कोभिड-19 का उपचारहरू

कोभिड-19 को परीक्षणमा पोजिटिभ नतिजा आएका र ज्यादा बिरामी हुने उच्च जोखिममा भएका मानिसहरूले कोभिड-19 चिकित्साविधि (औषधोपचार) बाट लाभ लिन सक्छन्। यी उपचारहरूले कोभिड-19 बाट गम्भीर बिरामी, अस्पताल भर्ना र मृत्यु रोक्नमा मद्दत गर्न सक्छन्। तपाईंको परीक्षणमा पोजिटिभ नतिजा आएमा र उच्च जोखिममा हुनुहुन्छ भने उपचारले राम्रो काम गर्नका लागि चाँडै उपचार सुरु गर्नुपर्ने भएकोले तत्काल आफ्नो स्वास्थ्सेवा प्रदायकसँग कुरा गर्नुहोस्। तपाईंको स्वास्थ्यसेवा प्रदायकले तपाईंका लागि कोभिड-19 को कुन औषधि उत्कृष्ट हुन्छ भन्ने निर्धारण गर्ने मद्दत गर्नेछन्।

कोभिड-19 का उपचार/औषधिहरूको रोकथामको स्थान लिँदैनन्। कोभिड-19 फैलनबाट रोक्नका लागि योग्य व्यक्तिहरूले खोप लगाउन र अन्य कदमहरू चाल्न अझै पनि सिफारिस गरिन्छ।

मोनोक्लोनल एन्टिबडी उपचार के के हुन्?

एन्टिबडी भनेका मानिसको कोभिड-19 गराउने जस्ता भाइरसहरूसँग लड्न शरीरले निर्माण गर्ने प्रोटिनहरू हुन्। प्रयोगशालामा बनाइएका एन्टिबडीले तपाईंको शरीरमा भाइरसको मात्रा सीमित गर्नमा प्राकृतिक एन्टिबडीले ‍जस्तै काम गर्छन्। तिनलाई मोनोक्लोनल एन्टिबढी भनिन्छ। तपाईं कोभिड-19 को कारणले गम्भीर बिरामी हुने जोखिम छ र तपाईंमा कोभिड-19 को सङ्क्रमण पुष्टि भएको छ वा तपाईं कोभिड-19 को सङ्क्रमण पुष्टि भएको व्यक्तिसँग नजिकको सम्पर्कमा आउनुभएको छ भने तपाईं मोनोक्लोनल एन्टिबडी (mAb) उपचार विधि प्रयोग गर्न सक्नुहुन्छ। तपाईं आफ्नो उमेर, स्वास्थ्य इतिहास र तपाईंमा लक्षणहरू देखिन थालेको कति भयो भन्ने कुराका आधारमा कोभिड-19 को उपचारका लागि mAb उपचार विधि (bebtelovimab) प्रयोग गर्नका लागि योग्य हुन सक्नुहुन्छ।

कोभिड-19 का लागि सङ्क्रमणपूर्व अपनाइने रोगनिरोधक भनेको के हो?

सङ्क्रमणपूर्व अपनाइने रोगनिरोधक (PrEP) भनेको भाइरसलाई मानव जीवकोषसँग जोडिन र जीवकोषमा प्रवेश गर्नबाट रोक्न बनाइएको औषधि हो। हाल उपलब्ध अन्य मोनोक्लोनल एन्टिबडीहरू भन्दा फरक Evusheld लामो समय काम गर्ने एन्टिबडी हो जसलाई कोभिड-19 को सङ्क्रमण हुनुपूर्व नै रोकथाम गर्न वा हुन नदिनका लागि मात्र प्रयोग गर्नका लागि स्वीकृत गरिएको छ। Evusheld कोभिड-19 को कारणले हुने लक्षणहरूको उपचार गर्नका लागि होइन र कोभिड-19 भएको व्यक्तिको सम्पर्कमा आएपछि यो दिइँदैन; यो सङ्क्रमण हुनुअघि सङ्क्रमण रोक्नका लागि दिइन्छ।

मुखबाट सेवन गर्ने एन्टिभाइरलहरू के-के हुन्?

ओरल एन्टिभाइरल उपचारले तपाईंको शरीरमा SARS-CoV-2 भाइरस (जसको कारणले कोभिड-19 हुन्छ) को सङ्ख्या बढ्न नदिएर, शरीरमा भाइरसको सङ्ख्या घटाएर वा शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउनमा मद्दत गरेर तपाईंको शरीरलाई कोभिड-19 विरुद्ध लड्न मद्दत गर्छ। उपचार प्राप्त गर्नाले तपाईंलाई गम्भीर लक्षणहरूबाट जोगाउन सक्छ र तपाईं सिकिस्त बिरामी हुने र अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउने जोखिम घटाउन सक्छ। कोभिड-19 का एन्टिभाइरल उपचारहरू मन्ददेखि मध्यम लक्षणहरू भएका, अस्पतालमा नभएका, पाँच दिन वा सोभन्दा कम समयदेखि लक्षण देखिएका र गम्भीर बिमारीको उच्च जोखिममा भएका बिरामीहरूका लागि उपलब्ध छन्।

इन्ट्राभेनस (IV) एन्टिभाइरलहरू भनेका के हुन्?

Remdesivir (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) एउटा मान्यता प्राप्त एन्टिभाइरल औषधि हो जुन Food and Drug Administration (FDA, खाद्य तथा औषधि प्रशासन) द्वारा स्वीकृत छ र हाल Washington State Department Of Health (WADOH, वासिङ्टन राज्य स्वास्थ्य विभाग) द्वारा वितरण गरिएको छैन। यसले भाइरसलाई यसको संख्या वृद्धि गर्न (प्रतिकृति बनाउन) बाट रोक्ने काम गर्छ। Remdesivir लाई समयसमयमा नशामा (इन्ट्राभेनस रूपमा) सुई मार्फत दिइन्छ, जसलाई IV इन्फ्युजन भनिन्छ।

Remdesivir (रेमडिसिभर) गम्भीर कोभिड-19 को उच्च जोखिममा भएका अस्पताल भर्ना नभएका वयस्क र बालबालिकाहरूको उपचारका लागि स्वीकृत गरिएको छ। अप्रिल 25, 2022 मा, FDA ले यो स्वीकृति कम्तीमा 3 kg (करिब 6.6 पाउन्ड) तौल भएका कम्तीमा 28 दिन पुगेका र गम्भीर रोग लाग्ने उच्च जोखिममा भएका बच्चाहरूमा विस्तार गर्‍यो, जसले Remdesivir लाई 12 वर्षभन्दा कम उमेरका बच्चाहरूका लागि  FDA द्वारा स्वीकृति प्राप्त पहिलो उपचार बनायो।

Remdesivir लाई सकेसम्म चाँडो लक्षणहरू सुरु भएको सात दिनभित्र प्रयोग गर्न सुरु गर्नुपर्छ, त्यसैले उच्च जोखिममा भएका मानिसहरूले आफूमा लक्षणहरू भएमा र कोभिड-19 को परीक्षणमा पोजिटिभ नतिजा आएमा आफ्नो स्वास्थ्यसेवा प्रदायकसँग सम्पर्क गर्नु महत्त्वपूर्ण हुन्छ। उपचार तीन ओटा IV इन्फ्युजन (खोप) शृङ्खलामा दिइन्छ, जुन लगातार तीन दिनसम्म दिनमा एकपटक दिइन्छ।

सबै स्वास्थ्यसेवा केन्द्रहरूले बहिरङ्ग Remdesivir उपचार प्रदान गर्न सक्दैनन् – बिरामीहरूले यो सम्भावित उपचारको विकल्प हुन सक्छ कि भनी हेर्नका लागि आफ्नो स्वास्थ्यसेवा प्रदायकसँग कुरा गर्नुपर्छ।

Remdesivir लाई कोभिड-19 को कारणले थप गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका बिरामीहरूलाई उपचार गर्न पनि प्रयोग गरिन्छ। तपाईंलाई कोभिड-19 को कारणले अस्पताल भर्ना गरिएको छ भने, तपाईंका स्वास्थ्यसेवा प्रदायकहरूले Remdesivir वा अन्य उपचारहरू आवश्यक छन् कि भनी निर्णय गर्ने छन्।

बारम्बार सोधिने प्रश्नहरू

mAb ले कोभिड-19 भएका मानिसहरूलाई कसरी मद्दत गर्छ?

आपत्कालीन प्रयोगका लागि संयुक्त राज्य Food and Drug Administration (FDA, खाद्य तथा औषधि प्रशासन) द्वारा स्वीकृति प्राप्त MAb उपचारहरूले रोगका गम्भीर लक्षणहरू देखिने उच्च जोखिम (अङ्ग्रेजीमा स्पेनीमा मात्र उपलब्ध छ) भएका मानिसहरूलाई निम्नानुसार मद्दत गर्न सक्छन्:

  • अस्पताल भर्ना हुने सम्भावना कम गर्न
  • कोभिड-19 बाट अझ छिटो निको हुन
mAb उपचार कसले गराउन सक्छ?

MAb हरू निम्न मानिसहरूका लागि निर्माण गरिएको हो:

  • कोभिड-19 को परीक्षणमा पोजिटिभ नतिजा आएका
  • 10 दिन वा कम समयदेखि रोगको मन्ददेखि मध्यम लक्षणहरू देखिएका
  • सिकिस्त बिरामी हुने उच्च जोखिममा भएका
मैले मोनोक्लोनल एन्टिबडी उपचार गरेपछि कोभिड खोप लगाउन सक्छु?

तपाईंले कोभिड-19 को सङ्क्रमणपछि निष्क्रिय एन्टिबडी उपचार (मोनोक्लोनल एन्टिबडी थेरापी वा कन्भ्यालेसेन्ट प्लाज्मा) गराउनुभएको छ भने, तपाईंले उपचार गराइसकेपछि कुनै पनि समयको अन्तरालमा कोभिड-19 को खोप लगाउन सक्नुहुन्छ। व्यक्तिहरूले निष्क्रिय एन्टिबडी उपचार पूरा भएको 90 दिनसम्म प्रतीक्षा गर्नु आवश्यक छैन।

निष्क्रिय एन्टिबडी उपचार गराउन योग्य हुने-नहुने सम्बन्धमा प्रश्नहरू छन् भने आफ्नो प्रदायकसँग परामर्श लिनुहोस्।

मैले मोनोक्लोनल एन्टिबडी उपचार गराएको कसरी देखाउन सक्छु?

mAb उपचार गर्ने चिकित्सा प्रदायकले तपाईंले कहिले उपचार गराउनुभयो भन्ने जनाउने कागजात उपलब्ध गराउन सक्छ।

मुखबाट सेवन गर्ने एन्टिभाइरलहरूका लागि को योग्य हुन्छ?

Paxlovid: अस्पताल भर्ना वा मृत्यु लगायत कोभिड-19 बाट गम्भीर बिमारीसम्म हुने  उच्च जोखिममा रहेका वयस्क वा बाल बिरामीहरू (12 वर्ष वा बढी उमेरका कम्तीमा 88 पाउन्ड/40 kg तौल भएका)।

Molnupiravir: अस्पताल भर्ना वा मृत्यु लगायत कोभिड-19 बाट गम्भीर बिमारीसम्म हुन सक्ने उच्च जोखिममा भएका वयस्कहरू र Food and Drug Administration (FDA, खाद्य तथा औषधि प्रशासन) द्वारा स्वीकृति प्राप्त वैकल्पिक कोभिड-19 उपचारका विकल्पहरू उपलब्ध नभएका वा चिकित्सकीय रूपमा उपयुक्त नभएका व्यक्तिहरूका लागि।

Medicaid/Children's Health Insurance Program (CHIP) द्वारा यो उपचारको खर्च कभर गर्छ?

हो। Medicaid/Children's Health Insurance Program (CHIP, बाल स्वास्थ्य बीमा कार्यक्रम) ले mAb उपचारहरूका लागि प्रशासन शुल्क कभर गर्ने (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) गरेको छ। प्रशासन शुल्क भनेको स्वास्थ्यसेवा प्रदायकले तपाईंलाई उपचार गर्नका लागि लिने शुल्क हो। अधिकांश mAb का लागि, यो उत्पादनको लागत सङ्घीय सरकारले बेहोर्ने गर्छ।

मैले बीमा गरेको छैन भने, के मैले कोभिड-19 को उपचार प्राप्त गर्न सक्छु?

सङ्घीय सरकारद्वारा खरिद गरिएका कोभिड-19 का उपचारविधिहरू बिरामीहरूलाई निःशुल्क उपलब्ध गराइन्छ। यद्यपि, प्रदायकहरूले वितरण, उपचार र प्रशासन शुल्कहरू लिन सक्छन् जुन बीमा, बिरामी वा सङ्घीय कार्यक्रमहरूले बेहोर्न सक्छन्। उपचारविधि खोज्दा कुन प्रकारको कभरेज उपलब्ध छ भन्ने जान्न, कृपया आफ्नो प्रदायकसँग परामर्श लिनुहोस्।

के आधिकारिक दस्तावेज प्राप्त नगरिसकेका व्यक्तिहरूले कोभिड-19 को उपचार प्राप्त गर्न सक्छन्?

आधिकारिक दस्तावेज नभएका व्यक्तिहरूले निम्न कुराहरूका लागि Alien Emergency Medical Program (AEM Program, विदेशीका लागि आपत्कालीन चिकित्सा कार्यक्रम) (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) बाट कभरेज प्राप्त गर्न सक्छन्:

  • कोभिड-19 को मूल्याङ्कन र उपचार समावेश गर्न आपत्कालीन उपचारहरू योग्य बनाउन। 
  • कार्यालय, क्लिनिक वा टेलिहेल्थ मार्फत परीक्षण र उपचार स्थानरू समावेश गर्ने।
  • स्वीकृत प्राप्त सेवाहरू। कोभिड-19 को परीक्षणमा पोजिटिभ नतिजा आएका व्यक्तिहरूको औषधि र श्वासप्रश्वास सम्बन्धी सेवाहरू समेटिन सकिन्छ। सम्भावित कोभिड-19 का पोजिटिभ नतिजाहरूको अनुगमन परामर्श र औषधिहरू समेटिन सकिन्छ

AEM मा कसरी आवेदन दिने

19 देखि 64 वर्षसम्ममा वयस्कहरू:

65 वा सोभन्दा बढी उमेरका, अन्धा, अशक्त वा दीगो सेवाहरूको आवश्यक पर्ने वयस्कहरू:

  • अनलाइन: Washington Connection (अङ्ग्रेजी र स्पेनीमा मात्र उपलब्ध छ)
  • फोन: 1-877-501-2233

कोभिड-19 को उपचार प्राप्त गर्नुहोस्

Test to Treat (उपचार गर्न परीक्षण गराउने) (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) कार्यक्रमले जीवन बचाउने कोभिड-19 का उपचारहरूमा छिटो, सहज पहुँच उपलब्ध गराउन सक्छ। तपाईंको परीक्षणको नतिजा पोजिटिभ आएमा, तपाईं स्वास्थ्यसेवा प्रदायकलाई (सेवा केन्द्रमा या त टेलिहेल्थ मार्फत) भेट्न सक्नुहुन्छ र योग्य भएमा एकै स्थानमा मुखबाट लिने कोभिड-19 को उपचारका लागि प्रेस्क्रिप्सन प्राप्त गर्न र सो प्रेस्क्रिप्सनमा उल्लिखित औषधिहरू खरिद गर्न सक्नुहुन्छ।

अङ्ग्रेजी, स्पेनी र अन्य 150 भन्दा बढी भाषाहरूमा मद्दत प्राप्त गर्नका लागि Test to Treat स्थान पहिचानकर्ता मा जानुहोस् वा  1-800-232-0233 (TTY 1-888-720-7489) मा कल गर्नुहोस्। कल सेन्टर बिहान 8 बजेदेखि मध्यरात ET सम्म, हप्ताको 7 दिन नै खुला रहन्छ र तपाईं नजिकको स्थान फेला पार्नमा तपाईंलाई सहायता गर्ने छ।

बीमा नगरेका व्यक्तिहरूका लागि संसाधनहरू

कोभिड-19 का उपचारविधि वा अन्य स्वास्थ्य सेवा कभरेजको आवश्यकता भएका बीमा नगरिएका व्यक्तिहरूले निम्न स्रोतहरूमा सम्पर्क गर्न सक्नुहुन्छ:

बीमा नगरेका व्यक्तिहरूले निम्न Federally Qualified Health Centers (FQHC सङ्घीय इजाजतपत्र प्राप्त स्वास्थ्य केन्द्रहरू) अन्तर्गतका धेरै क्लिनिकहरूमा सेवाहरू लिन पनि सक्नुहुन्छ: 

औषधि प्राप्त गर्ने स्थान फेला पार्नका लागि मद्दत चाहिन्छ? Test to Treat (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) स्थान फेला पार्नका लागि 1-800-232-0233 (TTY 888-720-7489) मा कल गर्नुहोस्।

थप संसाधनहरू

थप प्रश्नहरूको जवाफ दिनका लागि राज्यको कोभिड-19 हटलाइन उपलब्ध छ। हटलाइन सम्बन्धी जानकारी हामीलाई सम्पर्क गर्नुहोस् पृष्ठ मा छ।

कोभिड-19 का उपचारविधिहरूको बारेमा थप जानकारीका लागि, Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण तथा रोकथाम केन्द्र) को कोभिड-19 को उपचारविधि पृष्ठ मा जानुहोस्।