WA सूचित प्रदर्शन सूचनाहरू स्मार्टफोन एप

वासिङ्टन एक्सपोजर नोटिफिकेसन पनि भनिने WA Notify (वासिङ्टन नोटिफाई) एक निःशुल्क टुल हो, जुन तपाईंले COVID-19 को सम्भावित एक्सपोजरको बारेमा प्रयोगकर्ताहरूलाई सचेत गराउन आफ्नो स्मार्टफोनमा स्थापना गर्न सक्नुहुन्छ । यो पूर्ण रूपमा गोप्य रहन्छ, यसले कुनै पनि व्यक्तिगत विवरण सङ्कलन वा साझा गर्दैन र तपाईं कहाँ जानुहुन्छ भनेर ट्र्याक गर्दैन ।

मैले आफ्नो फोनमा कसरी WA Notify थप्ने?

Apple logo

iPhone मा, सेटिङहरूमा गएर एक्स्पोजर नोटिफिकेसन सक्षम गर्नुहोस्:

  • सेटिंगमा जानुहोस
  • संसर्ग सुचनाहरुको Exposure Notifications
  • "Exposure Notifications" क्लिक गर्नुहोस्
  • युनाइटेड राज्यहरु छनोट गर्नुहोस्
  • वासिङ्गटन छनोट गर्नुहोस्
Android logo

Android फोनमा:

  • Google Play Store मा जानुहोस्
  • WA Notify एप डाउनलोड गर्नुहोस्

यसले कसरि काम गर्दछ?

तपाईंले WA Notiy सक्रिय गरिसकेपछि, तपाईंको फोनले WA Notify सक्षम गरेका तपाईं नजिकका मानिसहरूको फोनसँग क्रमरहित, बेनामी कोडहरू आदान-प्रदान गर्दछ । प्रणालीले तपाईंसँग सम्बन्धित कुनै पनि विवरण खुलासा नगरीकन यी क्रमरहित कोडहरू आदान-प्रदान गर्न गोपनीयता संरक्षण गर्ने न्यून-ऊर्जा खपत गर्ने ब्लुटुथ प्रविधि प्रयोग गर्दछ । यदि तपाईं हालै नजिक पुग्नुभएको अर्को WA Notify प्रयोगकर्तालाई पछि COVID-19 को परीक्षण गराउँदा पोजिटिभ नतिजा आउँछ र अरूलाई बेनामी रूपमा सूचित गर्ने चरणहरू पालना गरेमा, तपाईंले सतर्कता सूचना पाउनुहुनेछ । यसले तपाईंलाई तुरुन्तै आवश्यक स्याहर प्राप्त गर्न दिन्छ र तपाईंको वरिपरीका मानिसहरूमा COVID-19 फैलाउन नदिनमा सहयोग पुर्‍याउँदछ ।

एक एल्गोरिदमले ती घटनाहरूको पहिचान गर्नको लागि हिसाब गर्दछ जसले सम्भावित रूपमा ती मानिसहरूबाट COVID-19 प्रसारित गर्दछ जो सुरक्षित दूरमा थिए वा यति कम दूरीमा थिए कि तपाईंलाई चेतावनी दिने आवश्यकता पर्दैन। WA Notify ले तपाईंलाई यदि तपाईं सम्भावित संसर्ग भएको छ भने मात्र सचेत गर्नेछ। त्यसैले सतर्कता प्राप्त नगर्नु राम्रो समाचार हो।

WA Notify 30 भन्दा बढी भाषाहरूमा पनि उपलब्ध छ ।

WA Notify Flow Chart in Nepali - Click to Read as PDF

मेरो गोपनियता कसरि सुरक्षित गरिएको छ?

WA Notify Google Apple एक्सपोजर नोटिफिकेसन प्रविधिमा आधारित छ, जसलाई तपाईंको गोपनीयताको सुरक्षा गर्न डिजाइन गरिएको हो । यसले कुनै पनि स्थान वा व्यक्तिगत डाटा सङ्कलन वा खुलासा नगरीकनै पृष्ठभूमिमा काम गर्दछ । WA Notify ले प्रभावकारी रूपमा काम गर्न तपाईं को वा कहाँ हुनुहुन्छ भन्ने कुरा थाहा पाउनु आवश्यक हुँदैन । छोटो अवधिका लागि ब्लुटुथको प्रयोग गरेर तपाईंको ब्याट्रीमा असर पर्दैन ।

सहभागिता पूर्ण स्वैच्छिक हो । प्रयोगकर्ताहरू कुनै पनि समयमा अप्ट इन वा आउट गर्न सक्छन । प्रयोगकर्ताको गोपनीयतालाई कसरी सुरक्षित गरिन्छ भन्ने बारेमा थप जानकारीका लागि, WA Notify गोपनीयता नीतिहेर्नुहोस् ।

सूचनाहरू कस्तो देखिन्छन्?

त्यहाँ तपाईंले प्राप्त गर्न सक्नुहुने दुई प्रकारका सूचनाहरू छन्। पोजिटिभ परीक्षण भएका व्यक्तिहरूले एक प्रमाणीकरण लिङ्क पाठ सन्देश र/वा पप-अप सूचना प्राप्त गर्ने छन्। संसर्गमा आएका WA Notify प्रयोगकर्ताहरूले एक एक्सपोजरको सूचना प्राप्त गर्नेछ। यी सूचनाहरू र तिनीहरू कस्तो देखिन्छसो को बारेमा थप सिक्नुहोस्।

WA Notify ले कसरी सहयोग गर्छ ?

अध्ययनले के पत्ता लगाएको छ भने जति धेरै मानिसहरूले एक्स्पोजर नोटिफिकेसन्स प्रयोग गर्दछन्, त्यति धेरै फाइदाजनक हुन्छ । वासिङ्टन राज्यका तीनवटा काउन्टीमा आधारित मोडेलहरूले त्यहाँ WA Notify प्रयोग गरिरहेका थोरै मानिसहरूको सङ्ख्याले समेत सक्रमण र मृत्यु घटाउने देखाउँछ । हामीले खोप लगाएमा र मास्क लगाएमा, हामी जीवन बचाउन सक्छौँ । हामीले व्यक्तिगत क्रियाकलापहरू पुनः सुरु गरेसँगै, WA Notify सुरक्षाको थपिएको तह हो । यो तपाईं र तपाईं वरपरका मानिसहरूलाई सुरक्षित राख्न तपाईंले गर्न सक्ने अर्को थप कुरा हो ।

घरमा गरिएको कोभिड-19 को परीक्षणको नतिजा पोजेटिभ आएका खण्डमा प्रमाणीकरण कोड पठाइदिन अनुरोध गर्ने तरिका

स्व-परीक्षण किट (घरमा गरिने परीक्षणहरू पनि भनिने) प्रयोग गर्ने WA Notify प्रयोगकर्ताहरू र COVID-19 को पोजिटिभ नतिजा आएका व्यक्तिहरूले अन्य WA Notify प्रयोगकर्ताहरूलाई उनीहरू COVID-19 को सम्पर्कमा आएका हुन सक्छन् भनेर बेनामी रूपमा सूचित गर्न प्रमाणीकरण कोड अनुरोध गर्न सक्छन् ।

Apple logo

iPhone मा:

  • Settings (सेटिङ) मा जानुहोस् अनि Exposure Notifications (सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको बारेमा सूचनाहरू) खोल्नुहोस् ।
  • “Share a COVID-19 Diagnosis” (आफूलाई कोभिड-19 लागेको बारेमा जानकारी सेयर गर्नुहोस्) चयन गर्नुहोस् ।
  • “Continue” (जारी राख्नुहोस्) चयन गर्नुहोस् ।
  • यदि तपाईंले कोड प्रविष्ट गर्ने विकल्प देख्नुभयो भने, "Didn’t get a code ? Visit WA State Dept. of Health Website.” (कोड प्राप्त गर्नुभएन ? वासिङ्टन राज्यको स्वास्थ्य विभागको वेबसाइटमा जानुहोस् ।) चयन गर्नुहोस् । यदि तपाईंले आफ्नो कोड प्रविष्ट गर्ने विकल्प देख्नुभएन भने, अर्को चरणमा जानुहोस् ।
  • तपाईं जुन डिभाइसमा WA Notify चलाउनुहुन्छ उक्त डिभाइसको फोन नम्बर र तपाईंले जुन मितिमा कोभिड-19 को परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो उक्त मिति हाल्नुहोस् ।
  • “Continue” (जारी राख्नुहोस्) चयन गर्नुहोस् ।
Android logo

Android फोनमा:

  • WA Notify खोल्नुहोस् अनि “Share your test result to help stop the spread of COVID-19” (कोभिड-19 फैलन नदिन आफ्नो परीक्षणको नतिजा सेयर गर्नुहोस्) चयन गर्नुहोस् ।
  • “Continue” (जारी राख्नुहोस्) चयन गर्नुहोस् अनि “I need a code” (मलाई कोड चाहियो) चयन गर्नुहोस् ।
  • तपाईं जुन डिभाइसमा WA Notify चलाउनुहुन्छ उक्त डिभाइसको फोन नम्बर र तपाईंले जुन मितिमा कोभिड-19 को परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो उक्त मिति हाल्नुहोस् ।
  • “Send Code” (कोड पठाउनुहोस्) चयन गर्नुहोस् ।

तपाईंले पप-अप सूचनाका साथै प्रमाणीकरण लिङ्कसहित एउटा पाठ सन्देश प्राप्त गर्नुहुनेछ । अन्य प्रयोगकर्ताहरूलाई बेनामी रूपमा सम्भावित एक्सपोजरको बारेमा सतर्क बनाउनको लागि WA Notify मा भएका चरणहरू पालना गर्न तपाईंले केवल सूचनामा ट्याप गर्नुपर्छ वा पाठ सन्देशमा भएको लिङ्कमा क्लिक गर्नुपर्छ ।

तपाईंले WA Notify मा प्रमाणीकरण कोड अनुरोध गर्न सक्नुभएन भने तपाईंले राज्यको कोभिड-19 हटलाइन 1-800-525-0127 मा फोन गर्नु पर्छ अनि # थिच्नु पर्छ र हटलाइनका कर्मचारीलाई तपाईं WA Notify प्रयोगकर्ता हो भन्ने कुरा जानकारी गराउनु पर्छ । हटलाइनका कर्मचारीले तपाईंलाई एउटा प्रमाणीकरण लिंक प्रदान गर्न सक्छन् । तपाईं उक्त लिंक प्रयोग गरी तपाईंको सम्पर्कमा आएका हुन सक्ने अन्य WA Notify प्रयोगकर्ताहरूलाई सूचित गर्न सक्नुहुन्छ ।

स्व-परीक्षण COVID-19 को नतिजा पोजिटिभ आएको बारेमा जानकारी गराउने तरिका

स्व-परीक्षण किट (घरमा गरिने परीक्षणहरू भनिने) प्रयोग गर्ने र COVID-19 को पोजिटिभ नतिजा आएका व्यक्तिहरूले WA Notify एपदेखि बाहिर Department Of Health (DOH, स्वास्थ्य विभाग) लाई रिपोर्ट गर्न सक्छन् । परीक्षणको पोजिटिभ नतिजा कसरी रिपोर्ट गर्ने भन्ने बारे हालको मार्गदर्शनका लागि, DOH को COVID-19 परीक्षण पृष्ठ हेर्नुहोस् ।

निःशुल्क स्व-परीक्षण किटहरू Say Yes! COVID Test (हो भन्नुहोस् ! COVID परीक्षण) बाट पनि उपलब्ध हुन्छन् ।

अतिरिक्त मार्गनिर्देशन DOH को तपाईंलाई COVID-19 पोजिटिभ देखिएमा के गर्ने? स्रोतमा पाउन सकिन्छ ।

कृपया ध्यान दिनुहोस्: WA Notify एक एक्स्पोजरको सूचना दिने टुल हो । यो प्रयोगकर्ताहरूलाई उनीहरूको परीक्षणको नतिजा DOH लाई रिपोर्ट गर्ने प्रयोजनका लागि बनाइएको होइन । DOH लाई नतिजाहरू रिपोर्ट गर्ने कार्य WA Notify एप प्रणालीभन्दा बाहिर हुन्छ ।

हामीलाई कन्ट्याक्ट ट्रेसिङ र WA Notify दुबै किन चाहिन्छ ?

कन्ट्याक्ट ट्रेसिङ दसकौँ देखि प्रभावकारी सार्वजनिक स्वास्थ्यको मध्यस्थकर्ता भएको छ । WA Notify ले यो कामलाई बेनामी रूपमा सहायता गर्दछ । यहाँ एउटा उदाहरण छ: यदि तपाईंको COVID-19 को परीक्षण पोजिटिभ आएमा, जनस्वास्थ्य अधिकारीहरूले तपाईंलाई फोन गरी तपाईंसँग हालै नजिक सम्पर्कमा रहेकाहरूका बारे सेयर गर्न भन्न सक्नुहुन्छ । तपाईंले बसमा आफू नजिकै बसेको कुनै अपरिचित व्यक्तिको नाम लिन सक्नुहुन्न । यदि तपाईंहरू दुबैले WA Notify को प्रयोग गर्नुहुन्छ भने, बसमा भएको अपरिचित व्यक्तिलाई बेनामी रूपमा सम्भावित सम्पर्कको बारेमा सतर्क गर्न सकिन्छ र उसले आफ्ना साथीहरू र परिवारमा COVID-19 को फैलावट रोक्न कदम चाल्दछ । खोप लागउने र मास्क लगाउने प्रत्येकले COVID-19 फैलन नदिनमा मद्दत गरे झैँ, ती दुबै कार्य अझ धेरै प्रभावकारी छन् ।

मैले WA Notify प्रयोग गरिरहनुपर्छ कि अब बन्द गरे हुन्छ ?

हामी सबैलाई उनीहरूको फोनमा WA Notify सक्रिय राख्न र यसलाई बन्द नगर्न प्रोत्साहन गर्दछौँ । प्रतिबन्धहरू खुकुलो भएर क्रियाकलापहरू पुनः सुरु भएसँगै, WA Notify भनेको आफूसँग सुरक्षाको अतिरिक्त तह लिएर हिँड्ने एक सजिलो तरिका हो ।

यदि मैले खोप लगाइसकेको छु भने के मलाई WA Notify आवश्यक छ ?

छ ! वासिङ्टन राज्यले केही समयसम्म COVID-19 को सामना गरिरहने छ । हामी अझै पनि भाइरसको बारेमा धेरै कुराहरू सिक्दैछौँ, जस्तै खोपहरू कति लामो समयसम्म प्रभावकारी रहन्छन् र खोपहरूले COVID-19 का नयाँ भेरियन्टहरू विरुद्ध कत्तिको राम्रोसँग सुरक्षा गर्छन् । खोप लगाएका व्यक्तिहरूमा जोखिम थोरै भए पनि, खोपको पूर्ण मात्रा लगाएका व्यक्तिहरूले पनि COVID-19 को सङ्क्रमण गराउन र फैलाउन सक्छन् भन्ने कुरा हामीलाई थाहा छ । साथै, हामीलाई अझै खोप नलगाएका व्यक्तिहरू पनि छन् भन्ने थाहा छ। यी सबै कारणहरूले गर्दा, हामी सबै वासिङ्टनका बासिन्दाहरूलाई COVID-19 को फैलावट रोक्नमा सघाउन सबैको फोनमा WA Notify सक्रिय गर्न प्रोत्साहित गर्दछौँ ।

WA Notify (WA सूचित गर्नुहोस्) को बारेमा प्रचार गर्न मद्दत गर्न चाहनुहुन्छ?

सामाजिक सञ्जाल सन्देश, पोस्टरहरू, नमुमा रेडियो र टिभी विज्ञापनहरू र अन्य कुराहरूका लागि हाम्रो WA Notify टूलकिट मा हेर्नुहोस् । साथै, आफ्ना साथी र परिवारजनलाई पनि बताउनुहोस् । जति धेरै मानिसहरूले WA Notify को प्रयोग गर्छन्, तपाईं र तपाईंको समुदायको सुरक्षा गर्न मद्दत गर्नमा त्यति नै धेरै राम्रो हुन्छ ।

अन्य बारम्बार सोधिने प्रश्नहरू

मैले WA Notify मा मेरो एक्सपोजरको मिति कसरी फेला पार्न सक्छु?

iPhone मा:

  1. Settings (सेटिङहरू) मा जानुहोस्
  2. Exposure Notifications (एक्सपोजर नोटिफिकेसनहरू) चयन गर्नुहोस् वा खोज बारमा Exposure Notifications (एक्सपोजर नोटिफिकेसनहरू) प्रविष्ट गर्नुहोस्
  3. “You may have been exposed to COVID-19” (तपाईं COVID-19 बाट सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएको हुन सक्छ) अन्तर्गत तपाईं सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएको हुन सक्ने अनुमानित मिति देखइएको हुनेछ

Android मा:

  1. WA Notify एप खोल्नुहोस्
  2. “Possible exposure reported” (सम्भावित एक्सपोजर रिपोर्ट गरिएको) अन्तर्गत See Details (विवरण हेर्नुहोस्) चयन गर्नुहोस्
  3. तपाईंको एक्सपोजर भएको हुन सक्ने अनुमानित मिति "Possible Exposure Date" ("सम्भावित एक्सपोजर मिति") अन्तर्गत देखाइएको हुनेछ
Washington State Department of Health (DOH, वाशिंगटन राज्य स्वास्थ्य विभाग) बाट एक सूचना र/वा टेक्स्ट पाएँ। किन?

DOH ले सबैलाई एक टेक्स्ट सब्देश र/वा पप-अप सूचना पठाउँछ जो हालै COVID-19 को पोजेटिभ परीक्षण भए त्यसैले WA Notify प्रयोगकर्ताहरूले सम्भाव्य जोखिमको बारे अन्य प्रयोगकर्ताहरूलाई छिटो र अज्ञात रूपमा सतर्क गर्न सक्छ। यी सूचनाहरू र तिनीहरू कस्तो देखिन्छसो को बारेमा थप सिक्नुहोस्।

यदि तपाईंले पाठ सन्देश र सूचना दुबै पाउनुभयो भने, तपाईंले अन्य प्रयोगकर्ताहरूलाई सम्भावित एक्सपोजरको बारेमा बेनामी रूपमा सतर्क गराउनका लागि सूचनामा ट्याप गर्ने वा पाठ सन्देशको लिङ्कमा क्लिक गर्ने र WA Notify मा दिइएका चरणहरूको पालना गर्ने गरे मात्र पुग्छ ।

मैले मेरो WA Notify डाटा सार्वजनिक स्वास्थ्यमा योगदान पुर्याउने बारेमा सूचना प्राप्त गरें । किन?

हामीलाई टुलमा आवश्यक कुनै सुधार गर्न सक्ने बनाउनका लागि DOH ले WA Notify ले कति राम्रोसँग काम गरिरहेको छ भनेर जान्न चाहन्छ । यदि तपाईं आफ्नो WA Notify डाटा साझा गर्न सहमत हुनुहुन्छ भने, तपाईंको गोपनीयता अझै पनि पूर्ण रूपमा सुरक्षित छ । कुनै पनि व्यक्तिगत जानकारी सङ्कलन वा साझा गरिएको छैन र त्यसैले त्यहाँ तपाईंलाई पहिचान गर्ने कुनै पनि तरिका छैन । यो डाटामा DOH ले मात्र राज्य स्तरमा पहुँच गर्न सक्छ ।

यदि WA Notify प्रयोगकर्ताहरू आफ्नो डाटा साझा गर्न सहमत भएमा, के संकलन गरिन्छ?

यदि तपाईं आफ्नो डाटा साझा गर्न सहमत हुनुहुन्छ भने, तपाईंको गोपनीयता अझै पूर्ण रूपमा सुरक्षित छ । कुनै पनि व्यक्तिगत जानकारी सङ्कलन वा साझा गरिएको छैन र त्यसैले त्यहाँ तपाईंलाई पहिचान गर्ने कुनै पनि तरिका छैन । DOH ले मात्र यो राज्य-स्तरीय डाटा हेर्न सक्छ, जसमा निम्न विवरण समावेश हुने छन्:

  • WA Notify बाट आफ्नो डाटा साझा गर्न सहमत हुने मानिसहरूको संख्या । यसले हामीलाई हाम्रो नमूना प्रतिनिधि कस्तो छ भनेर थाहा पाउन मद्दत गर्छ ।
  • WA Notify प्रयोगकर्ताहरूद्वारा प्राप्त संसर्ग सूचनाहरू को संख्या । यसले हामीलाई COVID-19 प्रसारको प्रवृत्ति हेर्न सहयोग गर्छ ।
  • संसर्गको सूचनामा क्लिक गर्ने व्यक्तिको संख्या । यसले हामीलाई सार्वजनिक स्वास्थ्य सिफारिसहरू विचार गर्न इच्छुक व्यक्तिहरूको अन्वेषण गर्न मद्दत गर्छ ।
  • COVID-19 जाँचमा पोजिटिभ हुने व्यक्तिको नजिकमा, तर सूचित संसर्गको लागि पर्याप्त नजिक वा लामो समयसम्म संसर्गमा नरहेका व्यक्तिहरूको संख्या । यसले हामीलाई WA Notify मा संसर्ग निर्धारण गर्ने अल्गोरिदम समायोजन गर्नुपर्छ कि पर्दैन भनेर विचार गर्न मद्दत गर्छ ।
मैले मेरो iPhone मा WA Notify सक्षम गर्दा, के मैले "Availability Alerts (उपलब्धता अलर्टहरू)" टगल अन वा अफ गर्नुपर्छ?

अफ गर्नु ठीक हुन्छ । यद्यपि तपाईं धेरै समयका लागि वासिङ्टन राज्य बाहिर यात्रा गर्नुहुन्छ भने तपाईंलाई यो अन गर्न सिफारिस गरिन्छ । जब Availability Alerts (उपलब्धता अलर्टहरू) अन हुन्छ, तपाईंले अर्को स्थानमा यात्रा गर्दा WA Notify जस्तै एक्सपोजर सूचना टुल प्रदान गर्ने सूचना प्राप्त गर्न सक्नुहुन्छ। तपाईंसँग iPhone छ भने, तपाईंले विभिन्न क्षेत्रहरू थप्न सक्नुहुन्छ तर एक पटकमा एउटा मात्र क्षेत्र सक्रिय गराउन सकिन्छ । तपाईंले नयाँ क्षेत्र सक्रिय गर्नको लागि पुरानो हटाउनु पर्दैन । तपाईंसँग Android फोन छ भने, तपाईंले विभिन्न राज्यहरूबाट WA Notify जस्ता एक्सपोजर नोटिफिकेसन एपहरू स्थापना गर्न सक्नुहुन्छ तर एकपटकमा WA Notify सँग मेल खाने प्रविधिको प्रयोग गर्ने एउटा एप मात्र सक्रिय गराउन सकिन्छ ।

के मैले WA Notify प्रयोगमा प्रवेश गर्नपर्छ?

पर्छ । WA Notify निःशुल्क र स्वेच्छिक छ । तपाईंले कुनै पनि समयमा अप्ट-आउट गर्न सक्नुहुन्छ । यसो गर्न, iPhone मा यो सुविधा बन्द गर्नुहोस् वा Android फोनबाट एप मेटाउनुहोस् । एकपटक अप्ट-आउट गरिसकेपछि, फोनले अन्य नजिकका प्रयोगकर्ताहरूबाट भण्डारण गरेको सबै क्रमरहित कोडहरू मेटिने छ र पुनः प्राप्त गर्न सकिने छैन ।

के WA Notify एक कन्ट्याक ट्रेसिंग एप हो?

होइन । WA Notify ले ट्रेस गर्दैन वा तपाईं कहिल्यै नजिकै हुनुभएका मानिसहरूको बारेमा जानकारी ट्रेस गर्दैन, त्यसैले यसले "कन्ट्याक्ट ट्रेसिङ" गर्दैन । कन्ट्याक्ट ट्रेसिङले COVID-19 को पोजिटिभ परीक्षण गरेको व्यक्तिको पहिचान हुन सक्छ । टुलले कुनै पनि व्यक्तिगत जानकारी सङ्कलन वा आदान-प्रदान गर्दैन, त्यसैले तपाईंको कोसँग सम्पर्कमा हुनुभएको थाहा पाउन कसैका लागि पनि सम्भव हुँदैन ।

एक्सपोजर भनेको के हो”?

तपाईंले अर्को WA Notify प्रयोगकर्ताको नजिकमा समय बिताउँदा एक्सपोजर हुन्छ जसको पछि COVID-19 को परीक्षण गराउँदा पोजिटिभ नतिज आउँछ । एक्सपोजर निर्धारण गर्न, WA Notify ले सुरक्षित दूरीमा भएका वा तपाईं नजिक भए पनि चेतावनी दिन आवश्यक दूरीमा नभएकाहरूबाट COVID-19 फैलन सक्ने सम्भावित अवस्थाहरू पहिचान गर्न एल्गोरिदम प्रयोग गर्दछ । DOH ले COVID-19 फैलने उल्लेख्य जोखिम रहेको विश्वास गर्ने स्थानमा तपाईंको अर्को प्रयोगकर्तासँगको अन्तरक्रिया पर्याप्त मात्रामा नजिकको दूरीबाट र पर्याप्त समयसम्म भएको छ भने मात्र WA Notify ले तपाईंलाई एक्सपोजर नोटिफिकेसन पठाउने छ । यो एल्गोरिदम जनस्वास्थ्य अधिकारीहरूद्वारा समायोजन गर्न सकिन्छ ।

यदि WA Notify ले मलाई म संसर्गित हुन सक्छु भन्छ भने के हुन्छ?

यदि WA Notify तपाईंको संसर्ग भयो भनेर पत्ता लगाउँछ भने, तपाईंको फोनमा एउटा सूचनाले तपाईंलाई अब यस पछि के गर्नु पर्छ भन्ने बारेमा जानकारीको साथ वेबसाइटमा निर्देशित गर्नेछ। यसमा कसरी र कहाँ परीक्षण गर्ने, आफैँलाई र तपाईंको नजिकको व्यक्तिलाई सुरक्षित राख्ने भने बारेमा जानकारी, र तपाईंका प्रश्नहरूको उत्तर दिनको लागि साधनहरू समावेश गर्दछ। यो पढ्न र वेबसाइटमा सावधानिपूर्वक निर्देशनहरू पालना गर्न महत्त्वपूर्ण छ।

यदि म COVID-19 को पोजेटिभको परीक्षण भएँ भने के मानिसहरूले थाहा पाउने छन्?

पाउने छैनन् । WA Notify ले तपाईंको जानकारी अरू कसैसँग पनि सेयर गर्दैन । कसैले सम्भावित एक्सपोजरको बारेमा सूचना प्राप्त गरेमा, उनीहरूलाई हालै उनीहरूको नजिक रहेको कसैको COVID-19 परीक्षणमा पोजिटिभ नतिजा आएको कुरा मात्र थाहा हुन्छ । उनीहरूले व्यक्ति को थियो वा कहाँ एक्सपोजर भयो भन्ने थाहा हुँदैन ।

के मैले WA Notify को लागि शुल्क तिर्नु पर्दछ?

पर्दैन। WA Notify नि:शुल्क छ।

कसरी WA Notify ले वाशिंगटन राज्यलाई सहायता गर्नेछ?

University of Washington ले गरेको अध्ययन (अङ्ग्रेजी मात्र) ले जति धेरै मानिसहरूले एक्सपोजर नोटिफिकेसनको प्रयोग गर्छन् त्यति नै धेरै लाभ प्राप्त हुने कुरा पत्ता लगायो । नतिजाहरूले देखायो कि WA Notify ले अनुमानित 40-115 जीवनको ज्यान जोगायो र पहिलो चार महिनाको अवधिमा यो प्रयोगमा हुँदा सम्भवतः करीब 5,500 COVID-19 केसहरू रोक्यो । WA Notify COVID-19 को फैलनबाट रोक्ने एकदम राम्रो टुल हो भनी प्रमाणित गर्दै WA Notify को प्रयोग गरिरहेका मानिसहरूको सानो सङ्ख्याले पनि COVID-19 संक्रमण र मृत्युलाई कम गर्न सक्छ भन्ने डाटा मोडेलहरूले देखाउँछ ।

यदि म राज्य बाहिर जान्छु भने के WA Notify ले काम गर्दछ?

गर्छ । यदि तपाईंले उही Google/Apple प्रविधि प्रयोग गर्ने एप (अङ्ग्रेजी मात्र) भएको राज्यमा यात्रा गर्नुहुन्छ भने, तपाईंको फोनले त्यस राज्यमा रहेका प्रयोगकर्ताहरूसँग क्रमरहित कोडहरू आदान-प्रदान गरिरहने छ । तपाईंको स्मार्टफोन सेटिङहरूमा केही पनि परिवर्तन गर्नु आवश्यक छैन । यदि तपाईं लामो अवधिका लागि वासिङ्टनबाट बाहिर जानुभयो भने, तपाईंले स्थानीय समर्थन र सतर्कताहरू प्राप्त गर्न आफ्नो नयाँ राज्यमा भएका विकल्पहरूको समीक्षा गर्नुपर्दछ ।

अन्य मानिसहरूलाई सूचित गर्न WA Notify के कति लामो समय लिन्छ?

COVID-पोजेटिभ प्रयोगकर्ताले WA Notify का चरणहरू अज्ञात रुपमा अन्य WA Notify प्रयोगकर्ताहरूलाई सचेत गराउँदा COVID-19 को जोखिममा रहेका अन्य प्रयोगकर्ताहरूले 24 घन्टा भित्र एउटा सूचना प्राप्त गर्न सक्नेछन्।

के WA Notify बाट अधिक सतर्कताहरू प्राप्त गर्न सम्भव छ?

पोजिटिभ नतिजा आएकाहरूले पप-अप सूचनाका साथै प्रमाणीकरण लिङ्कसहितको पाठ सन्देश प्राप्त गर्न सक्ने छन् । धेरै पटक सम्पर्कमा आएका हुन सक्ने प्रयोगकर्ताहरूलाई प्रत्येक नयाँ एक्सपोजरको बारेमा सूचित गरिनेछ ।

यदि म COVID पोजेटिभ भएँ भने मैले कसरी WA Notify लाई बताउने?

तपाईंको परीक्षणको नतिजा पोजिटिभ आएमा DOH वा तपाईंको स्थानीय स्वास्थ्य निकायले तपाईंलाई सो सम्बन्धमा सम्पर्क गरेर तपाईंले WA Notify चलाउनुहुन्छ कि चलाउनुहुन्न भनेर सोध्ने छ । तपाईं WA Notify चलाउनुहुन्छ भने उहाँहरूले तपाईंलाई प्रमाणीकरण लिङ्क र/वा सूचना पठाउनु हुनेछ र तपाईंको परीक्षणको नतिजा WA Notify मा प्रविष्ट गर्ने चरणहरू पालना गर्न मद्दत गर्नुहुनेछ । उक्त लिङ्क वा सूचना तपाईंको व्यक्तिगत जानकारीसँग जोडिएको हुँदैन । DOH ले हालै COVID-19 को परीक्षणमा पोजिटिभ देखिएका मानिसद्वारा प्रयोग गरिएका फोन नम्बरहरूमा पाठ सन्देश र/वा सूचना पठाउँछ ।

DOH सँग तपाईंले यी चरणहरू पालना गरेपछि कस-कसले WA Notify एक्सपोजर नोटिफिकेसन पाउने छन् भनेर थाहा पाउने कुनै तरिका हुँदैन । सम्भावित एक्सपोजर सूचनामा तपाईंको कुनै पनि जानकारी समावेश गरिँदैन । जति धेरै मानिसहरूले WA Notify मा बेनामी रूपमा आफ्नो परीक्षणको नतिजा पुष्टि गर्छन् हामी त्यति नै प्रभावकारी ढङ्गमा COVID-19 फैलावट रोक्न सक्छौँ ।

तपाईंको परीक्षणको नतिजा पोजिटिभ आएको छ र अझै पनि WA Notify मा बेनामी रूपमा आफ्नो परीक्षणको नतिजा पुष्टि गर्न जरुरी छ भने WA Notify का अन्य प्रयोगकर्तालाई सम्भावित एक्सपोजरका बारेमा बेनामी रूपमा सूचित गर्ने प्रयोजनका लागि प्रमाणीकरण कोड अनुरोध गर्ने चरणहरू थाहा पाउन यस पृष्ठमा रहेको “स्व-परीक्षण गराउँदा COVID-19 परीक्षणको नतिजा पोजिटिभ आएमा अरूलाई कसरी सूचित गर्ने” नामक खण्ड पढ्नुहोस् ।

के मैले आफ्नो फोनमा WA Notify थपे पछि गर्नु पर्ने केही कुरा छ?

निम्न अवस्थामा मात्र तपाईंले अतिरिक्त कदम चाल्न जरुरी हुन्छ:

  1. तपाईंले कोभिड-19 को परीक्षण गराउँदा पोजेटिभ देखिएमा, वा
  2. तपाईं सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको हुन सक्छ भन्ने सूचना प्राप्त भएमा ।

तपाईंको परीक्षणको नतिजा पोजिटिभ देखियो र DOH वा स्थानीय स्वास्थ्य निकायका कोही कर्मचारीले तपाईंलाई सो सम्बन्धमा सम्पर्क गरे भने उहाँहरूले तपाईं WA Notify चलाउनुहुन्छ कि चलाउनुहुन्न भनेर सोध्नुहुनेछ । तपाईं WA Notify चलाउनुहुन्छ भने उहाँहरूले तपाईंलाई प्रमाणीकरण लिङ्क र/वा सूचना पठाउनु हुनेछ र तपाईंको परीक्षणको नतिजा WA Notify मा प्रविष्ट गर्ने चरणहरू पालना गर्न मद्दत गर्नु हुनेछ । उक्त लिङ्क वा सूचना तपाईंको व्यक्तिगत जानकारीसँग जोडिएको हुँदैन । एक्सपोजरको बारेमा एपद्वारा क-कसलाई सूचित गरिनेछ भनेर थाहा पाउने कुनै पनि तरिका DOH हुँदैन । सम्भावित एक्सपोजर सूचनामा तपाईं बारेमा कुनै पनि जानकारी समावेश हुनेछैन । जति धेरै मान्छेहरूले WA Notify मा बेनामी रूपमा आफ्नो परीक्षणको नतिजा पुष्टि गर्छन् हामी COVID-19 को फैलावट रोक्न त्यति नै प्रभावकारी ढङ्गले काम गर्न सक्छौँ ।

तपाईंको परीक्षणको नतिजा पोजिटिभ आएको छ र तपाईंलाई प्रमाणीकरण कोड चाहिन्छ भने WA Notify का अन्य प्रयोगकर्तालाई सम्भावित एक्सपोजरको बारेमा बेनामी रूपमा सूचित गर्ने प्रयोजनका लागि प्रमाणीकरण कोड अनुरोध गर्ने तरिका थाहा पाउन यो पृष्ठको माथि दिइएको “स्व-परीक्षण गराउँदा COVID-19 को नतिजा पोजिटिभ आएमा अरूलाई कसरी सूचित गर्ने” नामक खण्ड पढ्नुहोस् ।

के WA Notify ले मेरो ब्याट्री सकाउँछ र धेरै डाटाको प्रयोग गर्दछ?

होइन। यसले ब्लुटूथ कम ऊर्जा प्रविधिको प्रयोग गरेर तपाईंको डाटा र ब्याट्री जीवनमा न्यूनतम प्रभाव गर्नको लागि डिजाइन गरिएको हो।

WA Notify ले धेरै ब्याट्री प्रयोग गरे जस्तो किन देखिन्छ ?

वास्तवमा, यो सायद त्यस्तो होइन । तपाईंको डिभाइसमा ब्याट्री प्रयोगले WA Notify जस्ता एपहरू लगायत प्रत्येक दिन प्रयोग हुने ब्याट्रीको प्रतिशत देखाउँछ । धेरैजसो एप र टुलहरू रातभरि चल्दैनन् । WA Notify पनि चल्दैन, तर यसले तपाईंलाई कुनै सम्भावित एक्सपोजरको बारेमा सतर्क गराउनका लागि पोजिटिभ नतिजा आएका प्रयोगकर्तासँग मेल खाने कुराका लागि प्रत्येक केही घण्टामा क्रमरहित कोडहरूको जाँच गर्छ । त्यसैले, उदाहरणको लागि, तपाईं सुतेको बेलामा कुनै अन्य एपहरू चालू नहुँदा, WA Notify ले त्यो समयमा प्रयोग भएको ब्याट्रीको उच्च प्रतिशतको प्रतिनिधित्व गर्छ । यसको अर्थ WA Notify ले धेरै ब्याट्री प्रयोग गरिरहेको छ भन्ने होइन - यसले केवल ब्याट्रीको थोरै मात्राको उच्च प्रतिशत मात्र प्रयोग गरेको हुन्छ ।

के मैले काम गर्न WA Notify को लागि ब्लुटूथ अन गर्नुपर्छ?

गर्छ। WA Notify ले ब्लुटूथ कम ऊर्जाको प्रयोग गर्दछ, त्यसैले ब्लुटूथ सधैँ सिस्टमको लागि अन्य प्रयोगकर्ताहरू नजिकै पत्ता लगाउन सक्रिय हुनु पर्छ।

के मैले यसले काम गर्नको लागि मेरो फोनमा WA Notify खोल्नु पर्दछ?

पर्दैन। WA Notify ले पृष्ठभूमीमा काम गर्नेछ।

के WA Notify पुरानो स्मार्टफोनमा समर्थित छ?

iPhone प्रयोगकर्ताहरूले WA Notify प्रयोग गर्न सक्नेछन् यदि तपाईंको अपरेटिंग प्रणाली निम्न छ भने :

  • iOS संस्करण 13.7 वा पछिल्लो (iPhone 6s, 6s Plus, SE वा नयाँको लागि)
  • iOS संस्करण 12.5 (iPhone 6, 6 plus 5s)

यदि तपाईंको एन्ड्रोइड स्मार्टफोनले ब्लुटुथ कम ऊर्जा र एन्ड्रोइड संस्करण 6 (API 23) वा माथिको समर्थन गरेमा एन्ड्रोइड प्रयोगकर्ताहरूको WA Notify प्रयोग गर्न सक्नुहुन्छ ।

के म WA Notify को प्रयोग गर्न 18 वर्षको हुनु पर्दछ?

पर्दैन। WA Notify लाई तपाईंको उमेर थाहा छैन वा जाँच गर्दैन।

यदि मैले कसैसँग फोन सेयर गरेँ भने के यो प्रविधिले काम गर्नेछ?

WA Notify ले सम्भाव्य जोखिमको समयमा कसले फोनको प्रयोग गरिरहेको थियो बताउन सक्दैन। यदि तपाईंले फोन साझा गर्नुभयो भने, फोन प्रयोग गर्ने सबैले सार्वजनिक स्वास्थ्य निर्देशनहरूको पालना गर्नु पर्दछ, यदि WA Notify COVID-19 लाई सम्भावित संसर्ग देखाउँछ भने।

मैले एक सूचना र/वा पाठ सन्देश प्राप्त गरेँ, तर परीक्षण गरेको व्यक्ति परिवार वा घरको सदस्य थियो । मैले के गर्नुपर्छ?

परीक्षणको नतिजा पोजिटिभ आएका WA Notify प्रयोगकर्ताले आफूसँग सम्पर्कमा आएका हुन सक्ने अन्य व्यक्तिलाई बेनामी रूपमा सूचित गर्ने चरणहरू पालना गर्नुपर्छ, त्यसैले तपाईंले आफूसँग सरोकार नराख्ने सबै पाठ सन्देश वा सूचनाहरूलाई वेवास्ता गर्नुपर्छ ।

तपाईंको परिवार वा तपाईंको परिवारको कोही सदस्य WA Notify प्रयोगकर्ता हुनुहुन्छ, उहाँको परीक्षणको नतिजा पोजिटिभ आएको छ र अझै पनि WA Notify मा उहाँको परीक्षणको नतिजा प्रमाणीकरण गर्नुपर्ने छ भने उहाँहरूले यस पृष्ठमा रहेको “स्व-परीक्षण गराउँदा COVID-19 को नतिजा पोजिटिभ आएमा अरूलाई कसरी सूचित गर्ने” खण्डमा दिइएका चरणहरू पालना गर्न सक्नुहुन्छ ।

के WA Notify ले आईप्याड वा स्मार्ट घडीहरू जस्ता डिभाइसहरूमा काम गर्दछ?

गर्दैन । एक्स्पोजर नोटिफिकेसन प्रणाली विशेष गरी स्मार्टफोनहरूका लागि डिजाइन गरिएको थियो र iPad वा ट्याबलेटहरूमा चल्दैन ।

स्मार्ट फोन नहुने मानिसहरूले यो प्रविधिमा पहुँच प्राप्त गर्नको लागि वाशिंगटन राज्य के गर्दैछ?

WA Notify COVID-19 को प्रसार रोक्न मद्दत गर्ने एक मात्र उपकरण होइन। प्रत्येक वाशिंगटन निवासीको लागि कन्ट्याक्ट ट्रेसिंग र अन्य प्रयासका लाभ, चाहे उनीहरूसँग स्मार्टफोन नभएता पनि। खोपहरू COVID-19 को विस्तार रोक्ने सबैभन्दा राम्रो तरीका हुन्, र मास्क लगाउनु, शारीरिक रुपमा टाढा रहनु, र जमघटको मात्रा सीमित गर्नु अन्य उपायहरू हुन् जसले सबैले COVID-19 को विस्तार रोक्न मद्दत गर्न सक्छन्।

संघीय सरकारको Lifeline program (लाइफलाइन कार्यक्रम) ले योग्य व्यक्तिहरूलाई मासिक फोन बिल क्रेडिट प्रदान गर्दछ। केही सहभागी वायरलेस सेवा प्रदायकहरू पनि एक नि:शुल्क स्मार्टफोन उपलब्ध गराउन सक्छन्। को योग्य छ, कसरी लागू गर्ने र वायरलेस प्रदायकहरूमा सहभागी हुने कार्यक्रमको बारेमा थप जान्नुहोस् (अंग्रेजी मात्र)।

वाशिंगटनले 30 वटा भन्दा बढी भाषाहरूमा WA Notify जारी गर्यो, त्यसैले मैले यसलाई Google Play store मा किन अङ्ग्रेजी र स्पेनिशमा मात्र हेर्ने?

WA Notify प्रयोगकर्ताको फोनमा सेट गरिएको पूर्वनिर्धारित भाषाको आधारमा सञ्चालित हुन्छ । WA Notify को एउटा मात्र संस्करण छ, तर कुनै पप-अप – एक्सपोजर नोटिफिकेसन – उदाहरणको लागि 30 भन्दा बढी भाषाहरूमा प्रयोगकर्ताले रुचाएको भाषामा देखिनेछ ।

मैले कति समयसम्म सूचनामा ट्याप गर्नुपर्छ वा प्रमाणीकरण लिङ्कलाई सक्रिय गर्नुपर्छ?

तपाईंले सूचना वा पाठ सन्देश प्राप्त गरेपछि WA Notify मार्फत अरूलाई सूचित गर्ने चरणहरू पालना गर्न तपाईंसँग 24 घण्टाको समय हुन्छ । यदि तपाईं उक्त समयभित्र सूचनामा ट्याप गर्न वा प्रमाणीकरण लिङ्कमा क्लिक गर्न असमर्थ हुनुभएमा, तपाईंले यस पेजमा माथि रहेको “स्व-परीक्षण गराउँदा COVID-19 को नतिजा पोजिटिभ आएमा अरूलाई कसरी सूचित गर्ने” खण्डमा दिइएका चरणहरू पालना गरेर WA Notify मार्फत प्रमाणीकरण कोड अनुरोध गर्न सक्नुहुन्छ । DOH वा स्थानीय स्वास्थ्य निकायका कोही कर्मचारीले COVID-19 को परीक्षणको नतिजाका बारेमा तपाईंलाई सम्पर्क गर्दा पनि तपाईंले उनीहरूसँग प्रमाणीकरण लिङ्क माग्न सक्नुहुन्छ ।

सिङ्गटनले यो समाधान किन छनोट गर्यो?

Google/Apple एक्स्पोजर नोटिफिकेसन प्रणालीको समीक्षा गर्नका लागि वासिङ्टनले सुरक्षा र नागरिक स्वतन्त्रता विज्ञहरू र थुप्रै समुदायका सदस्यहरूलाई समावेश गरेर एक राज्य निरीक्षण समूह गठन गर्‍यो । समूहले प्लेटफर्मको प्रमाणीत विश्वसनीयता, मजबुत डाटा सुरक्षा र अन्य राज्यहरूद्वारा प्रयोग गरिएको आधारमा सुझावित कुराहरू अपनाउन सिफारिस गर्‍यो ।