विश्वास निर्माण गर्ने र मिथक तोड्ने

तपाईं COVID-19 को खोपलाई विश्वास गर्न सक्नुहुन्छ !

संयुक्त राज्य अमेरिकामा धेरैजसो मानिसहरू COVID-19 विरुद्ध खोप लगाउने योजनामा छन्, तर कोहिले खोप लगाउनु भन्दा पहिले थप जानकारी चाहेको हुन सक्छ । यो पूर्ण रुपमा सामान्य हो । हामी सबैजना आफ्नो जीवनलाई असर गर्ने कुनै पनि निर्णय गर्नको लागि विश्वस्त हुन चाहन्छौं ।

विश्वस्त हुनको लागि, हामीलाई विश्वसनीय स्रोतहरूबाट जानकारी चाहिन्छ । COVID-19 को खोपको बारेमा आफ्ना साथीभाईहरू र परिवारलाई हल्ला र तथ्यहरू छुट्याउन सहयोग गर्नुहोस् ।

 

 

तपाईं मानिसहरूलाई खोप लगाउने उनीहरूको निर्णयमा विश्वस्त हुन सहयोग गर्न सक्नुहुन्छ । तपाईं यसरी गर्न सक्नुहुन्छ :

  • समय निकालेर आफ्नो साथी वा परिवारका सदस्यहरूको चाँसोहरू सुनेर । खोपहरूको बारेमा कुराकानी गर्ने सुझावहरूको लागि खोपको योजनाको बारेमा कुरा गर्ने (अंग्रेजीमा मात्र) यो हेर्नुहोस् ।
  • उनीहरूको प्रश्नको जवाफ दिने । यदि तपाईं जवाफ थाहा नभएमा, तपाईं उनीहरूलाई आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्ने सुझाव दिन सक्नुहुन्छ ।
  • तपाईंले खोप लगाउने निर्णय गर्दा, तपाईंले गर्नुभएको कारण साझा गर्नुहोस् । तपाईंको परिवार र समुदायमा तपाईंको व्यक्तिगत कथा एक शक्तिशाली प्रभाव हुन सक्छ ।

तपाईंले भन्नुभएका र गर्नुभएका कुराहरूले वरपरकाहरूलाई प्रभावित गर्नसक्ने क्षमता तपाईंमा छ । साथीभाइहरू र परिवारसँग COVID-19 को खोपको बारेमा कसरी कुरा गर्ने (अंग्रेजीमा मात्र) भन्ने बारेमा यी सुझावहरू हेर्नुहोस् ।

तल खोप तथ्यहरू जाँच गर्नुहोस् र तपाईंले चिनेकाहरूसँग साझा गर्नुहोस् । हामीले तिनीहरूलाई लोकप्रिय विषयका क्षेत्रहरूमा वर्गीकृत गरेका छौं ।

सुरक्षा र प्रभावकारिता

मैले COVID-19 को खोप लिनु वा नलिनुले किन फरक पार्छ ?

COVID-19 को खोप लगाउनु पूर्ण रुपमा तपाईंको छनौट हो, तर हामी यो महामारीलाई अन्त्य गर्न सकेसम्म धेरै मानिसहरू खोप लगाउनुपर्छ । समुदायमा धेरै मानिसहरूले खोप लगाएर वा भर्खरैको संक्रमण प्रतिरक्षा विकास गरेमा COVID-19 भाइरस फैलन गाह्रो छ । हाम्रो खोपको दर जति धेरै हुन्छ, उति नै हाम्रो संक्रमण दर कम हुन्छ ।

खोप नलगाएका मानिसहरूलाई अझै पनि भाइरस लाग्न सक्छ र अरुलाई फैलाउन सक्छन् । केहि मानिसहरू मेडिकल कारणहरूले खोप लगाउन सक्दैनन्, र यसले उनीहरूलाई विशेष गरि COVID-19 को जोखिममा पार्छ । यदि तपाईंले खोप लगाउनुभएको छैन भने, तपाईं अस्पतालमा भर्ना हुने वा COVID-19 को भेरियन्ट (अंग्रेजी मात्र) बाट मृत्यु हुने उच्च जोखिममा हुनुहुन्छ । खोप लगाएमा यसले तपाईंलाई मात्र होइन, तपाईंको परिवार, छिमेकी, र समुदायको सुरक्षा गर्छ ।

यदि धेरै मानिसहरू बाँचिरहेछन् भने मैले COVID-19 को खोप किन लगाउनु पर्छ ?

COVID-19 भएका धेरै मानिसहरूमा हल्का लक्षणहरू मात्र हुन्छ । तर पनि, भाइरस अत्यन्त अप्रत्याशित छ, र हामीलाई थाहा छ कि केहि COVID-19 भेरियन्टहरू ले तपाईंलाई वास्तवमै बिरामी बनाउने सम्भावना धेरै हुन्छ । दीर्घकालीब स्वास्थ्य समस्या नभएका युवाहरू समेत केहि मानिसहरू COVID-19 को कारणले धेरै बिरामी हुन सक्छन् वा उनीहरूको मृत्यु पनि हुन सक्छ । "लामो समय सम्म COVID बोक्नेहरू" को रूपमा परिचित अरुहरूलाई महिनौँसम्म लक्षणहरू हुन सक्छ र उनीहरूको जीवनको गुणस्तरलाई असर गर्न सक्छ । हामी अझै पनी COVID-19 को सबै दीर्घकालीन प्रभावहरु लाई थाहा छैन किनकि यो एक नयाँ भाइरस हो । खोप लगाउनु भाइरस विरुद्ध हाम्रो सबैभन्दा राम्रो सुरक्षा हो ।

के खोपहरू वास्तवमै सुरक्षित वा प्रभावकारी छन् ?

हो, COVID-19 को खोप सुरक्षित र प्रभावकारी छ । वैज्ञानिकहरूले क्लिनिकल परीक्षणहरूमा हजारौं सहभागीहरूमा खोपहरूको परीक्षण गरेका छन् । खोपहरूले सुरक्षा, प्रभावकारिता, र आपतकालीन प्रयोगको लागि स्वीकृति प्राप्त गर्नको लागि आवश्यक उत्पादनको गुणस्तरको लागि अमेरिकी खाद्य तथा औषधि प्रशासन (U.S. Food and Drug Administration, FDA) को मापदण्डहरू पुरा गरेका छन् । तिनीहरू सबैजनाले राम्रोसँग COVID-19 बाट बिरामी हुनबाट मानिसहरूलाई जोगाउन सकेको पाईयो । त्यसबेला देखि, यी खोपहरू सुरक्षित रूपमा लाखौं मानिसहरूलाई लगाइएको छ ।

COVID-19 को खोपहरू कसरी बनाइन्छ भन्ने बारेमा जान्नको लागि यी भिडियोहरू हेर्नुहोस् :

के खोप मेरो बच्चाको लागि सुरक्षित छ ?

सक्नुहुन्छ । Pfizer खोप हजारौं युवाहरूमा परीक्षण गरिएको छ र सुरक्षित देखिएको छ । यो धेरै प्रभावकारी पनि थियो – खोप लगाउने युवा स्वयंसेवकहरू मध्ये कोहि पनि COVID-19 भएको पाइएन । रोग नियन्त्रण र रोकथाम केन्द्रहरू (Centers for Disease Control and Prevention, CDC) ले 6 महिना वर्ष र माथिका सबैलाई (अंग्रेजीमा मात्र) COVID-19 को खोप लगाउने सिफारिस गर्छ ।

खोपहरू सुरक्षित छन् भनेर मैले कसरी विश्वास गर्न सक्छु ?

कोभिड-19 खोपहरू सुरक्षित रहेको सुनिश्चित गर्न, Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण तथा रोकथाम केन्द्र) ले खोपको सुरक्षा निगरानी गर्ने देशको क्षमतालाई विस्तार गरेर सबल बनायो । फलस्वरूप, खोप सुरक्षा विशेषज्ञहरूले कोभिड-19 खोप क्लिनिकल परीक्षणहरूमा नदेखिएका हुन सक्ने समस्याहरू निगरानी गर्न र पत्ता लगाउन सक्छन् ।

के मलाई COVID-19 को खोपबाट COVID-19 हुन सक्छ ?

हैन, तपाईंलाई खोपबाट COVID-19 हुन सक्दैन । COVID-19 को खोपमा COVID-19 गराउने भाइरस छैन।

यदि मलाई पहिले नै COVID-19 भएमा के मैले खोप लगाउनु पर्छ ?

हो, यदि तपाईंलाई पहिले नै COVID-19 भए पनि तपाईंले फेरि खोप लगाउनुपर्छ । तपाईं COVID-19 बाट संक्रमित भएको 90 दिन पछि तपाईं फेरि संक्रमित हुनुहुने कुरा असामान्य हो भनेर तथ्याङ्कले देखाउँछ । यसको अर्थ तपाईंले केहि समय पछि COVID-19 बाट केहि सुरक्षा (प्राकृतिक प्रतिरक्षा भनिन्छ) हुनसक्छ । तर पनि, प्राकृतिक प्रतिरक्षा कहिलेसम्म रहन्छ भन्ने कुरा हामीलाई थाहा छैन । तपाईं अझै पनि COVID-19 खोप किन लगाउनु पर्छ (अंग्रेजीमा मात्र) भन्ने बारेमा थप जान्नुहोस् ।

खोप र प्रतिरोधात्मक क्षमता बीच के भिन्नता छ ?

सङ्क्रमणबाट प्राकृतिक प्रतिरोधात्मक क्षमताले पुन: सङ्क्रमण विरुद्ध केही हदसम्मको प्रतिरक्षा प्रदान गर्दछ तर खोप नलगाएका व्यक्तिहरूमा प्रारम्भिक सङ्क्रमणले गम्भीर बिमारी, अस्पताल भर्ना र मृत्युको जोखिम बढाउँछ भन्ने कुरामा जोड दिनु महत्त्वपूर्ण हुन्छ । कोही-कोही मानिसहरूमा COVID-19 सङ्क्रमणपछि एन्टिबडीहरू विकास हुन सक्ने भए तापनि अरूमा विकास नहुन सक्छ । सङ्क्रमणपछि केही प्रतिरोधात्मक क्षमता विकास गर्ने मानिसहरूको हकमा, त्यो सुरक्षा कत्तिको सबल छ, यो कति लामो समयसम्म रहन्छ वा सो प्रतिरोधात्मक क्षमता कुन भेरियन्टका लागि प्रभावकारी हुन्छ भनेर बताउने कुनै उपाय छैन ।

हामी COVID-19 बाट पुन: सङ्क्रमण वा गम्भीर बिमारीबाट बच्न प्राकृतिक प्रतिरोधात्मक क्षमतामा भर पर्न नसक्ने हुनाले, SARS-COV-2 सङ्क्रमण, यससँग सम्बन्धित जटिलताहरू र रोग अझ फैलन नदिनका लागि खोपको पूरा मात्रा लगाउनु नै सर्वोत्तम सुरक्षा र प्राथमिक रणनीति हो ।

प्रजनन स्वास्थ्य

यदि मैले COVID-19 को खोप लगाएमा के मैले बच्चा जन्माउन सक्छु ?

सक्नुहुन्छ । प्रजनन् स्वास्थ्य र खोपहरूको बारेमा तपाईंको चिन्ताहरू बुझ्न योग्य छन् । हामीलाई थाहा भएको यो हो : त्यहाँ खोपहरूले बांझोपन ल्याउने वा नपुंसकता गराउने कुनै वैज्ञानिक प्रमाण छैन । खोप तपाईंको शरीरमा प्रवेश गरेपछि, यसले कोरोनाभाइरससँग लड्नको लागि एन्टीबडी बनाउनको लागि तपाईंको प्रतिरक्षा प्रणालीसँग मिलेर काम गर्छ । यो प्रक्रियाले तपाईंको प्रजनन् अंगहरूसँग हस्तक्षेप गर्दैन ।

प्रसुति तथा स्त्री रोग विशेषज्ञहरूको अमेरिकी कलेज (American College of Obstetricians and Gynecologists, ACOG) ले भविष्यमा गर्भवती हुन चाहने वा हाल गर्भवती भएका वा स्तनपान गराइरहेका जो कोहीलाई COVID-19 को खोप सिफारिस गर्छ । COVID-19 विरुद्ध खोप लगाईसकेका धेरै मानिसहरू गर्भवती भईसकेका छन् वा स्वस्थ बच्चाहरूलाई जन्म दिएका छन् ।

गर्भावस्था र स्तनपान गराउने अवधिमा कोभिड-19 खोप लगाउने बारे थप स्रोतहरूका लागि, कृपया One Vax, Two Lives वेबसाइटमा राखिएको पछिल्लो जानकारी हेर्नुहोस् ।

के यो खोप गर्भवती भएकाहरूको लागि सुरक्षित छ ?

छ, तपाईं गर्भवती हुनुभएमा पनि खोप लगाउन सक्नुहुन्छ, र प्रसुति तथा स्त्री रोग विशेषज्ञहरूको अमेरिकी कलेज (American College of Obstetricians and Gynecologists, ACOG) (अंग्रेजीमा मात्र) ले गर्भवतीहरूको लागि खोप सिफारिस गर्छ । त्यहाँ COVID-19 खोपले गर्भावस्था, तपाईंको बच्चाको विकास, जन्म, वा प्रजननमा कुनै समस्या ल्याउने कुनै प्रमाण छैन ।

गर्भावस्था र स्तनपान गराउने अवधिमा कोभिड-19 खोप लगाउने बारे थप स्रोतहरूका लागि, कृपया One Vax, Two Lives वेबसाइटमा राखिएको पछिल्लो जानकारी हेर्नुहोस् ।

के यो खोप स्तनपान गराउनेहरूको लागि सुरक्षित छ ?

छ, यदि तपाईं स्तनपान गराईरहनुभएको छ भने तपाईं खोप लगाउन सक्नुहुन्छ । यदि तपाईं खोप लगाउन चाहनुहुन्छ भने तपाईंले स्तनपान रोक्नु पर्दैन । वास्तवमा, प्रारम्भिक रिपोर्टहरूले सुझाव दिन्छ कि खोपले तपाईंको शरीरबाट तपाईंको बच्चाको शरीरमा स्तनपानको माध्यमबाट एन्टिबडीहरू पठाउन सहयोग गर्छ । थप अध्ययनहरू आवश्यक छन्, तर यसले तपाईंको बच्चालाई COVID-19 बाट बचाउन सहयोग गर्ने कुरा पुष्टि गरिएको छ ।

COVID-19 को खोपले आमा र उनीहरूको नवजात शिशुको सुरक्षा गर्छ (अंग्रेजीमा मात्र) भन्ने बारेमा थप पढ्नुहोस् ।

के खोपले मेरो महिनावारी चक्र परिवर्तन गर्छ ?

केहि मानिसहरूले खोप लगाएपछि उनीहरूको महिनावारी चक्रमा परिवर्तन भएको रिपोर्ट गरेका छन्, तर यसले दीर्घकालीन प्रभावहरू गर्ने कुनै पनि तथ्याङ्क उपलब्ध छैन । महिनावारी चक्र धेरै चीजहरू, जस्तै तनावले परिवर्तन हुन सक्छ ।

सामाग्रीहरू

खोपमा कस्ता सामग्रीहरू छन् ?

तपाईं केहि हल्लाहरू र असत्य सामग्रीहरू अनलाइन वा सामाजिक सञ्जालमा सूचीबद्ध भएको देख्न सक्नुहुन्छ । यिनीहरू सामान्यतया मिथकहरू हुन् । COVID-19 को खोपहरूमा सामाग्रीहरू(अंग्रेजी मात्र) खोपहरूको लागि धेरै विशिष्ट छन् । तिनीहरूमा mRNA को सक्रिय संघटक वा परिमार्जित एडेनोभाइरससँग सक्रिय संघटकलाई रक्षा गर्न, शरीरमा राम्रोसँग काम गर्न सहयोग गर्न, र भण्डारण र ढुवानीको बेलामा खोपको सुरक्षा गर्नको लागि अन्य सामाग्रीहरू जस्तै बोसो, नुन, र चिनीहरू हुन्छन् ।

Novavax COVID-19 खोप प्रोटिन सबयुनिटमा आधारित खोप हो जसमा शरीरमा अझ राम्रोसँग काम गर्न मद्दत गर्नका लागि फ्याट र सुगरका साथै अन्य थप कुराहरू समावेश गरिएको हुन्छ। यो खोपले mRNA प्रयोग गर्दैन।

तथ्य पानामाPfizer (अंग्रेजीमा मात्र), Moderna (अंग्रेजीमा मात्र), Novavax (अंग्रेजीमा मात्र), र Johnson & Johnson (अंग्रेजीमा मात्र) को पूरा सामाग्रीको सूची हेर्नुहोस् ।

के जोन्सन एण्ड जोनसन खोपमा भ्रूणको तन्तु हुन्छ ?

Johnson & Johnson COVID-19 को खोपलाई पनि अन्य धेरै खोपहरू जस्तै एउटै प्रविधिको प्रयोग गरि बनाइएको छ । यसमा भ्रूण वा भ्रूणको कोशिकाहरूको अंश समावेश छैन । खोपको एक टुक्रा मूल रूपमा 35 वर्ष पहिले भएको वैकल्पिक गर्भपतनबाट आएको प्रयोगशालामा विकसित कोशिकाहरूको प्रतिलिपिमा बनाइएको हो । त्यतिबेला देखि, यी खोपहरूको लागि कोशिकाको लाइनहरू प्रयोगशालामा राखिएको छ । यी खोपहरू बनाउनको लागि भ्रूण कोशिकाहरूको कुनै थप स्रोतहरूको प्रयोग गरिएको छैन । यो केहि मानिसहरूको लागि नयाँ जानकारी हुनसक्छ । यद्दपि, दादुरा, रुबेला र हेपाटाइटिस A को लागि पनि यस्तै तरिकाले खोप बनाइन्छ ।

के खोपमा माइक्रोचिपहरू हुन्छन् ?

हुँदैन, खोपहरूमा माइक्रोचिप वा ट्रयाकिंग गर्ने उपकरण हुँदैन । तिनीहरूमा बोसो, नुन र चिनीको साथमा तपाईंको शरीरलाई COVID-19 सँग लड्न एन्टीबडी बनाउन सहयोग गर्ने सक्रिय संघटक मात्र हुन्छ ।

के COVID-19 को खोपले मलाई चुम्बकीय बनाउनेछ ?

बनाउंदैन, तपाईंले COVID-19 को खोप लगाउनुभएमा चुम्बकीय बन्नुहुन्न । खोपहरूमा विद्युत चुम्बकीय क्षेत्र बनाउन सक्ने सामाग्रीहरू छैनन्, तिनीहरू धातुहरूबाट मुक्त छन् । तपाईंले थप जानकारीको लागि Pfizer (अंग्रेजीमा मात्र), Moderna (अंग्रेजीमा मात्र), र Johnson & Johnson (अंग्रेजीमा मात्र) तथ्य पानाहरू मा सामाग्रीहरूको पूर्ण सूचिहरू हेर्ने सक्नुहुन्छ ।

अन्य स्वास्थ्य चिन्ताहरू

के मैले खोप लिएमा रगतको थक्का जम्ने हुन्छ ?

रगत जम्ने जोखिम अत्यन्तै न्यून हुन्छ । Johnson & Johnson खोप लगाएका तर रगत जम्ने समस्या नदेखिएका दशौँ लाख मान्छेहरूको तुलनामा खोप लगाएपछि रगत जम्ने समस्या देखिने मानिसहरूको सङ्ख्या निकै कम छ । तथापि, कोभिड-19 विरुद्धको Johnson & Johnson खोप लगाएका मान्छेहरूमा विरलै रूपमा रगत जम्ने र रगतमा प्लेटलेटको सङ्ख्या घट्ने समस्या, अर्थात् Thrombosis with thrombocytopenia syndrome (TTS, थ्रोम्बोसिस सहित थ्रोम्बोसाइटपिनिया सिन्ड्रोम) भनिने समस्या र स्नायुमा क्षति पुर्‍याउन सक्ने Guillain-Barré syndrome (GBS, गुलियन बेरी सिन्ड्रोम) नामक अटोइम्युन रोग देखिने जोखिम भएकाले Department of Health (DOH, स्वास्थ्य विभाग) र Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण तथा रोकथाम केन्द्र) ले 18 वर्ष र सोभन्दा बढी उमेरका मान्छेहरूलाई कोभिड-19 विरुद्धको Johnson & Johnson खोपको साटो mRNA खोप (Pfizer वा Moderna) लगाउन सिफारिस गरेको छ ।

तपाईं mRNA खोप लगाउन सक्नुहुन्न वा इच्छुक हुनुहुन्न भने चाहिँ तपाईं Johnson & Johnson खोप लगाउन सक्नुहुन्छ । तपाईं आफ्नो जोखिमका बारेमा आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्न सक्नुहुन्छ । Johnson & Johnson खोप लगाएपछि रगत जम्ने समस्या देखिएका मान्छेहरूमध्ये अधिकांश 50 वर्षभन्दा कम उमेरका वयस्क महिला छन् । तपाईं 18 देखि 50 वर्षको महिला हुनुहुन्छ भने तपाईंको शरीरमा रगत जम्ने समस्या देखिने सम्भावना बढी हुन्छ र त्यसको कारणले मृत्यु समेत हुन सक्छ भन्ने कुरा ख्याल गर्नु जरुरी छ । रगत जम्ने समस्या कोभिड-19 विरुद्धको Pfizer वा Moderna खोपसँग नभई Johnson & Johnson खोपसँग मात्र सम्बन्धित थियो ।

कोभिड-19 विरुद्धको Johnson & Johnson खोपको बारेमा (अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) पढेर थप जानकारी प्राप्त गर्नुहोस् ।

के म मायोकार्डिटिस वा परीकार्डिटिसको बारेमा चिन्तित हुनुपर्छ ?

COVID-19 को खोप लगाएपछि मायोकार्डिटिस (मुटुको मांसपेशी सुन्निने) र पेरिकार्डिटिस (मुटुको झिल्ली सुन्निने) हुनु धेरै दुर्लभ छन् । खोप लगाएपछि अत्यन्त थोरै संख्यामा मानिसहरूले यसको अनुभव गर्न सक्छन् । जसलाई हुन्छ, तिनीहरूमा धेरैजसो मामिलाहरू किशोर-किशोरी र युवा वयस्कहरूमा धेरैजसो अवस्थाहरूमा हलुका हुन्छ, र प्राय: तिनीहरू आफै ठिक हुन्छन वा न्यूनतम उपचार चाहिन्छ । यदि तपाईं COVID-19 को कारणले बिरामी हुनुभएमा मायोकार्डिटिस र पेरिकार्डिटिस धेरै सामान्य छ ।

जुलाई 30, 2021 अनुसार, खोपको प्रतिकूल घटना रिपोर्टिंग प्रणाली (Vaccine Adverse Event Reporting System, VAERS), लाई गरिएको 1500 वटा भन्दा कम रिपोर्टहरू मध्ये संयुक्त राज्य अमेरिकामा 699 वटा मात्र पुष्टि भएका मामिलाहरू छन् (अंग्रेजीमा मात्र) भने, 177 मिलियन भन्दा बढी मानिसहरूले COVID-19 को खोपको कम्तीमा एउटा डोज लगाएका छन् ।

तपाईं आफ्नो जोखिमको बारेमा आफ्नो डाक्टरसँग कुरा गर्न सक्नुहुन्छ । यदि तपाईंलाई खोप पछि कुनै लक्षणहरू भएमा, तपाईं त्यसलाई VAERS मा (अंग्रेजीमा मात्र) रिपोर्ट गर्न सक्नुहुन्छ ।

COVID-19 को खोप पछि मायोकार्डिटिस र पेरिकार्डिटिस (अंग्रेजीमा मात्र) को बारेमा थप जान्नुहोस् ।

यदि मेरो अन्तर्निहित स्वास्थ्य अवस्था भएमा के म खोप लगाउन सक्छु ?

स्वास्थ्य वा चिकित्सा अवस्था अन्तर्निहित भएका धेरै मानिसहरूले COVID-19 को खोप लगाउन सक्छन् । तपाईंको स्वास्थ्य सेवा प्रदायकलाई तपाईंको सबै एलर्जी र स्वास्थ्य अवस्थाको बारेमा सबै कुरा थाहा दिनुहोस् । वास्तवमा, धेरै अन्तर्निहित अवस्थाहरूले तपाईंलाई COVID-19 रोगको जटिलताहरूको उच्च जोखिममा राख्छ, त्यसैले तपाईंलाई बिरामी हुनबाट जोगाउनको लागि खोप अझ धेरै जरुरी छ ।

मानिसहरूको यी विशिष्ट समूहहरूले COVID-19 को खोप लगाउन सक्छन् :

  • HIV संक्रमित र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरू ।
  • स्वत: प्रतिरक्षा अवस्था भएका मानिसहरू ।
  • पहिले नै गुलियन-बेर सिन्ड्रोम (Guillain-Barré सिंड्रोम, GBS) भएका मानिसहरू ।
  • पहिले नै बेल्स पाल्सी भएका मानिसहरू ।

यदि तपाईंसँग गम्भीर एलर्जी प्रतिक्रियाको इतिहास भएमा वा तपाईंलाई खोपको कुनै सामाग्रीबाट गम्भीर एलर्जी प्रतिक्रिया हुनसक्छ जस्तो लागेमा, एलर्जी भएका मानिसहरूका लागि COVID-19 को खोपहरू (अंग्रेजीमा मात्र) को बारेमा पढ्नुहोस् । COVID-19 को खोप पछि एनाफाइल्याक्सिस (अंग्रेजीमा मात्र) हुनु दुर्लभ छ र संयुक्त राज्य अमेरिकामा प्रति मिलियन खोपमा झन्डै 2 देखि 5 जनालाई भएको छ ।

यो जानकारी (अंग्रेजीमा मात्र) को उद्देश्य माथिका समूहका मानिसहरूलाई COVID-19 को खोप लगाउने बारेमा सूचित निर्णय लिन सहयोग गर्नु हो ।

के खोपले मेरो DNA लाई परिवर्तन गर्नेछ ?

गर्दैन, COVID-19 को खोपले तपाईंको DNA लाई परिवर्तन वा तलमाथि गर्दैन । खोपले हाम्रा कोशिकाहरूलाई COVID-19 गराउने भाइरस विरुद्ध सुरक्षा निर्माण सुरु गर्न निर्देशन दिन्छ । खोप हाम्रो DNA राखिमे कोशीकाहरूको भागमा प्रवेश गर्दैन । यसको सट्टा, खोपहरूले प्रतिरक्षा निर्माण गर्नको लागि हाम्रो शरीरको प्राकृतिक सुरक्षाहरूसँग मिलेर काम गर्छ । mRNA (अंग्रेजीमा मात्र) र भाइरल भेक्टर (अंग्रेजीमा मात्र) COVID-19 को खोपको बारेमा थप जान्नुहोस् ।

के खोपले कुनै दीर्घकालीन साइड इफेक्ट निम्त्याउँछ ?

हामीसँग COVID-19 र अन्य रोगहरूको लागि खोपहरूका धेरै वैज्ञानिक तथ्याङ्कहरू छन् । ती तथ्याङ्कहरूको आधारमा यी खोपहरू धेरै सुरक्षित छन् भन्ने कुरामा विशेषज्ञहरू विश्वस्त छन् । COVID-19 को लगभग सबै प्रतिक्रियाहरू, जस्तै थकाइ लाग्ने वा हात सुन्निने कम भएका छन्, र केहि दिनसम्म मात्र रहन्छन् । गम्भीर वा दीर्घकालीन प्रतिक्रियाहरू अत्यन्तै दुर्लभ छन् ।

सामान्यतया खोप लगाएको आठ हप्ता भित्र कुनै पनि दीर्घकालीन साइड इफेक्टहरू हुन्छन् । त्यसैले खोप निर्माताहरूले क्लिनिकल परीक्षणहरू पछि अमेरिकी खाद्य तथा औषधि प्रशासन Food and Drug Administration, FDA) बाट आपतकालीन प्रयोगको स्वीकृतिको लागि आवेदन गर्नुभन्दा पहिले कम्तिमा आठ हप्ता पर्खनुपर्ने हुन्छ । विशेषज्ञहरूले पनि सुरक्षाको चांसोहरूको लागि COVID-19 को खोपहरूको निगरानी गर्न जारी राखेका छन् । FDA ले कुनै पनि गम्भीर साइड इफेक्ट वा प्रतिक्रियाहरूको रिपोर्टको जाँच गर्छ ।