Care Connect Washington कोभिड-19 को परीक्षणमा पोजिटिभ नतिजा आएका वा सङ्क्रमितसँग सम्पर्कमा आएका र घरमा क्वारेन्टाइन वा आइसोलेसनमा बस्नका निम्ति सहायता आवश्यक भएका मानिसहरूका लागि खाना र अन्य आवश्यकताहरू उपलब्ध गराउन तयार पारिएको कार्यक्रम हो । यस राज्यको Department of Health (स्वास्थ्य विभाग) ले स्थानीय स्वास्थ्य निकाय र तिनका साझेदारहरूसँग सहकार्य गरी क्षेत्रगत रूपमा Care Connect Washington कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रत्येक क्षेत्रले समुदायमा आधारित साझेदारहरूसँग सहकार्य गरी मानिसहरूलाई उनीहरू जुन-जुन सेवा पाउन योग्य छन्, ती सेवासँग जोड्ने छन्, जस्तै औषधि पुर्याइदिने सेवा, स्वास्थ्य सेवा, बेरोजगारी भत्ताका लागि आवेदन दिन सहयोग गर्ने, आवाससम्बन्धी स्थानीय निकायहरू, खाद्य बैंक, बाल स्याहार सेवा प्रदायक र यस्तै अन्य सेवाहरू । आवश्यकताका आधारमा मद्दत गरिन्छ ।
घरमा आइसोलेसन वा क्वारेन्टाइनमा बसेका मानिसहरूलाई घरभित्रै बसिरहन मद्दत गर्नका लागि Care Connect Washington ले व्यक्तिगत स्याहार सामग्री र लामो समयसम्म भण्डारण गरेर राख्न मिल्ने खाद्य सामग्री उपलब्ध गराएर तथा ताजा खानेकुरा घरमै डेलिभर गर्ने सेवा प्रदान गर्दछ । बिल तिर्नका लागि आर्थिक सहायता लगायत अन्य जरुरी आवश्यकताहरू भएका खण्डमा स्थानीय सेवा संयोजकले ती मानिसहरूलाई उनीहरूको योग्यताका आधारमा स्थानीय स्रोतसाधन वा सेवाहरूका लागि आवेदन दिन मद्दत गर्नुहुन्छ वा उनीहरूलाई घर भाडा, धितो ऋण र पानी, बिजुली र ग्यास लगायतका अत्यावश्यक सेवाहरूको बिल भुक्तानी गर्न प्रत्यक्ष रूपमा सहायता गर्नुहुन्छ । मानिसहरूको आइसोलेसन वा क्वारेन्टाइन अवधि समाप्त भएपछि पनि उनीहरूले आवश्यक स्वास्थ्य तथा सामाजिक सहायता प्राप्त गरिराख्न सकून् भन्नका लागि उक्त सेवा संयोजकले उनीहरूलाई स्थानीय रूपमा उपलब्ध दीर्घकालीन सेवाहरू प्राप्त गर्नमा मद्दत गर्न सक्नुहुन्छ । Care Connect Washington ले मानिसहरूलाई उनीहरूले रोजेको भाषामा आवश्यक जानकारी उपलब्ध गर्दछ ।
यदि तपाईंको कोभिड-19 को परीक्षणमा नतिजा पोजिटिभ आएको छ र तपाईंलाई घरमा आइसोलेसनमा बस्नका लागि खाना वा अन्य कुरामा सहयोग आवश्यक भएमा, कोभिड-19 जानकारी हटलाइन -1-800-525-0127 मा कल गर्नुहोस्, त्यसपछि # थिच्नुहोस् । भाषासम्बन्धी सहयोग उपलब्ध छ । हटलाइन सेवा खुला रहने समय:
- सोमवार बिहान 6 बजेदेखि राति 10 बजेसम्म
- मङ्गलवारदेखि शनिवार र राज्यमा मनाइने बिदाका दिनहरू (यो वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ) मा बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म

कोभिड-19 सम्बन्धी राहतका लागि क्षेत्रीय रणनीति
यस राज्यको Department of Health ले स्थानीय स्वास्थ्य निकाय र तिनका साझेदारहरूसँग सहकार्य गरी क्षेत्रगत रूपमा Care Connect Washington कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रत्येक क्षेत्रले मानिसहरूलाई उनीहरूले पाउन योग्य सेवासँग जोड्न समुदायमा आधारित साझेदारहरूसँग सहकार्य गर्छन्, जस्तै औषधि पुर्याइदिने, स्वास्थ्य सेवा, बेरोजगारी, स्थानीय आवास एजेन्सी, खाद्य बैंक, बाल हेरचाह प्रदायकहरू र यस्तै थप कार्यका लागि आवेदन दिन मद्दत गर्ने्।
सेवाहरू कहाँ उपलब्ध हुन्छन्?
घरमै आइसोलेसन वा क्वारेन्टाइनमा बस्न सहमत तर त्यसो गर्नका लागि सहयोग आवश्यक मानिसहरूका लागि राज्यका अधिकांश क्षेत्रमा Care Connect Washington का सेवाहरू उपलब्ध छन् ।
पूर्वी क्षेत्र
Adams, Ferry, Lincoln, Pend Oreille, Spokane र Stevens काउन्टीका लागि Better Health Together (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Care Connect Washington हबको रूपमा सेवा गर्छ ।
King County
King County मा Department of Health (DOH, स्वास्थ्य विभाग) ले Care Connect Washington हबका रूपमा सेवा गर्दछ र WithinReach (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले हेरचाह समन्वय सेवाहरू उपलब्ध गर्दछ ।
उत्तरी मध्य भूभागीय क्षेत्र
DOH ले हाल यस क्षेत्रका लागि सेवाहरू समन्वय गरिरहेको छ । अप्रिल 1, 2022 देखि लागू हुने गरी Chelan, Douglas, Grant र Okanogan काउन्टीका लागि Action Health Partners (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Care Connect Washington हबको रूपमा सेवा दिनेछ ।
उत्तरी क्षेत्र
Island, San Juan, Skagit, Snohomish र Whatcom काउन्टीका लागि North Sound Accountable Community of Health (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Care Connect Washington हबको रूपमा सेवा दिन्छ ।
उत्तरी पश्चिमी क्षेत्र
हाल Clallam County मा उपलब्ध सेवाहरू सहित यस क्षेत्रका लागि DOH ले सेवाहरू समन्वय गरिरहेको छ ।
Pierce County
Pierce County का लागि Elevate Health (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Care Connect Washington हबको रूपमा सेवा दिन्छ ।
दक्षिणी मध्य भूभागीय क्षेत्र
Kittitas, Walla Walla, Whitman, Columbia, Garfield, Asotin, Yakima, Benton र Franklin काउन्टीका लागि Providence St. Mary (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Care Connect Washington हबको रूपमा सेवा दिन्छ ।
दक्षिण-पश्चिमी क्षेत्र
Clark, Klickitat र Skamania काउन्टीका लागि Southwest Washington Accountable Community of Health (SWACH) (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Care Connect Washington हबको रूपमा सेवा दिन्छ ।
पश्चिमी क्षेत्र
Cowlitz, Wahkiakum, Pacific, Grays Harbor, Mason, Thurston र Lewis काउन्टीका लागि Cascade Pacific Action Alliance को Community CarePort (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Care Connect Washington हबको रूपमा सेवा दिन्छ ।
बारम्बार सोधिने प्रश्नहरू
- के मेरा लागि Care Connect Washington का सेवाहरू उपलब्ध छन् ?
-
तपाईंले कोभिड-19 परीक्षण गराउँदा पोजिटिभ नतिजा आयो र घरमा सक्रिय ढङ्गले आइसोलेसनमा बसिरहनुभएको भएमा तपाईं सेवाहरू प्राप्त गर्न योग्य हुनुहुन्छ । तपाईं परीक्षणमा पोजेटिभ नतिजा आएको कोही व्यक्तिसँग नजिकको सम्पर्कमा आउनुभएको छ र घरमा क्वारेन्टाइनमा बसिरहनुभएको भएमा पनि तपाईं योग्य हुन सक्नुहुन्छ ।
प्रान्तीय कोभिड-19 जानकारी हटलाइन 1-800-525-0127 मा कल गर्नुहोस्, त्यसपछि # थिच्नुहोस् । भाषासम्बन्धी सहयोग उपलब्ध छ ।
- सोमवार बिहान 6 बजेदेखि राति 10 बजेसम्म
- मङ्गलवारदेखि शनिवार र राज्यमा मनाइने बिदाका दिनहरूमा बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म
स्थानीय सेवा संयोजकले आइसोलेसन अवधिमा तपाईंका आवश्यकताहरू पूरा गर्ने प्रयोजनका लागि तपाईंसँग मिलेर सेवा योजना बनाउन तपाईंलाई सम्पर्क गर्नुहुने छ । तपाईंको आइसोलेसन अवधि समाप्त भएपछि तपाईंलाई दीर्घकालीन सेवाहरू आवश्यक भएमा तपाईंको सेवा संयोजकले तपाईंलाई ती सेवाहरू प्राप्त गर्न मद्दत गर्नुहुने छ ।
- म के कस्ता सहायता प्राप्त गर्न सक्छु?
-
तपाईंको स्थानीय सेवा संयोजकले तपाईं घरमा आइसोलेसन वा क्वारेन्टाइनमा बसेका बेला तपाईंलाई सहायता गर्न स्थानीय रूपमा उपलब्ध स्रोतसाधनहरू पहिचान गर्नुहुने छ । तपाईं घरमा आइसोलेसन वा क्वारेन्टाइनमा बसेका बेला स्थानीय स्रोतसाधनहरू उपलब्ध नभएका खण्डमा उनीहरूले तपाईंलाई भाडा, धितो र उपयोगिता बिलहरू सहित खाना, आपूर्ति र आर्थिक सहायता उपलब्ध गराएर पनि तपाईंलाई सहायता गर्ने छन् । तपाईंका सेवा संयोजकले तपाईंलाई घरमै औषधि पुर्याइदिने सेवा, स्वास्थ्य सेवा, बेरोजगारी भत्ता प्राप्त गर्नका लागि आवेदन दिन सहयोग गर्ने लगायतका अन्य आवश्यक सेवाहरू प्राप्त गर्न पनि मद्दत गर्न सक्नुहुन्छ । अन्य सेवाहरूमा आवाससम्बन्धी स्थानीय निकाय, खाद्य बैंक, स्वास्थ्य सेवा केन्द्र, ज्येष्ठ नागरिकको स्याहार, व्यवहारसम्बन्धी स्वास्थ्य सेवा प्रदायक, बाल स्याहार सेवा प्रदायक र समुदाय स्तरमा उपलब्ध सांस्कृतिक रूपमा उपयुक्त अन्य सेवाहरू पर्दछन् । सेवाहरू क्षेत्र अनुसार फरक-फरक हुन सक्छन् । आइसोलेसन वा क्वारेन्टाइन अवधि समाप्त भएपछि, तपाईंको सेवा संयोजकले तपाईंलाई निरन्तर आवश्यकताहरूमा सहायता गर्न दीर्घकालीन क्षेत्रीय सेवाहरूमा जोड्न सक्नुहुने छ । Care Connect Washington ले तपाईंलाई तपाईंले रोजेको भाषामा आवश्यक जानकारी उपलब्ध गर्ने छ ।
- म Care Connect Washington का सेवाहरू प्राप्त गर्न योग्य छु ?
-
निम्न अवस्थामा तपाईं सेवाहरू प्राप्त गर्न योग्य हुनुहुने छ:
- तपाईंले कोभिड-19 को परीक्षण गराउँदा पोजिटिभ नतिजा आयो वा तपाईं सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा आउनुभयो; र
- तपाईं घरमा सक्रिय ढङ्गले आइसोलेसन वा क्वारेन्टाइनमा बसिरहनुभएको छ ।
योग्यताका मापदण्ड पूरा गर्ने मानिसहरूका लागि Care Connect Washington का सेवाहरू निःशुल्क रूपमा उपलब्ध छन् । आवश्यकताका आधारमा मद्दत उपलब्ध गराइने छ ।
- Care Connect Washington का सेवाहरू कहाँ-कहाँ उपलब्ध छन् ?
-
यस राज्यको Department of Health स्थानीय स्वास्थ्य निकाय र तिनका साझेदारहरूसँग सहकार्य गरी क्षेत्रगत रूपमा Care Connect Washington कार्यक्रम सञ्चालन गरिरहेको छ । तलको नक्सामा हाल यी सेवाहरू उपलब्ध हुने ठाउँहरू देखाइएको छ:
- यो सेवाका लागि कति शुल्क लाग्छ ?
-
यो सेवा बापत तपाईंलाई कुनै शुल्क लिइने छैन । Care Connect Washington ले वासिङ्टन राज्यमा कोभिड-19 विरुद्ध प्रतिकार्यका लागि संघीय तहबाट आर्थिक सहयोग प्राप्त गरेको छ ।
- मैले सहायता प्राप्त गर्न कति समय लाग्छ ?
-
तपाईंका क्षेत्रीय सेवा संयोजकले रिफेरल प्राप्त गरेको मितिबाट एक दिनभित्र सहायता प्रदान गर्ने सक्दो प्रयास गर्नुहुने छ ।
- मैले सहायता प्राप्त गरिरहँदा म आइसोलेसन वा क्वारेन्टाइनमा नै बसिरहनु पर्छ ?
-
पर्छ । आइसोलेसन र क्वारेन्टाइन भनेका हाम्रा छिमेकी, साथीभाइ, परिवार र सहकर्मीहरूलाई कोभिड-19 फेलिन नदिने र यस रोगले हाम्रो समुदायमा पार्ने प्रतिकूल प्रभावलाई कम गर्ने सुरक्षाका महत्त्वपूर्ण उपायहरू हुन् । तपाईंको आइसोलेसन वा क्वारेन्टाइन अवधि समाप्त भएपछि पनि तपाईंलाई सहायता आवश्यक भएमा तपाईंका क्षेत्रीय सेवा संयोजकले तपाईंलाई स्वास्थ्य तथा सामाजिक सहायतासम्बन्धी दीर्घकालीन सेवाहरू प्राप्त गर्न मद्दत गर्न सक्नुहुन्छ ।
- आइसोलेसन र क्वारेन्टाइन बीच के भिन्नता छ ?
-
आइसोलेसन: तपाईंलाई कोभिड-19 को परीक्षण गराउँदा पोजिटिभ देखियो, तपाईंमा लक्षणहरू देखिए वा परीक्षणको नतिजा पर्खिरहनुभएको छ भने यो रोग फैलन नदिन तपाईं आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।
- घरमै बस्नुहोस् र परिवारका सदस्यहरू लगायत अरू मानिसको नजिक नजानुहोस् ।
- अलग कोठामा बस्नुहोस् र सम्भव भएमा छुट्टै शैचालय प्रयोग गर्नुहोस् ।
- तपाईं अन्य मानिसहरूको वरिपरि रहनैपर्ने भएमा नाक, मुख र चिउँडो छोपिने खालको मास्क (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) लगाउनुहोस् ।
- काम गर्न, विद्यालय वा सार्वजनिक स्थानहरूमा नजानुहोस् । सार्वजनिक यातायात, राइड सेयरिङ वा ट्याक्सीहरू प्रयोग नगर्नुहोस् ।
- चिकित्सा सेवा प्राप्त गर्दा बाहेक अरू बेला घरमै बस्नुहोस् ।
- तपाईं कति समयसम्म आइसोलेसनमा बस्नुपर्छ भन्ने सम्बन्धमा Centers for Disease Control and Prevention (CDC, रोग नियत्रण तथा रोकथाम केन्द्र) (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) र Department of Health (DOH, स्वास्थ्य विभाग) (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले जारी गरेका पछिल्लो मार्गदर्शन (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) को पालना गर्नुहोस् ।
क्वारेन्टाइन: तपाईं कोभिड-19 सङ्क्रमितको सम्पर्कमा आउनुभएको छ तर तपाईंमा लक्षणहरू देखिएको छैन भने तपाईं आफ्नो खोप स्थितिमा निर्भर रहेर क्वारेन्टाइनमा बस्नुपर्ने हुन सक्छ । यसले तपाई बिरामी हुनुहुन्छ भन्ने थाहा हुनु अघि नै भाइरस फैलाउनबाट जोगाउँछ।
तपाईं कति समयसम्म क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने सम्बन्धमा CDC (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) र DOH (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले जारी गरेको पछिल्लो मार्गदर्शन (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) को पालना गर्नुहोस् ।
- ममा देखिएका कोभिड-19 का लक्षणहरू झनै खराब हुँदै गएमा मैले के गर्नुपर्छ ?
-
तपाईंका लक्षणहरू झनै खराब हुँदै गएमा तुरुन्तै चिकित्सा मद्दत लिनुहोस् । कसैमा निम्नमध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै चिकित्सा सहायता लिनुपर्छ:
- सास फेर्न गाह्रो भएमा
- छाती लगातार दुखेमा वा छातीमा दबाव महसुस भएमा
- भ्रमित (अलमल) महसुस हुन सुरु भएमा
- ब्युँझन वा जागा बस्न नसकेमा
- ओठ वा अनुहार नीलो भएमा
*यो पूर्ण सूची होइन । तपाईंमा अन्य जटिल वा चिन्तित पार्ने खालका लक्षणहरू देखिएमा कृपया आफ्ना चिकित्सा सेवा प्रदायकलाई फोन गर्नुहोस् ।
तपाईंलाई चिकित्कीय आपत्कालीन अवस्था आएमा र 911 मा फोन गर्नैपर्ने भएमा, तपाईंलाई कोभिड-19 देखिएको वा भएको हुन् सक्छ भन्ने लागेमा डिस्प्याचरलाई बताउनुहोस् । सम्भव भएमा, आपत्कालीन चिकित्सा सेवाका कर्मचारीहरू आइपुग्नुअघि फेस कभरिङ लगाउनुहोस् ।
- म Care Connect Washington का सेवाहरू कहिलेसम्म प्राप्त गर्न सक्छु ?
-
तपाईंका क्षेत्रीय सेवा संयोजकले तपाईंलाई 21 दिनसम्म मद्दत गर्नुहुने छ । केही निश्चित अवस्थाहरूमा तपाईंका सेवा संयोजकले तपाईंलाई स्वास्थ्य तथा सामाजिक सहायतासम्बन्धी दीर्घकालीन सेवाहरू उपलब्ध गराउन मद्दत गर्न सक्नुहुन्छ ।
- Care Connect Washington ले कसरी काम गर्छ ?
-
Care Connect Washington स्थानीय तवरमा केन्द्रित रणनीति अपनाएर संयोजित सेवा प्रदान गर्ने उद्देश्यले राज्यको सहयोगमा सञ्चालित कार्यक्रम हो ।
Washington State Department of Health ले क्षेत्रीय सेवा संयोजन प्रतिकार्यको व्यवस्थापन गर्दछ, कर्मचारी भर्ना तथा प्रशिक्षण दिनमा मद्दत गर्छ, राज्यव्यापी तथा स्थानीय स्रोतसाधनहरूलाई जोड्छ र कोष रकम तथा प्राविधिक पूर्वाधार लगायत साझा स्रोतसाधनहरूको व्यवस्थापन गरेर अनुकूल परिणामहरू हासिल गर्दछ ।
मानिसहरूलाई सहायता उपलब्ध गराउन र उनीहरूलाई सफलतापूर्वक आइसोलेसन र क्वारेन्टाइनमा बस्न सघाउनका निम्ति स्थानीय रूपमा उपलब्ध स्रोतसाधनहरूसँग जोड्न प्रत्येक क्षेत्रले समुदायमा आधारित जनशक्ति पहिचान तथा परिचालन गर्दछन् । प्रत्येक क्षेत्रले स्थानीय विक्रेताहरूसँग सहकार्य गरेर आवश्यक सामग्री तथा सेवाहरू उपलब्ध गराउँछ । यसले स्थानीय अर्थतन्त्र उकास्न पनि मद्दत गर्छ ।
प्रत्येक व्यक्तिको पृथक स्वास्थ्य तथा सामाजिक आवश्यकताहरू निर्धारण गरी सहायता प्रदान गर्न तथा ती व्यक्तिका आवश्यकताहरूको अभिलेख राख्न र कोभिड सेवासम्बन्धी कार्य योजना बनाउन सेवा संयोजकहरू नियुक्त गरिएको हुन्छ । यस कार्यक्रमले सम्भव भएसम्म मानिसहरूलाई उनीहरूले रोजेको भाषामा उपलब्ध स्रोतसाधनहरूसँग जोड्छ र उनीहरूले आवश्यक सहायता प्राप्त गर्ने कुरा सुनिश्चित गर्न यस प्रक्रिया अवधिभर उनीहरूको सम्पर्कमा रहन्छ ।
- मेरो विवरण कसरी सुरक्षित राखिन्छ ?
-
तपाईंका सेवा संयोजकले कोभिड-19 जानकारी हटलाइनबाट प्राप्त जानकारलाईी पुष्टि गर्नुहुने छ र तपाईंका आवश्यकताहरूका बारेमा सोध्नुहुने छ । तपाईंले आफ्नो सेवा संयोजकसँग साझा गर्ने सबै विवरण गोप्य राखिन्छ । सेवा संयोजन गर्ने कर्मचारीहरू र Department of Health ले तपाईंलाई के कस्ता अत्यावश्यक सेवाहरू आवश्यक हुन सक्छ भन्ने पहिचान गर्नका निम्ति उक्त जानकारी प्रयोग गर्ने छन् । उनीहरूले व्यक्तिगत वा निजी स्वास्थ्य विवरण अरूलाई प्रदान गर्ने छैनन् ।
- Care Connect Washington ले कसरी कोभिड-19 फैलन दिँदैन ?
-
अत्यावश्यक सामाजिक र स्वास्थ्य आवश्यकताहरू पूरा गर्न मद्दत प्राप्त गरेका मानिसहरूले सफलतापूर्वक घरमा आइसोलेसन र क्वारेन्टाइन पूरा गर्ने सम्भावना बढी हुन्छ। कोभिड-19 को परीक्षण गराउँदा पोजिटिभ देखिएका वा परीक्षणमा पोजिटिभ देखिएका अन्य व्यक्तिको सम्पर्कमा आएका मानिसहरू घरमा आइसोलेसन वा क्वारेन्टाइनमा बस्ने कुरा सुनिश्चित गरेर Care Connect Washington ले कोभिड-19 को सङ्क्रमण रोक्न र अर्थतन्त्रमा टेवा पुर्याउन सक्छ । यो प्रणाली कोभिड-19 सङ्क्रमणको सबैभन्दा उच्च जोखिम निम्त्याउने स्वास्थ्य तथा सामाजिक आवश्यकताहरू भएका मानिसहरूमा केन्द्रित भएकाले यसले स्वास्थ्य प्रणालीमा विद्यमान असमानतालाई सम्बोधन गर्न तथा कोभिड-19 बाट तुलनात्मक रूपमा बढी प्रभावित हुने समुदायहरूलाई सहयोग पुर्याउन सक्छ ।
- मैले चिनेको कोही व्यक्तिलाई Care Connect Washington बाट सहायता आवश्यक भएमा मैले कसलाई सम्पर्क गर्ने ?
-
तपाईं वा तपाईंले चिनेका कोही व्यक्ति सक्रिय ढङ्गले घरमै आइसोलेसन वा क्वारेन्टाइनमा बसिरहेका छन् र उहाँलाई सहायता आवश्यक भएमा प्रान्तीय कोभिड-19 जानकारी हटलाइन सम्पर्क गर्नुहोस् ।
प्रान्तीय कोभिड-19 जानकारी हटलाइन 1-800-525-0127 डायल गर्नुहोस्, त्यसपछि # थिच्नुहोस् । भाषासम्बन्धी सहायता उपलब्ध छ ।
- सोमवार बिहान 6 बजेदेखि राति 10 बजेसम्म
- मङ्गलवारदेखि शनिवार र राज्यमा मनाइने बिदाका दिनहरूमा बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म
- Care Connect Washington ले व्यवहारजन्य स्वास्थ्य सेवाहरू समावेश गर्छ ?
-
गर्छ ! तपाईंका सेवा संयोजकले तपाईंलाई समुदायमा व्यवहारजन्य स्वास्थ्य सेवाहरू प्राप्त गर्न मद्दत गर्न सक्नुहुन्छ ।
- Tribal Nation (ट्राइबल नेसन) का सदस्यहरूका लागि सेवा संयोजन सहायता उपलब्ध छ ?
-
छ । यस बारेमा थप बुझ्नका लागि COVID19.CareCoordination@doh.wa.gov मा इमेल पठाउनुहोस् वा 564-999-1565 मा कल गर्नुहोस् ।
- दोभाषे सेवा उपलब्ध छ ?
-
छ । तपाईंले प्रान्तीय कोभिड-19 जानकारी हटलाइन नम्बर 1-800-525-0127 मा कल गरेर, # थिच्नुभएपछि भाषा सहायता उपलब्ध हुन्छ ।
तपाईंको कुनै सेवा संयोजकसँग सम्पर्क भइसकेपछि, Care Connect Washington ले तपाईंलाई तपाईंले रोजेको भाषामा आवश्यक जानकारी उपलब्ध गर्ने छ ।
स्रोतसाधनहरू
स्रोतसाधन तथा सिफारिसहरू सम्बन्धी वेबपेज: कपडाले बनेका फेस कभरिङ, क्वारेन्टाइन, परिवारजनको रेखदेख, कोभिड-19 को सङ्क्रमण, लक्षण र अन्य कुराहरूका बारेमा जानकारी प्राप्त गर्नुहोस् । तपाईं आफ्नो रोजाइको भाषाका सामग्रीहरू छान्न सक्नुहुन्छ ।