लङ COVID

लङ कोभिड भनेको के हो?

कुनै पनि व्यक्तिलाई कोभिड-19 लागेपछि लङ कोभिड हुन सक्छ। यो एउटा दीर्घकालीन रोग हो, जसको मतलब यो लामो समयसम्म रहन्छ र/वा समयसँगै आउन र जान सक्छ। यसलाई कहिलेकाहीँ "पोस्ट-कोभिड सिन्ड्रोम", "पोस्ट-कोभिड-19 समस्या (PCC)" वा "दीर्घकालीन कोभिड" भनिन्छ।

लङ कोभिड एउटा गम्भीर जनस्वास्थ्य समस्या हो जसले लाखौँ अमेरिकी वयस्क र बालबालिकालाई असर गरेको छ। हल्कादेखि गम्भीर खालका लक्षणहरू देखिन सक्छन् र ती लक्षणहरू कम्तीमा तीन महिनासम्म रहन सक्छन्। केही अवस्थामा लङ कोभिडले अशक्तता निम्त्याउन सक्छ।

लङ कोभिड एउटा नयाँ स्वास्थ्य समस्या भएकाले यसका बारेमा धेरै कुरा अझै अज्ञात नै छ। कोभिड-19 निम्त्याउने SARS-CoV-2 भाइरस पहिलो पटक सन् 2019 मा पत्ता लागेको थियो। यसका बारेमा अनुसन्धान हुँदै गर्दा हामी यस बारेमा थप जानकारी प्राप्त गरिराख्ने छौँ।

लङ कोभिडका लक्षणहरू

लङ कोभिडका लक्षणहरू कोभिड-19 सङ्क्रमणपछि महिनौँ वा वर्षौँसम्म रहन सक्छन्। लक्षणहरू व्यक्तिपिच्छे फरक हुन सक्छन् र पहिचान वा निदान गर्न गाह्रो हुन सक्छ।

Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण तथा रोकथाम केन्द्र) का अनुसार लङ कोभिडका 200 भन्दा बढी लक्षणहरू छन्। शारीरिक वा मानसिक रूपमा बल पर्ने काम गरेपछि लक्षणहरू झनै खराब हुन सक्छन्। सबैभन्दा सामान्य लक्षणहरू यस प्रकार छन्:

  • दैनिक जीवनमा असर पर्ने गरी थकान हुने
  • शारीरिक वा मानसिक रूपमा बल पर्ने काम गरेपछि सामान्यतया बिसञ्चो महसुस हुने (वर्णन गर्न गाह्रो हुन सक्छ)
  • सोच्न वा ध्यान केन्द्रित गर्न गाह्रो हुने, जसलाई "ब्रेन फग" पनि भनिन्छ
  • ज्वरो
  • सास फेर्न गाह्रो हुने
  • खोकी लाग्ने
  • छाती दुख्ने
  • तीव्र धड्कन (हार्ट पल्पिटेसन)
  • गन्ध र/वा स्वादमा परिवर्तन हुने
  • टाउको दुख्ने
  • निद्रासम्बन्धी समस्या देखिने
  • चिन्ता वा डिप्रेसन
  • उठ्दा चक्कर लाग्ने
  • जोर्नी वा मांसपेशी दुख्ने
  • झमझमाउने
  • पेट दुख्ने
  • पखाला
  • कब्जियत
  • छालामा डाबर वा चिलाउने दाद आउने
  • महिनावारी चक्रमा परिवर्तन हुने

क-कसलाई लङ कोभिड हुन सक्छ?

कोभिड-19 भएको कुनै पनि व्यक्तिलाई लङ कोभिड हुन सक्छ। कोभिड-19 हुँदा कुनै पनि लक्षण नदेखिएको भए पनि लङ कोभिड हुन सक्छ। एक भन्दा बढी पटक कोभिड-19 भएका मान्छेहरूलाई प्रत्येक सङ्क्रमणपछि लङ कोभिड हुने जोखिम हुन्छ। 

जुन 2024 मा प्रकाशित अनुसन्धानका अनुसार वासिङ्टनका 6.4% वयस्कहरूलाई अक्टोबर 2023 सम्म लङ कोभिड भइरहेका थियो र लङ कोभिडका कारणले तीमध्ये 117,000 जनाको दैनिक जीवनमा उल्लेखनीय असर परेको थियो भन्ने अनुमान गरिएको छ। यो अनुसन्धानले यस अवधिमा मध्य र पूर्वी वासिङ्टनमा लङ कोभिडको दर उच्चतम रहेको पनि पत्ता लगाएको थियो। Household Pulse Survey (घरपरिवार पल्स सर्वेक्षण) ले लङ कोभिड भएका वासिङ्टनका वयस्कहरूको प्रतिशत नियमित रूपमा अनुमान गर्छ।

CDC का अनुसार निम्न मानिसहरूलाई लङ कोभिड हुने सम्भावना बढी हुन्छ:

  • महिला।
  • वृद्ध वयस्कहरू।
  • अन्तर्निहित स्वास्थ्य समस्या भएका मानिसहरू।
  • हिस्प्यानिक र ल्याटिनो मानिसहरू।
  • कोभिड-19 बाट धेरै बिरामी वा अस्पतालमा भर्ना भएका व्यक्तिहरू।
  • कोभिड-19 विरुद्धको खोप नलगाएका मानिसहरू। 

स्वास्थ्य सेवासम्बन्धी असमानता झेलिरहेका मानिसहरूलाई लङ कोभिडका कारणले नकारात्मक स्वास्थ्य प्रभावहरू पर्ने उच्च जोखिम हुन सक्छ। स्वास्थ्य सेवासम्बन्धी असमानता तब हुन्छ जब प्रणालीगत (पूरै प्रणालीलाई असर गर्छ), रोक्न सकिने र अन्यायपूर्ण कारणहरूले गर्दा मानिसहरूले फरक-फरक स्वास्थ्य परिणामहरू भोग्नु पर्छ।

Assistant Secretary of Health (OASH, सहायक स्वास्थ्य सचिव) को कार्यालयका अनुसार स्वास्थ्य सेवामा कम पहुँच भएका समूहहरू वा स्वास्थ्य सेवा प्रणालीबाट कलङ्क (लज्जाबोध वा पश्चाताप्) अनुभव गर्ने समूहहरूले लङ कोभिडको निदान पाउने सम्भावना कम हुन सक्छ।

तपाईं यहाँ गएर OASH ले लङ कोभिडको निदान तथा उपचारमा देखिएका असमानताहरूलाई कसरी

सम्बोधन गर्दै छ भन्ने बारेमा थप पढ्न सक्नुहुन्छ।

लङ कोभिडको रोकथाम

तपाईं आफूलाई कोभिड-19 लाग्नबाट जोगाएर लङ कोभिडबाट बच्न सक्नुहुन्छ। कोभिड-19 विरुद्धको पूर्ण खोप लगाउनु नै कोभिड-19 बाट जोगिने सबैभन्दा उत्तम तरिका हो।

खोप नलगाएका मानिसहरूको तुलनामा खोप लगाएको भए पनि कोभिड-19 लाग्ने मानिसहरूलाई लङ कोभिड हुने सम्भावना कम हुन सक्छ।

तपाईंले कोभिड-19 सङ्क्रमण रोक्न प्रयोग गर्न सक्ने अन्य उपायहरूमा मास्क लगाउने,  हावाको प्रवाह र फिल्ट्रेसनमा सुधार गर्ने, बारम्बार साबुन र पानीले हात धुने, बारम्बार छोइने सतहहरू सफा गर्ने, शारीरिक दूरी कायम गर्ने र परीक्षण गर्ने कार्यहरू पर्दछन्।

तपाईंलाई कोभिड-19 भएको छ भने यी मार्गदर्शनहरू पालना गरी अरूलाई कोभिड-19 लाग्नबाट जोगाउनुहोस्।

आफूलाई लङ कोभिडबाट जोगाउने तरिका: खोप लगाउनुहोस्(अङ्ग्रेजी) (PDF)

कोभिड-19 विरुद्धको खोप लगाउनेबारे जानकारी प्राप्त गर्नुहोस्

लङ कोभिडको निदान

लङ कोभिड निदान गर्न गाह्रो हुन सक्छ। केही लक्षणहरू बुझ्न गाह्रो हुन सक्छ। हाल लङ कोभिडको लङ कोभिडको{1] निदान गर्ने कुनै पनि प्रयोगशाला परीक्षण वा इमेजिङ अध्ययनहरू छैनन्। कुनै बिरामीलाई लङ कोभिड भएको छ भने पनि चिकित्सकीय परीक्षणहरूको नतिजा सामान्य आउन सक्छ। लङ कोभिडका लक्षण तथा विशेषताहरू अन्य दीर्घकालीन स्वास्थ्य समस्याका लक्षण तथा विशेषताहरू जस्तै हुन सक्छन्।

लङ कोभिड भएको भनी बताएका केही मानिसहरूलाई कोभिड-19 का लक्षणहरू देखिएका थिएनन्। उनीहरूले आफूसुरुमा बिरामी हुँदा नै कोभिड-19 को परीक्षण गराएनन्। त्यसैले उनीहरूलाई कोभिड-19 भएको थियो कि थिएन भन्ने कुरा पुष्टि गर्न गाह्रो हुन्छ जसले गर्दा निदान गर्न झनै कठिन हुन्छ। तपाईंले आफू सुरुमा बिरामी हुँदै कोभिड-19 को परीक्षण गराउनुभयो भने पछि आवश्यक भएमा तपाईंलाई लङ कोभिडको निदान गराउन सजिलो हुन्छ।

लङ कोभिडसम्बन्धी स्वास्थ्य अपोइन्टमेन्टको चेकलिस्ट  (CDC) (अङ्ग्रेजी)

नयाँ र पहिलेदेखि नै विद्यमान स्वास्थ्य समस्याहरू

लङ कोभिडले थुप्रै अङ्ग प्रणालीमा असर गर्न सक्छ। बिरामीहरूमा निदान गर्न सकिने निम्नलगायतका एक वा सोभन्दा बढी स्वास्थ्य समस्याहरू देखिन सक्छन्: अटोइम्युन समस्याहरू र माइएल्जिक इन्सेफेलोमाइलाइटिस/दीर्घकालीन थकान सिन्ड्रोम (ME/CFS)

यसको अर्थ कोभिड-19 भएका मानिसहरूको शरीरमा मधुमेह वा मुटुसम्बन्धी समस्या जस्ता नयाँ स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छन्। कोभिड-19 भएपछि पहिलेदेखि नै रहेका मधुमेह र मुटुसम्बन्धी समस्या जस्ता स्वास्थ्य समस्याहरू झनै खराब पनि हुन सक्छन्।

लङ कोभिडसँग जीवन बिताउने

लङ कोभिडको निदान र उपचार कसरी गर्ने भन्ने बारेमा धेरै कुरा अझै पनि अज्ञात छ। लङ कोभिड हुँदा वा लङ कोभिड भएको कसैको हेरचाह गर्नु पर्दा के गर्ने र के नगर्ने भन्ने बारेमा तपाईं अलमल्ल पर्न सक्नुहुन्छ। लङ कोभिडका लक्षणहरू व्यक्तिपिच्छे फरक हुन सक्छन्। केही मानिसहरूका हकमा लक्षणहरू व्यवस्थापन गर्न सकिने खालका हुन्छन् भने केहीलाई यी लक्षणहरूका कारणले अशक्तता नै हुन्छ।

तपाईं एक्लै हुनुहुन्न भन्ने कुरा याद राख्नुहोस्। Centers for Disease Control and Prevention (CDC) का अनुसार लङ कोभिड भएका 4 जनामध्ये 1 जना वयस्कले लङ कोभिडका कारणले आफूलाई दैनिक क्रियाकलापहरू गर्न गाह्रो भएको बताउँछन्। सहायता समूहमा सामेल हुनुभयो भने एक्लोपनको अनुभूति कम हुन सक्छ।

थप जान्नुहोस्:

बन्दोबस्त मिलाइदिन अनुरोध गर्नुहोस्। बन्दोबस्त मिलाउनु भनेको कुनै व्यक्ति वा वस्तु अनुकूल परिवर्तन गर्नु हो। लक्षणहरूले मानिसहरूलाई उनीहरू बिरामी हुनुअघि गर्न सक्ने कामहरू गर्न गाह्रो वा असम्भव बनाउन सक्छन्। कार्यालय र विद्यालयले दिएका कार्यहरू व्यवस्थापन गर्न गाह्रो हुन सक्छ। रोजगारदाता र विद्यालयहरू तपाईंका लक्षणहरूका लागि उचित बन्दोबस्त मिलाउन जिम्मेवार हुन सक्छन्।

तल ‘लङ कोभिड र अशक्ततासम्बन्धी अधिकार’ हेर्नुहोस्।

थप जान्नुहोस्:

आफ्नो ऊर्जा व्यवस्थापन गर्नुहोस्। एउटा सामान्य लक्षण भनेको विशेष गरी मानसिक वा शारीरिक परिश्रमपछि प्रायः थकान महसुस गर्नु हो। आफ्नो ऊर्जा बचत गर्ने र दिनभर बारम्बार विश्राम लिनेबारे सचेत हुनुहोस्।

लङ कोभिड भएको व्यक्तिले आफ्नो ऊर्जा व्यवस्थापन गर्नका लागि अपनाउन सक्ने 4 वटा उपाय (4 P) का बारेमा यहाँ थप जान्नुहोस्: 120-066 - लङ कोभिड "4 P" पोस्टर - 8.5x11 - जुन 2023 (wa.gov) (अङ्ग्रेजी)

लङ कोभिड र अशक्ततासम्बन्धी अधिकार

लङ कोभिडले शारीरिक र मानसिक कमजोरी निम्त्याउन सक्छ। यो Americans with Disabilities Act (ADA, अशक्तता भएका अमेरिकीसम्बन्धी ऐन) अन्तर्गत अशक्तता हुन सक्छ। लङ कोभिड भएका मानिसहरू कानुनी रूपमा अशक्ततासम्बन्धी भेदभावबाट संरक्षित हुन सक्छन्। उनीहरू व्यवसाय, राज्य र स्थानीय सरकारहरूबाट उचित बन्दोबस्तको हकदार हुन सक्छन्।

ADA अन्तर्गत अपाङ्गता मानिने “लङ कोभिड” का बारेमा मार्गदर्शन (अङ्ग्रेजी)

लङ कोभिड र गर्भावस्था

गर्भवती वा भर्खरै गर्भवती भएका मानिसहरू कोभिड-19 बाट गम्भीर बिरामी हुने सम्भावना बढी हुन्छ। कोभिड-19 ले गर्भावस्था र गर्भमा हुर्किरहेको रहेको बच्चालाई असर पार्ने जटिलताहरू निम्त्याउन सक्छ। गर्भवती वा स्तनपान गराइरहेका मानिसहरूले कोभिड-19 विरुद्धको खोप लगाउनु सुरक्षित हुन्छ र खोप लगाउन सिफारिस पनि गरिन्छ।

गर्भवती महिलाहरूलाई पनि लङ कोभिड हुन सक्छ। गर्भावस्थाको समयमा र त्यसपछि लङ कोभिडका प्रभावहरूका बारेमा अझै पनि अध्ययन भइरहेको छ।

लङ कोभिड र युवा

युवा पनि लङ कोभिडबाट बिरामी पर्न सक्छन्। प्रायः थकान महसुस गर्ने वा ध्यान केन्द्रित गर्न गाह्रो हुने युवाहरूलाई विद्यालय र अन्य गतिविधिहरूमा भाग लिन कठिन हुन सक्छ। कम उमेरका बालबालिकाहरू आफ्ना लक्षणहरूका बारेमा राम्रोसँग वर्णन गर्न असक्षम हुन सक्छन्।

लङ कोभिड भएका बालबालिकाहरू दुई वटा सङ्घीय कानुनअन्तर्गत विशेष शिक्षा, संरक्षण वा सम्बन्धित सेवाहरू प्राप्त गर्न योग्य हुन सक्छन्।

वाले कोभिड-19 विरुद्धको खोप लगाउनु नै युवामा लङ कोभिड हुन नदिने सबैभन्दा राम्रो उपाय हो। यहाँ गएर कोभिड-19 विरुद्धका खोपहरूका बारेमा थप जान्नुहोस्।

समुदायका लागि स्रोतसाधनहरू

चिकित्सक तथा जनस्वास्थका लागि स्रोतसाधनहरू

साझेदारहरूका लागि स्रोतसाधनहरू