हामीलाई सम्पर्क गर्नुहोस्

राज्यले कोभिड-19 सम्बन्धी जानकारी प्रदान गर्न सञ्चालन गरेको हटलाइन: 1-800-525-0127 डायल गर्नुहोस् अनि # थिच्नुहोस्। भाषासम्बन्धी सहायता उपलब्ध छ ।

  • सोमवार बिहान 6 बजेदेखि राति 10 बजेसम्म
  • मङ्गलवारदेखि शनिवार र राज्यमा मनाइने बिदाका दिनहरू (यो वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) मा बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म

कृपया ध्यान दिनुहोस्: कल सेन्टरले कोभिड-19 को परीक्षणका नतिजाहरू प्राप्त गर्न सक्दैन। परीक्षणका बारेमा सोधपुछ गर्न वा परीक्षणको नतिजा प्राप्त गर्न कृपया आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।

तपाईं जहाँसुकै भए पनि आफ्नो फोनमा जानकारी र पछिल्ला सूचनाहरू प्राप्त गर्न चाहनुहुन्छ भने “Coronavirus” लेखेर 211211 मा म्यासेज पठाउनुहोस्। तपाईंले परिवार, व्यवसाय, विद्यार्थी र अन्य व्यक्तिका लागि काउन्टी स्तरका अपडेट र संसाधनहरूलगायत कोभिड-19 सम्बन्धी नवीनतम जानकारीका लिङ्कहरू प्राप्त गर्नु हुने छ।

आफ्नो नजिकै रहेका खोप लगाउने स्थानहरू खोज्न आफ्नो जिप कोड लेखेर 438-829 (GET VAX) मा म्यासेज पठाउनुहोस्।