Stroke and Heart Attack Signs and Symptoms - Nepali

English

स्ट्रोक र हृदयघात सधैँ आपतकालीन हुन्छन्। तर तपाईंलाई स्ट्रोक र हृदयघातको लक्षणहरू थाहा छ?

ज्ञान शक्ति हो। सङ्केत तथा लक्षणहरू अध्ययन गरी तिनीहरू हुँदा तिनीहरूलाई पहिचान गरेर र मद्दका लागि 911 मा फोन गरी जीवन बचाउनुहोस्।

स्ट्रोक

  • विशेषगरी शरीरको एक साइडमा, अनुहार, पाखुरा वा खुट्टामा तत्काल संवेदनशून्यता वा कमजोरी हुन्छ
  • बोली बुझ्नमा अचानक दुविधा वा समस्या हुने
  • एउटा वा दुबै आँखाले हेर्नमा अचानक समस्या हुने
  • हिँड्नमा अचानक समस्या हुने, चक्कर लाग्ने वा सन्तुलन वा समन्वयको कमी हुने
  • कुनै ज्ञात कारण बिना अचानक एकदमै टाउको दुख्ने

हृदयघात

  • छातीमा दुख्ने वा असहज हुने
  • चक्कर लाग्ने, वाकवाकी लाग्ने वा वान्ता हुने
  • चिउँडो, घाँटी वा ढाड दुख्ने
  • पाखुरा वा काँधमा असहज वा दुखाइ हुने
  • श्वासप्रश्वासमा कमी हुने

तपाईंलाई कसैलाई स्ट्रोक वा हृदयघात भएको छ भन्ने लागेमा, प्रतीक्षा नगर्नुहोस्। अहिले 911 मा फोन गर्नुहोस्। आपतकालीन चिकित्सा सेवा कर्मचारीलाई स्ट्रोक र हृदयघात पहिचान गर्न र बिरामीलाई तुरुन्तै अस्पताल लैजान प्रशिक्षण दिइन्छ। यी चिकित्सा आपतकालीनहरू उपचारयोग्य हुन्छन् र जति छिटो बिरामीले उपचार प्राप्त गर्छन् त्यति नै घर परिवारसँग र दिनचर्यामा फर्कनका लागि थप सम्भव हुन्छ।