COVID-19 का लागि आइसोलेसन र क्वारेन्टाइन :: वाशिङ्गटन राज्य, स्वास्थ्य विभाग (अङ्ग्रेजी मात्र)
आफ्नो आइसोलेसन वा क्वारेन्टाइनको अवधि कसरी गणना गर्ने भन्ने बारेमा जान्न कृपया तल हेर्नुहोस्। आइसोलेसनको अवधिमा के गर्ने भन्ने बारेमा थप जानकारीका लागि, कृपया तपाईंको COVID-19 परीक्षण पोजेटिभ देखिएमा के गर्ने (PDF) हेर्नुहोस्। तपाईं COVID-19 भएको कोही व्यक्तिको नजिकको सम्पर्कमा आउनुभएको छ भने के गर्ने भन्ने बारेमा थप जानकारीका लागि, कृपया तपाईं COVID-19 भएको कोही व्यक्तिसँग सम्भावित सम्पर्कमा आउनुभएको भएमा के गर्ने (PDF) हेर्नुहोस्।
तपाईंको प्रतिरक्षा प्रणाली कमजोर भएको छ वा COVID-19 बाट गम्भीर रूपमा बिमारी हुनुहुनुहुन्थ्यो भने गू नहुने सम्भावना लागू नहुन सक्छन्।हुन्छ। कृपया थप जानकारीका लागि कृपया तपाईंको COVID-19 परीक्षण पोजेटिभ देखिएमा के गर्ने (PDF) हेर्नुहोस्।
तपाईं उच्च-जोखिम भएको ठाउँमा बस्दै वा कार्य गर्दै हुनुहुन्छ भने यी क्याल्कुलेटरहरू तपाईंको अवस्थामा लागू नहुन सक्छन्। उच्च-जोखिमका ठाउँहरूमा निम्न पर्छन्ः स्वास्थ्य स्याहार सुविधास्थल, सुधारात्मक सुविधास्थल, कारावास सुविधा, घरबारविहीनका आश्रयस्थल, पारागमन आवास, व्यावसायिक समुद्री स्थान (उदाहरण, व्यावसायिक समुद्री खानाको भेसल, कार्गो सिप, क्रुज सिप), अस्थायी कर्मचारी आवास वा कार्यको प्रकृतिका कारणले भौतिक दुरी राख्न सम्भव नहुने भिडभाड हुने कार्यस्थलहरू (उदाहरण, गोदाम, फ्याक्ट्री र खाना प्याकेजिङ र मासु प्रशोधन गर्ने सुविधास्थलहरू)। कृपया आफ्नो आइसोलेसनको अवधिको बारेमा जानकारीका लागि तपाईंको COVID-19 परीक्षण पोजेटिभ देखिएमा के गर्ने (PDF) हेर्नुहोस् र क्वारेन्टाइनको अवधिको बारेमा जानकारीका लागि तपाईं COVID-19 भएको कोही व्यक्तिसँग सम्भावित सम्पर्कमा आउनुभएको भएमा के गर्ने (PDF) हेर्नुहोस्।