मेरो नजिकैको परीक्षण स्थान खोज्नुहोस् (अङ्ग्रेजीमा)
घरमै गरिएको परीक्षणमा पोजिटिभ देखिएमा सजिलै रिपोर्ट गर्नुहोस्
आफैँले परीक्षण किट खरिद गरेर परीक्षण गराउँदा पोजिटिभ नतिजा आएका मानिसहरूले नतिजा प्राप्त हुनासाथ सकेसम्म चाँडो राज्यको कोभिड-19 हटलाइन 1-800-525-0127 मा फोन गर्नुपर्छ अनि # थिच्नुपर्छ। हटलाइन सोमबार बिहान 6 बजेदेखि साँझ 10 बजेसम्म र मङ्गलबारदेखि आइतबार (र मनाइने छुट्टीका दिनहरूमा) बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म खुल्ला हुन्छ। भाषिक सहायता उपलब्ध छ।
किन परीक्षण गराउने
परीक्षण गराउनाले जीवन बचाउँदछ। परीक्षणले मानिसहरूलाई समयमै क्वारेन्टाइन जस्ता सावधानीहरू अपनाएर भाइरस फैलिनबाट रोक्न मद्दत गर्छ; लक्षण नदेखिएका सङ्क्रमित व्यक्तिहरूले पनि भाइरस फैलाउन सक्छन्। परीक्षण गराउनाले जनस्वास्थ्य अधिकारीहरूलाई सङ्क्रमणहरूको पहिचान गर्न र प्रतिक्रिया जनाउन अनि भाइरसको नयाँ भेरियन्ट ट्र्याक गर्न पनि मद्दत गर्दछ। सामान्य गतिविधिहरू पुन: सुचारु गर्न मद्दत गर्ने एक महत्त्वपूर्ण पाटो परीक्षण हो।
University of Washington र Department of Health (DOH, स्वास्थ्य विभाग) का अन्वेषकहरूले कोभिड-19 को परीक्षण र WA Notify (वासिङ्टनमा सङ्क्रमणको सूचना दिने एप) मार्फत ट्र्याक गरेर डिसेम्बर 2020 देखि मार्च 2021 सम्म करिब 6,000 केसहरूलाई रोकेको कुरा पत्ता लगाएका छन्।
कहिले परीक्षण गराउने
आफूलाई बिरामी महसुस गर्नुभएमा परीक्षण गराउनुहोस्। कोभिड-19 का विभिन्न लक्षणहरू (अङ्ग्रेजीमा) हुन्छन्, त्यसैले तपाईंले स्वस्थ महसुस गरिरहनुभएको छैन भने, सकेसम्म छिटो परीक्षण गराउनु उत्तम हुन्छ।
तपाईं कोभिड-19 परीक्षणमा पोजिटिभ नतिजा आएका व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने परीक्षण गराउनुहोस्। तपाईंमा लक्षणहरू देखिइरहेका छन् भने तत्काल परीक्षण गराउनुहोस्। तपाईंमा लक्षणहरू देखिएका छैनन् भने, सम्पर्कमा आएको पाँच दिनसम्म प्रतीक्षा गर्नुहोस् र त्यसपछि परीक्षण गराउनुहोस्।
वासिङ्टनका व्यवसाय तथा कार्यक्रम स्थलहरूमा संस्था वा कार्यक्रमभित्र प्रवेश गर्नुअघि परीक्षण गराएको र/वा खोप लगाएको हुनुपर्ने नियम लागू गरिएको हुन सक्छ। तपाईं ती स्थानहरूमा जानुअघि फोन गर्नुहोस् वा उहाँहरूको वेबसाइट हेर्नुहोस्।
तपाईंले यात्रा गर्नुअघि र/वा पछि परीक्षण गराउनुपर्ने हुन सक्छ। Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण तथा रोकथाम केन्द्र) को यात्रा सम्बन्धी नवीनतम मार्गनिर्देशन (अङ्ग्रेजीमा) हेर्नुहोस्।
तपाईं मानिसहरूको समूहमा जमघट गर्न जाँदा, विशेष गरी गम्भीर रोगको जोखिममा रहेका वा कोभिड-19 को खोपको पूरा मात्रा लगाइनसकेका हुन सक्ने (अङ्ग्रेजीमा) मानिसहरू।
परीक्षण कहाँ गराउने
WA राज्य Department of Health को वेबसाइटमा, सञ्चालन हुने समय र मापदण्डहरू सहित, प्रत्येक काउन्टीमा रहेका परीक्षण स्थलहरूको सम्पर्क सूची (अङ्ग्रेजीमा) उपलब्ध छ। परीक्षण स्थलहरूको थप जानकारीका लागि, 2-1-1 मा फोन गर्नुहोस्। सुविधाजनक ढङ्गले घरमा परीक्षण गर्नको लागि परीक्षण किटहरू अर्डर गर्न सकिन्छ र साथै फार्मेसीहरूमा पनि उपलब्ध छन्।
लागत
बीमकहरूले अब परिवारहरूलाई प्रति महिना आठ वटा सम्म परीक्षणका लागि खर्च बेहोरिदिने छन्। बीमा भरपाईका बारेमा थप जानकारी प्राप्त गर्नुहोस् (अङ्ग्रेजीमा)।
काउन्टी वा राज्यको सहयोगबाट सञ्चालित परीक्षण स्थलहरूमा गरिएका परीक्षणहरूमा आफ्नो गोजीबाट कुनै खर्च बेहोर्नुपर्दैन। धेरै परीक्षणहरू, विशेष गरी लक्षण देखिएका व्यक्तिहरूका लागि, बीमाको नाममा बिल गर्न वा Department of Health द्वारा अनुदान दिइन सकिने छ।
तपाईं स्थानीय वा अनलाइन खुद्रा पसल तथा फार्मेसीहरूमा गएर घरमै गरिने परीक्षण किट खरिद गर्न सक्नुहुन्छ। कुनै बीमा वा प्रेस्क्रिप्सन आवश्यक पर्दैन।
परीक्षणका प्रकारहरू
हाल उपलब्ध परीक्षणहरूमा द्रुत एन्टिजेन परीक्षणहरू, मोलिकुलर परीक्षणहरू (प्रयोगशालामा आधारित र पोइन्ट अफ केयर दुवै) र केही घरेलु स्व-परीक्षणहरू पर्दछन्। माग र उत्पादकको क्षमता अनुसार कुनै विशेष परीक्षणको आपूर्ति फरक-फरक हुन्छ।
- कोभिड-19 परीक्षणहरू: यसले मेरो लागि के अर्थ राख्छ? (PDF) (अङ्ग्रेजीमा)
घरमै गरिने परीक्षण कसरी सम्पन्न गर्ने
सबैभन्दा सही परिणामका लागि घरमै गरिने र्यापिड परीक्षण किटसँग दिइएका निर्देशनहरू पालना गर्नु महत्त्वपूर्ण हुन्छ। विभिन्न ब्रान्डहरूले भिडियो निर्देशनहरू पनि उपलब्ध गरेका हुन्छन्। थप अरू उत्तम अभ्यासहरूका लागि घरमा गरिने परीक्षण सम्बन्धी CDC का सुझावहरू (अङ्ग्रेजीमा) हेर्नुहोस्।
र्यापिड परीक्षण गर्दा फल्स नेगेटिभ परिणामहरू आउन सक्छन्। केही परीक्षण किटहरूमा दुई पटक परीक्षण गर्न सामग्री सेटहरू समावेश गरिएको हुन सक्छ (कहिले-कहिले परीक्षण गर्ने भन्ने बारेमा तपाईंले बक्समा दिइएका निर्देशनहरू पालना गर्नुपर्छ)।
परीक्षणले कसरी काम गर्छ भन्ने बारेमा थप जानकारीका लागि, हाम्रो परीक्षण सम्बन्धी बारम्बार सोधिने प्रश्नहरू पृष्ठ हेर्नुहोस्।
परीक्षणले कसरी काम गर्छ
अधिकांश परीक्षण नाकको स्वाब प्रयोग गरेर गरिन्छ। केही परीक्षणहरू र्याल सङ्कलन गरेर गर्न सकिन्छ। थप विवरणहरू परीक्षण सम्बन्धी बारम्बार सोधिने प्रश्नहरू पृष्ठमा पाउन सकिन्छ।
कहिले क्वारेन्टाइन वा आइसोलेसनमा बस्ने
तपाईं आफ्नो परीक्षण गराउनुभन्दा पहिले र नतिजा प्राप्त गरेपछि क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने हुन सक्छ। यो तपाईंको खोप लगाइ-नलगाएको अवस्था र तपाईंमा लक्षणहरू देखिइरहेको छ किन छैन भन्ने कुरामा निर्भर हुन्छ। CDC को पछिल्लो निर्देशनमा यसलाई अवस्था अनुसार विभाजन गरिएको छ (अङ्ग्रेजीमा)। लक्षण र/वा कोभिड-19 सङ्क्रमितको सम्पर्कमा आएका मानिसहरूहकमा, तपाईं हाम्रो मार्गनिर्देशन (अङ्ग्रेजीमा) पनि पालना गर्न सक्नुहुन्छ।
फलो-अप
यदि तपाईंमा लक्षणहरू देखिएका छन् भने सकेसम्म घरमै बस्नुहोस्। यदि कोभिड-19 को परीक्षणमा पोजिटिभ नतिजा आएको छ भने, खुसीको खबर के छ भने तपाईंले आफू र अरूलाई सुरक्षित राख्न मद्दत गर्नका लागि चाल्न सक्ने कदमहरू छन्। थप जानकारी यहाँ प्राप्त गर्न सकिन्छ: परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएमा के गर्ने।