कोभिड-19

This page is being reviewed for updates. The Washington State Department of Health has updated its guidance for what to do if you are sick with COVID-19 or were exposed to COVID-19. This page may have content that is inconsistent with the new guidance.

कोभिड-19 सम्बन्धी जानकारी प्रदान गरिने हटलाइन

तपाईंसँग कोभिड-19 का बारेमा प्रश्नहरू छन् भने 1-800-525-0127 मा फोन गर्नुहोस् र 7 थिच्नुहोस् । उनीहरूले फोन उठाएपछि तपाईं जुन भाषाको दोभासे सेवा प्राप्त गर्न चाहनुहुन्छ उक्त भाषाको नाम भन्नुहोस् । यो हटलाइन सेवा सोमवार बिहान 6 बजेदेखि राति 10 बजेसम्म र मङ्गलवारदेखि बुधवार (र बिदाका दिनमा) बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म उपलब्ध छ ।

तपाईं कोभिड-19 विरुद्धको खोप लगाउन चाहनुहुन्छ तर घरबाट निस्कन सक्नुहुन्न ?

तपाईं 3 तरिकाले आफ्नो नाम दर्ता गर्न सक्नुहुन्छ

टेक केयर, WA - COVID-19 महामारीको समयमा बृहत्तर र सुरक्षित जीवन यापन

अब हामीलाई थाहा भइसकेको छ, COVID-19 निकट भविष्यमा रहिरहने छ । आफू, प्रियजन र समुदायलाई सकेसम्म सुरक्षित राख्दै आफ्नो जीवन कसरी जिउने भनेर बुझ्नु महत्त्वपूर्ण हुन्छ । हामी त्यो कसरी गर्न सक्छौँ ? हामीले अहिलेसम्म सिकेका सबै उपायहरू प्रयोग गरेर: खोप र बुस्टर लगाउने, परीक्षण गराउने र बिरामी भएमा वा सङ्क्रमितको निकट सम्पर्कमा आएमा घरमै बस्ने, भीडमा हुँदा मास्क लगाउने र हाम्रो दूरी कायम गर्ने ।

हामीले हाम्रो समुदायमा COVID-19 सँगसँगै जीवनको नयाँ चरणमा प्रवेश गर्दैगर्दा तपाईंले जान्नुपर्ने कुराहरू यहाँ दिइएका छन् ।

कदम चाल्नुहोस्, ख्याल राख्नुहोस्

Decorative

खोप र बुस्टर लगाउनुहोस्

COVID-19 विरुद्धका खोप र बुस्टरहरू सङ्क्रमण र गम्भीर रोगहरू विरुद्ध रक्षा गर्ने सर्वोत्तम उपाय हुन् ।

थप जानकारी लिनुहोस्

Decorative

कहिले परीक्षण गराउने भनी थाहा पाउनुहोस्

यदि तपाईंलाई बिरामी महसुस भइरहेको छ, भेलामा उपस्थित हुनुभएको छ वा COVID-19 को सम्पर्कमा आउनुभएको छ भने परीक्षण गराएर COVID-19 फैलाउने जोखिम कम गर्नुहोस् ।

थप जानकारी लिनुहोस्

Decorative

मास्क लगाउनुहोस्

मास्क लगाउनाले COVID-19 फैलने गतिलाई कम गर्ने कुरा प्रमाणित भएको छ र केही सेटिङहरूमा अझै पनि मास्क लगाउनु अनिवार्य छ ।

थप जानकारी लिनुहोस्

 

अहिले तपाईंलाई COVID-19 सङ्क्रमण भएको छ भने

पछिल्ला दिशानिर्देशहरू हेर्नुहोस्

घरमै बस्नुहोस् र अरू मानिसहरूबाट टाढा रहनुहोस् र आइसोलेसन सम्बन्धी पछिल्ला दिशानिर्देशहरू पालना गर्नुहोस् ।

थप जानकारी लिनुहोस्

उपचार गराउनुहोस्

तपाईंका उपचारका विकल्पहरूको बारेमा बुझ्न आफ्नो स्वास्थ्यसेवा प्रदायकलाई सम्पर्क गर्नुहोस् ।

थप जानकारी लिनुहोस्

स्वास्थ्यलाभ गर्न सहायता लिनुहोस्

तपाईं COVID-19 रोगबाट निको हुँदै गर्दा खाना र औषधि डेलिभरी, बाल स्याहार तथा अन्य सेवाहरू प्राप्त गर्नुहोस् ।

थप जानकारी लिनुहोस्

लङ COVID

COVID-19 रोग लागेका मानिसहरूमा सङ्क्रमण भएको हप्तादेखि वर्षौंसम्म लक्षणहरू देखा पर्न सक्छन् । COVID-19 सङ्क्रमण हुन नदिएर लङ COVID को रोकथाम गर्नुहोस् ।

थप जानकारी लिनुहोस्

अतिरिक्त जानकारी

COVID-19 का लक्षण, सङ्केत र रोकथामका उपायहरू

COVID-19 का लक्षणहरू निम्नानुसार छन्:

  • खोकी लाग्ने, स्वाँस्वाँ हुने वा सास फेर्न गाह्रो हुने, ज्वरो आउने, काम छुट्ने, मांसपेशी दुख्ने, घाँटी दुख्ने, स्वाद वा गन्ध थाहा पाउने क्षमता गुमाउने । वाकवाकी लाग्ने, वान्ता हुने वा पखाला लाग्ने जस्ता अरूभन्दा कम देखिने लक्षणहरू ।
  • तपाईंले COVID-19 का निम्न आपत्कालीन लक्षणहरू देख्नुभएका 911 मा फोन गर्नुहोस्:
    • सास फेर्न गाह्रो हुने
    • लगातार छाती दुख्ने वा चाप महसुस भएमा
    • अचानक भ्रमित महसुस भएमा
    • ब्युँझन वा जागा बस्न नसकेमा
    • छालाको रङको आधारमा छाला, ओठ वा नङ पहेँलो, खरानी रङको वा नीलो भएमा
  • कुन कुन समूहका मानिसहरू जोखिममा छन् ?
    • बढी उमेरका वयस्क व्यक्ति, अन्तर्निहित स्वास्थ्य समस्या भएका कुनै पनि उमेरका व्यक्ति र गर्भवती महिलाहरू COVID-19 बाट सिकिस्त बिरामी पर्ने उच्च जोखिममा हुन्छन् ।

म आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित राख्न सक्छु ?

  • योग्य भएपछि खोप र बुस्टर डोजहरू लगाउनुहोस् ।
  • तपाईं बिरामी हुनुभयो भने घरमै बस्नुहोस् ।
  • भीडभाडयुक्त स्थानमा रहँदा मास्क लगाउनुहोस् र अरूदेखि 6 फिट (2 मिटर) को भौतिक दूरी कायम गर्नुहोस् ।
  • भीडभाड र हावा राम्ररी प्रवाह नहुने ठाउँमा नजानुहोस् ।
  • बारम्बार हात धुनुहोस् र ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुहोस् ।
  • खोक्दा र हाच्छिउँ गर्दा कुहिनो वा टिस्युले नाक र मुख छोप्नुहोस् ।
  • आफ्नो अनुहार, मुख, नाक वा आँखामा नछुनुहोस् ।
  • आफ्नो घरका सतहहरू सफा गर्नुहोस् ।
  • तपाईंमा COVID-19 का लक्षणहरू देखिएका छन् भने, आफ्नो स्वास्थ्यसेवा प्रदायकलाई भेट्नुहोस् ।
स्टोर र सार्वजनिक स्थानहरूमा जाँदा अझ सुरक्षित रहनुहोस्

तपाईं बाहिर निस्कनुअघि र पछि अनि घरबाट टाढा हुँदा आफू र अरूलाई जोगाउन तपाईंले ध्यान दिन सक्ने धेरै कुराहरू छन् ।

घरबाट निस्कनुअघि:

  • तपाईं बिरामी हुनुहुन्छ भने सकेसम्म स्टोर वा अन्य सार्वजनिक स्थानमा नजानुहोस् । आफ्नो परिवारको सदस्य वा साथीलाई सामान ल्याइदिन लगाउनुहोस् ।
  • यदि सकिन्छ भने किराना सामग्री, औषधि र अन्य वस्तुहरू घरमै डेलिभरी हुने गरी अनलाइन अर्डर गर्नुहोस् ।
  • सम्भव भएमा कम भीडभाड हुने समयमा स्टोरमा जानुहोस् ।
  • घरबाट निस्कनुअघि हात धुनुहोस् ।

भीडभाडयुक्त भित्री (बन्द) स्थानमा हुँदा:

  • नाक र मुख ढाक्ने गरी मास्क लगाउनुहोस् ।
  • चेकआउट लाइनमा बस्दा लगायत अन्य समयमा आफू र अरूका बीचमा कम्तीमा 6 फिट (2 मिटर) को भौतिक दूरी कायम गर्नुहोस् ।
  • तपाईं खोक्दा वा हाच्छिउँ गर्दा नाक र मुख ढाक्नुहोस् ।
  • आफ्नो अनुहारमा नछुनुहोस् ।
  • तपाईं किनमेल गर्न बाहिर जानुभएको छ भने ह्यान्ड स्यानिटाइजर वा एन्टिसेप्टिक टिस्यु प्रयोग गरेर कार्टको ह्यान्डल वा सपिङ बास्केट सफा गर्नुहोस् ।

तपाईं घर फर्किँदा:

  • अनुहार छोप्ने कपडा धुनुहोस् र सुरक्षित ढङ्गले भण्डारण गर्नुहोस् । डिस्पोजेबल मास्क सुरक्षित ढङ्गले फाल्नुहोस् ।
  • आफ्ना हातहरू धुनुहोस् ।
  • खानेकुराको सुरक्षा सम्बन्धी अभ्यासहरू पालना गर्नुहोस् । खानेकुराहरू स्यानिटाइज नगर्नुहोस् । फलफुल र तरकारी अरू बेला जसरी नै पखाल्नुहोस् ।
गर्भावस्था, शिशु र COVID-19

तपाईं गर्भवती हुनुभएको छ भने तपाईंले थाहा पाउनुपर्ने कुराहरू

  • गर्भवती नभएका व्यक्तिहरूको तुलनामा गर्भवती भएका वा भर्खरै गर्भवती भएका व्यक्तिहरूलाई COVID-19 का कारण सिकिस्त बिरामी हुने जोखिम धेरै हुन्छ ।
  • गर्भावस्थाको समयमा COVID-19 सङ्क्रमण भएका मानिसहरूको नौ महिना नपुग्दै (अर्थात्, 37 हप्ताभन्दा पहिले नै) अपरिपक्व अवस्थामा बच्चा जन्मिने र बच्चा मृत अवस्थामा जन्मिने जोखिम बढी हुन्छ र गर्भावस्थासँग सम्बन्धित अन्य जटिलताहरू हुने जोखिम पनि बढी हुन सक्छ ।
  • गर्भवती र भर्खरै गर्भवती भएका व्यक्ति र निजको सम्पर्कमा आउने मानिसहरूले उनीहरूलाई COVID-19 बाट सुरक्षित रहन सघाउन निम्न उपायहरू अपनाउनुपर्दछ:
    • खोप लगाउने र बुस्टर डोज पनि लगाउने ।
    • मास्क लगाउने ।
    • अरूबाट 6 फिट (2 मिटर) को भौतिक दूरी कायम गर्ने र भीडभाडयुक्त र हावा राम्ररी प्रवाह नहुने ठाउँमा नजाने ।
    • अन्य मानिसहरूमा रोग फैलन नदिन परीक्षण गराउने ।
    • बारम्बार हात धुने र खोक्दा र हाच्छिउँ गर्दा कुहिनो वा टिस्युले नाक र मुख छोप्ने ।
    • आफ्नो घर नियमित रूपमा सफा र निसङ्क्रमण (डिसइन्फेक्ट) गर्ने ।
    • दैनिक रूपमा आफ्नो स्वास्थ्य जाँच गर्ने ।
    • गर्भवतीहरूलाई गर्भावस्थाका बारेमा चिन्ता लागेको छ, उनीहरू बिरामी भए वा उनीहरूले COVID-19 सङ्क्रमण भएको शङ्का मानेमा तुरुन्तै उनीहरूको स्वास्थ्यसेवा प्रदायकलाई फोन गर्नुहोस् ।

गर्भावस्था र COVID-19 विरुद्धको खोप

  • गर्भवती, स्तनपान गराइरहेका, गर्भवती हुने प्रयास गरिरहेका वा भविष्यमा गर्भवती हुन सक्ने मानिसहरूलाई COVID-19 विरुद्धको खोप लगाउन सिफारिस गरिन्छ ।
  • गर्भावस्थाको समयमा COVID-19 विरुद्ध खोपको सुरक्षा र प्रभावकारिताको प्रमाण बढ्दै गएको छ । तथ्याङ्क अनुसार गर्भावस्थाको समयमा COVID-19 विरुद्धको खोप लगाउँदा हुने सम्भावित जोखिमभन्दा त्यसको फाइदा निकै धेरै रहेको देखिन्छ ।
  • गर्भवती व्यक्तिहरूले योग्य भएपछि मात्र COVID-19 विरुद्धको खोपको बुस्टर डोज लगाउनुपर्दछ ।
  • COVID-19 विरुद्धको खोप लगाएको कारणले गर्दा गर्भवती व्यक्ति वा तिनका बच्चा लगायत कसैलाई पनि COVID-19 को सङ्क्रमण हुँदैन ।
  • COVID-19 विरुद्धको खोप लगायत अन्य कुनै पनि खोपले महिला वा पुरुषको प्रजनन क्षमतामा असर गर्छ भन्ने कुराको हालसम्म कुनै पनि प्रमाण भेटिएको छैन ।
  • के तपाईं गर्भवती हुनुहुन्छ र तपाईंसँग COVID-19 का बारेमा थप प्रश्नहरू छन् कि ? आफ्नो स्वास्थ्यसेवा प्रदायकसँग कुरा गर्नुहोस् वा MotherToBaby मा सम्पर्क गर्नुहोस्, जसका विशेषज्ञहरूले फोन वा च्याट मार्फत तपाईंका प्रश्नहरूको जवाफ दिन सक्छन् । यो निःशुल्क गोप्य सेवा सोमबारदेखि शुक्रबारसम्म बिहानको 8 बजेदेखि साँझ 5 बजेसम्म उपलब्ध छ । लाइभ च्याट गर्न वा इमेल पठाउन MotherToBaby (अङ्ग्रेजी र स्पेनिस भाषामा उपलब्ध छ) को वेबसाइटमा जानुहोस् वा 1-866-626-6847 मा फोन गर्नुहोस् (यो सेवा अङ्ग्रेजी र स्पेनिस भाषामा मात्र उपलब्ध छ) ।

नवजात शिशुलाई COVID-19 सङ्क्रमण भएमा कसरी हेरचाह गर्ने

  • गर्भावस्थाको समयमा COVID-19 भएका धेरैजसो मानिसहरूको बच्चा जन्मँदा बच्चालाई COVID-19 सङ्क्रमण भएको हुँदैन ।
  • COVID-19 सङ्क्रमणको परीक्षणको नतिजा पोजेटिभ आएका अधिकांश नवजात शिशुहरूमा सामान्य लक्षणहरू देखिएका थिए वा कुनै पनि लक्षण देखिएका थिएनन् र उनीहरू निको भएका थिए । प्रतिवेदनहरूले केही नवजात शिशुहरूलाई COVID-19 को सङ्क्रमण भएर सिकिस्त बिरामी भएको सङ्केत गरेका छन् ।
  • तपाईं COVID-19 को सङ्क्रमण भएर आइसोलेसनमा बस्नुभएको छ र तपाईंको नवजात शिशु छ भने, तपाईंको आइसोलेसन अवधि पूरा नहुन्जेल निम्न सुरक्षा उपायहरू अपनाउनुहोस्:
    • घरबाहिरका अरू (तपाईंसँग नबस्ने) मानिसहरूबाट अलग रहनका निम्ति घरमै बस्नुहोस् ।
    • सङ्क्रमण नभएका घरका अन्य सदस्यहरूबाट अलग्गै आइसोलेसनमा बस्नुहोस् र साझा स्थानहरूमा मास्क लगाउनुहोस् ।
    • खोपको पूरा मात्रा लगाएका र सिकिस्त बिरामी पर्ने उच्च जोखिम नभएका कोही स्वस्थ स्याहारकर्ता खोजेर आफ्नो नवजात शिशुको स्याहार गर्ने जिम्मा दिनुहोस् । यदि सकिन्छ भने आफ्नो दूध निचोरेर निकाल्नुहोस् जसले गर्दा अर्का स्याहारकर्ताले तपाईंको बच्चालाई आमाको दूध खुवाउन सक्छ । यदि तपाईंले फर्मुला (कृत्रिम दूध) दिनुहुन्छ भने, स्वस्थ स्याहारकर्तालाई तयार गर्न लगाउनुहोस् ।
    • आइसोलेसन अवधि पूरा नहुँदै तपाईंले आफ्नो नवजात शिशुको स्याहार गर्नु परेका खण्डमा शिशुलाई समाउँदा वा दूध खुवाउँदा मास्क लगाउने जस्ता उचित सुरक्षात्मक उपायहरू अपनाउनुहोस् ।
    • तपाईंको नवजात शिशुमा COVID-19 का लक्षणहरूको निरीक्षण गर्नुहोस् ।
  • हाल प्राप्त प्रमाणले आमाको दूधबाट शिशुलाई भाइरस नसर्ने सङ्केत गरेको छ । हालसालै गरिएका अध्ययनहरूमा COVID-19 विरुद्धका खोप लगाएका आमाको दूधबाट बच्चाले पनि एन्टिबडी प्राप्त गर्छ भन्ने कुरा देखिएको छ । तपाईंलाई COVID-19 लागेको छ र तपाईं बच्चालाई स्तनपान गराउने निर्णय वा स्तनपान गराइरहनुभएको भएमा निम्न गर्नुहोस्:
    • बच्चालाई खुवाउनु वा स्तनपान गराउनु अघि आफ्ना हातहरू धुनुहोस् ।
    • बच्चालाई खुवाउँदा वा स्तनपान गराउँदा र तपाईं बच्चाबाट 6 फिट (2 मिटर) भन्दा कम दूरीमा हुँदा मास्क लगाउनुहोस् ।

सबै नयाँ र बच्चा जन्माउन लागेका आमाबाबु वा तिनका प्रियजनहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी जानकारी र सहायता चाहिँदा Perinatal Support Washington वार्म लाइन उपलब्ध छ । Perinatal Support Washington वार्म लाइनलाई नम्बर 1-888-404-7763 मा फोन गर्नुहोस् वा Perinatal Support वेबसाइट (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) मा जानुहोस् । पाठ सन्देश पठाउनुहोस् वा warmline@perinatalsupport.org मा इमेल पठाउनुहोस् ।

मद्दत लिनु महत्त्वपूर्ण हुन्छ । सोमबारदेखि शुक्रबारसम्म बिहान 9 बजेदेखि दिउँसो 4:30 बजेभित्र वार्म लाइनले लाइभ प्रत्युत्तर दिन्छ (यो सेवा अङ्ग्रेजी र स्पेनिस भाषामा मात्र उपलब्ध छ) । साँझको समय र सप्ताहन्तमा कृपया सन्देश छोड्नुहोस् र 1-12 घण्टाभित्र कसैले त्यसको जवाफमा तपाईंलाई फोन गर्ने छ । सहायता लाइनमा सामाजिक कर्मचारी, इजाजत प्राप्त थेरापिस्ट वा बच्चाको जन्म पश्चात् डिप्रेसन/व्याकुलताको समस्या भोगेका आमाबुवाहरू उपलब्ध हुने छन् ।

आफू र आफ्नो परिवारको ख्याल गर्नुहोस्

Washington Listens: तपाईं COVID-19 को तनावका बारेमा कसैसँग कुरा गर्न चाहनुहुन्छ भने Washington Listens को नम्बर 1-833-681-0211 मा फोन गर्नुहोस् । तपाईंले सोमबारदेखि शुक्रबारसम्म बिहान 9 बजेदेखि राति 9 बजेभित्र र सप्ताहन्तमा बिहान 9 बजेदेखि बेलुका 6 बजेभित्र उक्त नम्बरमा फोन गर्नुभयो भने तपाईंसँग कुरा गर्नका निम्ति सदैव कोही न कोही उपलब्ध हुने छन् । TTY र भाषा सम्बन्धी सेवाहरू उपलब्ध छन् । थप जानकारी हाम्रो मानसिक स्वास्थ्य तथा भावनात्मक सुस्वास्थ्य पृष्ठ (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) मा उपलब्ध छ ।

  • विश्वसनीय सञ्चार माध्यम, जनस्वास्थ्य निकाय तथा स्थानीय स्वास्थ्य निकाय र जनस्वास्थ्य वेबसाइटबाट प्राप्त पछिल्ला जानकारीका सहायताले महामारीको वर्तमान परिस्थितिका बारेमा सुसूचित रहनुहोस् र अतिरिक्त सिफारिसहरू प्राप्त गर्नुहोस् ।
  • समुदायमा उपलब्ध स्रोतसाधनहरू, जस्तै फोन नम्बर, वेबसाइट र सामाजिक सञ्जाल खाताहरूको सूची बनाउनुहोस् । तपाईं उक्त सूचीमा स्कुल, चिकित्सक, जनस्वास्थ्य संस्था, समाज सेवा, सामुदायिक मानसिक स्वास्थ्य केन्द्र र हटलाइनहरू पनि थप्न सक्नुहुन्छ ।
  • आफ्नो परिवारलाई फोन गर्नुहोस् वा उनीहरूलाई अनलाइन सेवाका माध्यमबाट सम्पर्कमा रहनुहोस् ।
  • अत्यावश्यक स्वास्थ्य सामग्रीहरू (जस्तै, साबुन, अल्कोहलयुक्त ह्यान्ड स्यानिटाइजर, टिस्यु, थर्मोमिटर, ज्वरो घटाउने औषधि र घरमै COVID-19 को परीक्षण गर्ने परीक्षण किट) लिएर राख्नुहोस् ।
  • तपाईं वा तपाईंको परिवारका सदस्यहरूले नियमित रूपमा सेवान गर्नुपर्ने औषधिहरूको स्टक राख्ने प्रयास गर्नुहोस् ।

तपाईंको परिवारका जवान सदस्यहरूलाई सहायता

  • आफ्ना साथी वा परिवारजनसँग फोन, पाठ सन्देश, इमेल वा सामाजिक सञ्जाल मार्फत कुरा गरेर उनीहरूको निरन्तर सहायता र सम्पर्कमा रहन खोजी गर्नुहोस् ।
  • समाचारले तपाईंका बच्चाहरूलाई अत्याउँछ भने केही समयका लागि समाचार हेर्न, सुन्न वा पढ्न छाड्नुहोस् । आफ्ना बच्चाहरूलाई उनीहरूले इन्टरनेट वा अन्य स्रोतबाट प्राप्त गरेको कुनै पनि जानकारीका बारेमा बुझाउनुहोस् ।
  • बच्चाहरूलाई प्रश्न सोध्न प्रोत्साहन गरेर र उनीहरूलाई वर्तमान परिस्थितिका बारेमा बुझ्न मद्दत गरेर उनीहरूलाई सहयोग गर्ने कुरामा ध्यान दिनुहोस् ।
  • तपाईंलाई कस्तो महसुस भइरहेको छ भन्ने बारेमा कुरा गर्नुहोस् र ती भावना स्वीकार गर्नुहोस् ।
  • उनीहरूलाई चित्रकला वा अन्य गतिविधिका माध्यमबाट आफ्नो भावना व्यक्त गर्न मद्दत गर्नुहोस् ।
  • अरू बेलाको तुलनामा बढी आडभरोसा प्रदान गर्नुहोस् र धैर्यता देखाउनुहोस् ।