पूर्व बुस्टर डोज पूरा गरेको मितिबाट कम्तीमा 2 महिनापछि
अद्यावधिक गरिएको mRNA बुस्टर खोप लगाउन नसक्ने वा नलगाउने 18 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले पनि Novavax बुस्टर खोप लगाउने विकल्प रोज्न सक्छन् । Novavax: खोपको प्रारम्भिक शृङ्खलाा पूरा गरेको मितिबाट कम्तीमा 6 महिनापछि
Novavax 12 वर्ष वा सोभन्दा बढी उमेरका मान्छेहरू 12 वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूले अद्यावधिक गरिएको बाइभ्यालेन्ट Pfizer वा Moderna बुस्टर लगाउनुपर्छ । खोपको प्रारम्भिक शृङ्खला वा पूर्व बुस्टर डोज पूरा गरेको मितिबाट कम्तीमा 2 महिनापछि
अद्यावधिक गरिएको mRNA बुस्टर खोप लगाउन नसक्ने वा नलगाउने 18 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले पनि Novavax बुस्टर खोप लगाउने विकल्प रोज्न सक्छन् । Novavax: खोपको प्रारम्भिक शृङ्खलाा पूरा गरेको मितिबाट कम्तीमा 6 महिनापछि
Johnson & Johnson* 18 वर्ष वा सोभन्दा बढी उमेरका मान्छेहरू 18 वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूले अद्यावधिक गरिएको खोपको प्रारम्भिक शृङ्खला वा पूर्व बुस्टर डोज पूरा गरेको मितिबाट कम्तीमा 2 महिनापछि
अद्यावधिक गरिएको mRNA बुस्टर खोप लगाउन नसक्ने वा नलगाउने 18 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले पनि Novavax बुस्टर खोप लगाउने विकल्प रोज्न सक्छन् । Novavax: खोपको प्रारम्भिक शृङ्खलाा पूरा गरेको मितिबाट कम्तीमा 6 महिनापछि

*mRNA खोप लगाउन सिफारिस गरिन्छ, तर तपाईं अर्को खोप लगाउन सक्नुहुन्न वा इच्छुक हुनुहुन्न भने चाहिँ तपाईं कोभिड-19 विरुद्धको Johnson & Johnson खोप लगाउन सक्नुहुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूले लगाउनुपर्ने डोजहरू

यदि तपाईंको रोग प्रतिरोधात्मक क्षमता मध्यम वा गम्भीर रूपमा कमजोर भएको छ भने, फरक दिशानिर्देशहरू लागू हुने छन् ।

यदि तपाईंले निम्न खोप लगाउनुभएको हो भने... मैले अतिरिक्त डोज लगाउनुपर्छ ? मैले बुस्टर डोज लगाउन सक्छु ?
Pfizer: 5 वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरूका लागि 21 दिनको फरकमा 2 डोज लगाइने पर्छ, रोग प्रतिरोधात्मक क्षमता मध्यम वा गम्भीर रूपमा कमजोर भएका 5 वर्षभन्दा बढी उमेरका मानिसहरूले दोस्रो डोज लगाएको 28 दिनपछि थप डोज लगाउनुपर्छ ।

हो, 5 वर्ष र सोभन्दा बढी उमेरका मानिसहरूका लागि खोपको मात्रा पूरा गर्न अन्तिम डोज लगाएको 2 महिनापछि अद्यावधिक गरिएको बाइभ्यालेन्ट mRNA बुस्टर डोज लगाउन सिफारिस गरिन्छ ।

Pfizer को प्रारम्भिक मात्रा पूरा गरेका 5 वर्षका बालबालिकाले Pfizer को अद्यावधिक गरिएको बाइभ्यालेन्ट बुस्टर मात्र लगाउन सक्छन् ।

अद्यावधिक गरिएको mRNA बुस्टर खोप लगाउन नसक्ने वा नलगाउने 18 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले पनि खोपको प्रारम्भिक शृङ्खला पूरा गरेको मितिले 6 महिनापछि Novavax बुस्टर खोप लगाउने विकल्प रोज्न सक्छन् ।

Pfizer: 6 महिनादेखि 4 वर्षसम्मका बालबालिकालाई 3 डोज लगाइन्छ । पहिलो 2 डोज 21 दिनको अन्तरमा र तेस्रो डोज दोस्रो डोज लगाएको 8 हप्तापछि लगाउनुपर्छ ।

होइन, प्रतिरक्षा प्रणालीमा मध्यम वा गम्भीर रूपमा जोखिम भएका 6 महिनादेखि 4 वर्षसम्मका बालबालिकालाई हालका लागि अतिरिक्त प्रारम्भिक डोज लगाउनु हुँदैन । होइन, हालका लागि प्रारम्भिक शृङ्खलाको रूपमा Pfizer खोप लगाएका 6 महिनादेखि 4 वर्षसम्मका बालबालिकाका लागि अद्यावधिक गरिएको बाइभ्यालेन्ट डोज स्वीकृत गरिएको छैन ।
Moderna: 6 महिनादेख र सोभन्दा बढी उमेरका व्यक्तिहरूका लागि 28 दिनको फरकमा 2 डोज लगाइने पर्छ, रोग प्रतिरोधात्मक क्षमता मध्यम वा गम्भीर रूपमा कमजोर भएका 6 महिनादेख वर्षभन्दा बढी उमेरका मानिसहरूले दोस्रो डोज लगाएको 28 दिनपछि थप डोज लगाउनुपर्छ ।

हो, 6 महिना र सोभन्दा बढी उमेरका मानिसहरूका लागि खोपको मात्रा पूरा गर्न अन्तिम डोज लगाएको 2 महिनापछि अद्यावधिक गरिएको बाइभ्यालेन्ट mRNA बुस्टर डोज लगाउन सिफारिस गरिन्छ ।

6 महिनादेखि 4 वर्षका बालबालिकाले जुन ब्रान्डको प्रारम्भिक डोज लगाएका थिए सोही ब्रान्डको अद्यावधिक गरिएको बाइभ्यालेन्ट डोज लगाउनुपर्दछ ।

5 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले जुन खोपको प्रारम्भिक शृङ्खला पूरा गरेका भए पनि अद्यावधिक गरिएको बाइभ्यालेन्ट Pfizer वा Moderna बुस्टर लगाउनुपर्छ ।

अद्यावधिक गरिएको mRNA बुस्टर खोप लगाउन नसक्ने वा नलगाउने 18 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले पनि खोपको प्रारम्भिक शृङ्खला पूरा गरेको मितिले 6 महिनापछि Novavax बुस्टर खोप लगाउने विकल्प रोज्न सक्छन् ।

Johnson & Johnson: 1 डोज, 18 वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरूका लागि स्वीकृत* पर्छ, रोग प्रतिरोधात्मक क्षमता मध्यम वा गम्भीर रूपमा कमजोर भएका 18 वर्षभन्दा बढी उमेरका मानिसहरूले J&J को पहिलो डोज लगाएको 28 दिनपछि mRNA खोपको थप डोज लगाउनुपर्छ ।

हो, 18 वर्ष र सोभन्दा बढी उमेरका मानिसहरूका लागि खोपको पूरा मात्रा पुर्‍याउन अन्तिम डोज लगाएको 2 महिनापछि अद्यावधिक गरिएको बाइभ्यालेन्ट mRNA बुस्टर डोज लगाउन सिफारिस गरिन्छ ।

अद्यावधिक गरिएको mRNA बुस्टर खोप लगाउन नसक्ने वा नलगाउने 18 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले पनि खोपको प्रारम्भिक शृङ्खला पूरा गरेको मितिले 6 महिनापछि Novavax बुस्टर खोप लगाउने विकल्प रोज्न सक्छन् ।

Novavax: 12 वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरूका लागि 21 दिनको फरकमा 2 डोज लगाइने होइन, रोग प्रतिरोधात्मक क्षमतामा मध्यम वा गम्भीर रूपमा जोखिम भएका मानिसहरूले हाल अतिरिक्त प्रारम्भिक डोज लगाउनु हुँदैन।

हो, 12 वर्ष र सोभन्दा बढी उमेरका मानिसहरूका लागि खोपको पूरा मात्रा पुर्‍याउन अन्तिम डोज लगाएको 2 महिनापछि अद्यावधिक गरिएको बाइभ्यालेन्ट mRNA बुस्टर डोज लगाउन सिफारिस गरिन्छ ।

अद्यावधिक गरिएको mRNA बुस्टर खोप लगाउन नसक्ने वा नलगाउने 18 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले पनि खोपको प्रारम्भिक शृङ्खला पूरा गरेको मितिले 6 महिनापछि Novavax बुस्टर खोप लगाउने विकल्प रोज्न सक्छन् ।

*mRNA खोप लगाउन सिफारिस गरिन्छ, तर तपाईं अर्को खोप लगाउन सक्नुहुन्न वा इच्छुक हुनुहुन्न भने चाहिँ तपाईं कोभिड-19 विरुद्धको Johnson & Johnson खोप लगाउन सक्नुहुन्छ ।

प्राय: सोधिने प्रश्नहरू

मैले जुन ब्रान्डको खोपको पूरा डोज लगाएको छु सही ब्रान्डको बुस्टर डोज लगाउनु पर्छ ?

6 महिनादेखि 4 वर्षका बालबालिकाले जुन ब्रान्डको प्रारम्भिक डोज लगाएका थिए सोही ब्रान्डको अद्यावधिक गरिएको बाइभ्यालेन्ट डोज लगाउनुपर्दछ ।

Pfizer को प्रारम्भिक मात्रा पूरा गरेका 5 वर्षका बालबालिकाले Pfizer को अद्यावधिक गरिएको बाइभ्यालेन्ट बुस्टर मात्र लगाउन सक्छन् ।

Moderna को मात्रा पूरा गरेका 5 वर्षका बालबालिकाले Moderna वा Pfizer को अद्यावधिक गरिएको बाइभ्यालेन्ट बुस्टर लगाउन सक्छन् ।

6 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले जुन खोपको प्रारम्भिक शृङ्खला पूरा गरेका भए पनि अद्यावधिक गरिएको बाइभ्यालेन्ट Pfizer वा Moderna बुस्टर लगाउनुपर्छ ।

अद्यावधिक गरिएको mRNA बुस्टर खोप लगाउन नसक्ने वा नलगाउने 18 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूले पनि Novavax बुस्टर खोप लगाउने विकल्प रोज्न सक्छन् ।

बुस्टर डोज लगाउन किन जरुरी छ?

बुस्टर डोजहरूले गम्भीर कोभिड-19 हुने उच्च जोखिम भएका मान्छेहरूलाई कोभिड-19 का कारण सिकिस्त बिरामी पर्नबाट जोगाइराख्न मद्दत गर्छन् । यसअघि गम्भीर COVID-19 हुने जोखिम भएका मानिसहरूलाई मात्र बुस्टर डोज लगाउन सिफारिस गरिएको थियो तर उक्त सिफारिसलाई विस्तार गरेर COVID-19 विरुद्ध अझ बढी सुरक्षित गर्न मद्दत गर्नका निम्ति हाल 6 महिना वा सोभन्दा बढी उमेरका सबै जनालाई बुस्टर डोज लगाउन सिफारिस गरिएको छ ।

अझ सङ्क्रामक भेरिएन्टहरूको सङ्ख्या बढ्न थालेको र संयुक्त राज्य अमेरिकाभर कोभिड-19 का बिरामीहरूको सङ्ख्या वृद्धि भएको अवस्थामा बुस्टर डोज लगाउन झनै जरुरी भएको छ ।

संयुक्त राज्य अमेरिकामा अनुमति प्राप्त वा स्वीकृत कोभिड-19 विरुद्धका खोपहरू विभिन्न भेरिएन्टविरुद्ध अझै पनि धेरै प्रभावकारी देखिएका छन् । तपाईंले खोप लगाउनुभएको छ भने भेरिएन्ट भाइरसको सङ्क्रमण भए पनि सिकिस्त बिरामी पर्ने, अस्पताल भर्ना हुनु पर्ने र कोभिड-19 का कारण मृत्यु हुने जोखिम धेरै कम हुन्छ । तैपनि, हालका खोपहरूले तपाईंको शरीरलाई प्रदान गर्ने प्रतिरोधात्मक क्षमता समयसँगै कमजोर हुँदै जान सक्छ । बुस्टर डोजले कोभिड-19 विरुद्ध शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ र तपाईंको शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाइराख्न मद्दत गर्छ ।

तपाईं अझै पनि मानिसहरूलाई खोपको प्रारम्भिक शृङ्खला लगाउँदै हुनुहुन्छ ?

अँ । खोप लगाउन योग्य सबै मान्छेलाई खोपको पूरा डोज (Johnson & Johnson को COVID विरुद्धको खोपको 1 डोज र Pfizer वा Moderna को COVID विरुद्धको खोपको 2 डोज) लगाउने कार्यलाई हामी अझै पनि उच्च प्राथमिकता दिने छौँ । खोप लगाएका वयस्कहरूको तुलनामा खोप नलगाएका वयस्कहरूलाई COVID-19 का कारण अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने जोखिम 10 देखि 22 गुणा बढी हुन्छ । खोप नलगाएका मान्छेहरूको तुलनामा खोप लगाएका मान्छेहरू COVID-19 लागेर सिकिस्त बिरामी हुने (वा थोरै पनि बिरामी हुने) जोखिम निकै कम हुन्छ ।  साथै, खोपले मान्छेहरूलाई बिरामी पर्न दिँदैन र COVID-19 का कारण बिरामी भएका 50% भन्दा बढी मान्छेहरूमा देखिने दीर्घकालीन लक्षणहरूको रोकथाम पनि गर्छ ।

हामीलाई बुस्टर सटहरू आवश्यक परेमा, खोपहरूले काम गरिरहेको छैन भन्ने कुरा बुझिन्छ?

अहँ । हाल संयुक्त राज्य अमेरिकामा हामीसँग भएका कोभिड-19 विरुद्धका खोपहरू कोभिड-19 लागेर सिकिस्त बिरामी पर्नबाट जोगाउन, अस्पताल भर्ना हुनु पर्ने अवस्था आउन नदिन र मृत्यु हुनबाट जोगाउन प्रभावकारी देखिएका छन् । यी खोपहरू विभिन्न भेरिएन्टहरू विरुद्ध पनि प्रभावकारी देखिएका छन् । तथापि, जनस्वास्थ्य विज्ञहरूका अनुसार हल्का देखि मध्यम खालका स्वास्थ्य समस्या देखिने कोभिड-19 विरुद्ध (विशेष गरी उच्च जोखिम समूहका मान्छेहरूमा ) यी खोपहरूको प्रभावकारिता घटिरहेको छ ।

अद्यावधिक गरिएका बुस्टर खोपहरू प्रतिरोधात्मक क्षमता बढाउन र ओमिक्रोन भेरिएन्टबाट अझ राम्रो सुरक्षा उपलब्ध गराउन मद्दत गर्न विकास गरिएका थिए । तपाईंले अधिकतम सुरक्षा प्राप्त गर्न सिफारिस गरिएका सबै डोज लगाउनु महत्त्वपूर्ण हुन्छ ।

मैले बुस्टर डोज लगाइनँ भने मैले पूर्ण रूपमा खोप लगाएको मानिन्छ ?

यदि तपाईंले COVID-19 खोपको प्रारम्भिक शृङ्खला पूरा गर्नुभएको छ र CDC द्वारा तपाईंका लागि सिफारिस गरिएको सबैभन्दा पछिल्लो बुस्टर डोज लगाउनुभएको छ भने तपाईंले लगाउनुपर्ने COVID-19 विरुद्धका सबै खोपहरू लगाएको मानिन्छ ।

मैले म बुस्टर मात्राका लागि योग्य छु भनी कसरी देखाउन सक्छु?

तपाईंले आफू बुस्टर मात्राका लागि योग्य छु भनी स्वयं रिपोर्ट गर्न सक्नुहुन्छ। तपाईंले स्वास्थ्य स्याहार प्रदायकको सिफारिस देखाउन आवश्यक पर्दैन।

तपाईंको बुस्टर मात्राको अपोइन्मेन्टमा कृपया आफ्नो खोप कार्ड लैजानुहोस् जसकारण प्रदायकले तपाईंले दोस्रो-मात्राको Pfizer खोपका श्रृङ्खलाहरू लगाउनुभएको छ भनी पुष्टि गर्न सक्नुहुन्छ। तपाईंसँग आफ्नो कार्ड नभएमा, प्रदायकले तपाईंको रेकर्ड हेर्न सक्नुहुन्छ। तपाईंसँग आफ्नो कार्ड नभएमा, प्रदायकले तपाईंको रेकर्ड हेर्न सक्नुहुन्छ।

खोपको अतिरिक्त डोज र बुस्टर डोजका बिचमा के फरक छ ?
  • अतिरिक्त डोज ती बिरामीलाई लगाइन्छ (माथिको तालिका हेर्नुहोस्) जसले प्रारम्भिक खोप शृङ्खला पूरा गरिसकेका छन् तर उनीहरूको प्रतिरक्षा प्रणाली अझै पनि अपेक्षा गरिए अनुसार बलियो भएको छैन ।
  • बुस्टर डोज चाहिँ खोपको प्रारम्भिक श्रिङ्खला लगाएपछि समयसँगै प्रतिरक्षा प्रणालीको क्षमता घट्दै गएको हुन सक्ने बिरामीहरूलाई लगाइन्छ ।
प्रतिरक्षा प्रणाली कमजोर हुनु भनेको के हो ?

कमजोर प्रतिरक्षा प्रणाली भएका र 2 डोज mRNA COVID-19 खोप वा 1 डोज J&J खोप लगाएका मानिसहरू ।

तपाईंलाई निम्नमध्ये कुनै स्वास्थ्य समस्या छ भने तपाईंको शरीरको प्रतिरक्षा प्रणाली मध्यम देखि गम्भीर रूपमा कमजोर रहेको मानिन्छ र तपाईंले COVID-19 विरुद्धको खोपको अतिरिक्त डोज लगाउनुभयो भने तपाईंलाई फाइदा हुन सक्छ । यसमा निम्न मान्छेहरू पर्छन्:

  • रगतको ट्युमर वा क्यान्सरको उपचार गराइरहेका मान्छेहरू
  • अङ्ग प्रत्यारोपण गराएका र रोग प्रतिरोधात्मक क्षमता दबाउने औषधि सेवन गरिरहेका मान्छेहरू
  • विगत 2 वर्षभित्र स्टेम सेल प्रत्यारोपण गराएका वा रोग प्रतिरोधात्मक क्षमता दबाउने औषधि सेवन गरिरहेका मान्छेहरू
  • मध्यम वा गम्भीर प्रकृतिको प्राथमिक इम्युनोडेफिसियन्सी (जस्तै डिजोर्ज सिन्ड्रोम, विस्कोट-एल्ड्रिक सिन्ड्रोम) भएका मान्छेहरू
  • HIV सङ्क्रमण धेरै फैलिसकेको वा त्यसको उपचार नगराएका मान्छेहरू
  • उच्च मात्रामा कोर्टिकोस्टेरोइड वा रोग प्रतिरोधात्मक क्षमता दबाउन सक्ने अन्य औषधिहरू प्रयोग गरी उपचार गराइरहेका मान्छेहरू

हामीसँग भएका खोपहरू भाइरसका अधिकांश भेरिएन्ट विरुद्ध 90% प्रभावकारी भए तापनि अध्ययनहरूले देखाएअनुसार प्रतिरक्षा प्रणाली मध्यम देखि गम्भीर रूपमा कमजोर भएका मान्छेहरूमा बलियो रोग प्रतिरोधात्मक क्षमता विकास नहुन सक्छ । दुई डोज खोप लगाएका तर पर्याप्त रोग प्रतिरोधात्मक क्षमता विकास नभएका मान्छेहरूका हकमा तेस्रो डोजलाई बुस्टर डोज मानिँदैन । त्यसलाई अतिरिक्त डोज मानिन्छ ।

दीर्घकालीन स्वास्थ्य समस्यामा के के पर्छन् ?

तल सूचीकृत स्वास्थ्य समस्या वा अवस्था भएका जुनसुकै उमेरका मान्छेहरू (वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) COVID-19 का कारण सिकिस्त बिरामी पर्न सक्छन् । COVID-19 लागेर सिकिस्त बिरामी भएको व्यक्तिलाई:

  • अस्पताल भर्ना गर्नु पर्ने हुन सक्छ
  • सघन उपचार चाहिन सक्छ
  • सास फेर्न मद्दत गर्नका लागि भेन्टिलेटर चाहिन सक्छ
  • मृत्यु हुन सक्छ

विशेष गरी वृद्धवृद्धा वा तलको सूचीमा उल्लिखित समस्यालगायतका एकभन्दा बढी वा गम्भीर स्वास्थ्य समस्याहरू भएका मान्छेहरूले COVID-19 विरुद्धको खोप (प्रारम्भिक डोज र बुस्टरहरू) लगाउन र अन्य रोकथाममूलक उपायहरू अपनाउन जरुरी हुन्छ । यो सूचीमा COVID-19 लागेर सिकिस्त बिरामी पर्ने जोखिम बढाउने सबै सम्भावित स्वास्थ्य समस्याहरू समावेश गरिएका छैनन् । तपाईंलाई यो सूचीमा समावेश नगरिएको कुनै स्वास्थ्य समस्या छ भने आफ्ना स्वास्थ्य सेवा प्रदायकसँग उक्त स्वास्थ्य समस्या राम्रोसँग व्यवस्थापन गर्ने र आफूलाई COVID-19 बाट जोगाउने तरिकाका बारेमा कुरा गर्नुहोस् ।

  • क्यान्सर
  • दीर्घकालीन मिर्गौला रोग
  • दीर्घकालीन कलेजो रोग
  • दीर्घकालीन फोक्सो रोग
  • डिमेन्सिया वा स्नायुसम्बन्धी अन्य समस्याहरू
  • मधुमेह (टाइप 1 वा 2)
  • डाउन सिन्ड्रोम
  • मुटुसम्बन्धी समस्याहरू
  • HIV सङ्क्रमण
  • रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्था (कमजोर प्रतिरक्षा प्रणाली)
  • मानसिक स्वास्थ्य समस्याहरू
  • मोटोपना
  • गर्भावस्था
  • सिकल सेल रोग वा थालसिमिया
  • धूम्रपान (अहिले वा पहिले)
  • ठोस अङ्ग वा ब्लड स्टेम सेल प्रत्यारोपण
  • मस्तिष्कघात वा सेरेब्रोभ्यास्कुलर रोग, जसले मस्तिष्कमा रगतको प्रवाहमा असर गर्छ
  • लागु पदार्थको कुलत
  • क्षयरोग
रोग प्रतिरोधात्मक क्षमता मध्यम वा गम्भीर रूपमा कमजोर भएका मानिसहरूले खोपको अतिरिक्त डोज र बुस्टर डोज लगाउनका लागि चिकित्सकको सिफारिस/प्रिस्क्रिप्सन वा अन्य कुनै कागजात चाहिन्छ?

चाहिँदैन, यस्ता मानिसहरू स्व-प्रमाणित गरी खोप उपलब्ध गराइने कुनै पनि ठाउँमा गएर सबै डोज लगाउन सक्छन्। यसरी यस्ता मानिसहरूलाई खोप लगाउन थप कुनै बाधाहरू छैनन् भन्ने कुरा सुनिश्चित गर्न सकिन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका कोही मानिसहरू आफ्नो कुनै खास स्वास्थ्य समस्यालाई लिएर चिन्तित छन् भने उनीहरू आफ्ना स्वास्थ्य सेवा प्रदायकसँग अतिरिक्त डोज लगाउन उपयुक्त छ कि छैन भन्ने बारेमा छलफल गर्न सक्छन्।