Care Connect Washington

के तपाईं वा तपाईंको परिवार COVID-19 बाट प्रभावित भएको छ ? तपाईंले Care Connect Washington लाई 1-833-453-0336 मा सम्पर्क गरेर आफ्नो समुदायको स्थानीय स्वास्थ्य सेवा संयोजकबाट मद्दत लिन सक्नुहुन्छ । स्वास्थ्य सेवा संयोजकले केही समय लिएर तपाईंका आवश्यकताहरू बुझ्ने छन् र त्यसपछि तपाईं र तपाईंको सम्पूर्ण परिवारलाई उपलब्ध स्रोतहरू जस्तै आवास, स्वास्थ्य बीमा, बाल स्याहार, खाद्य सहायता कार्यक्रमहरू र अन्य प्रकारका सेवाहरूमा जोड्न मद्दत गर्ने छन् । उपलब्ध हुने सेवाहरू क्षेत्र अनुसार फरक-फरक हुन्छन् । 

Care Connect Washington भनेको विश्वमहामारीको प्रारम्भमा नै COVID-19 भएका मानिसहरूका लागि उनीहरू घरमै आइसोलेसनमा बस्न सकून् भन्ने उद्देश्यले खाना र अन्य सहयोग उपलब्ध गराउनका लागि विकसित गरिएको कार्यक्रम हो । अहिले, यस कार्यक्रमले COVID-19 बाट प्रभावित मानिसका दीर्घकालीन आवश्यकताहरू पूरा गर्न मद्दत गरिरहेको छ । उदाहरणका लागि, केही व्यक्तिहरू COVID-19 का दीर्घकालीन साइड इफेक्टहरूबाट पीडित भइरहेका हुन्छन् । अन्य मानिसहरू बिरामी भएका र आफ्नो जागिर गुमाएका हुन सक्छन् र फेरि आफ्नो खुट्टामा उभिन मद्दत चाहिन्छ । Care Connect Washington ले सहयोग गर्न सक्छ ।

Care Connect Washington Department of Health (स्वास्थ्य विभाग), आठ वटा क्षेत्रीय हबहरू र राज्यभरका समुदायहरूमा रहेका 100 भन्दा बढी स्थानीय स्वास्थ्य सेवा संयोजकहरू बिचको साझेदारी हो । Care Connect प्रणालीले मानिसहरूलाई स्थायित्व र स्वास्थ्यलाभ गर्न मद्दत गरेर समुदायहरूलाई सुदृढ बनाउँछ । स्थानीय स्वास्थ्य सेवा संयोजकहरूले बेरोजगारी लाभ, अनुदान प्राप्त आवास वा बाल स्याहार, Supplemental Nutrition Assistance Program (SNAP, पूरक पोषण सहायता कार्यक्रम) वा Special Supplemental Nutrition Program for Women, Infants and Children (WIC, महिला, शिशु तथा बालबालिका), Apple Health र अन्य जस्ता कार्यक्रमहरूका लागि आवेदन दिन मद्दत गर्न व्यक्तिहरूसँग सहकार्य गर्दछन् । Care Connect ले मानिसहरूलाई उनीहरूको रोजाइको भाषामा आवश्यक जानकारी प्रदान गर्छ ।

Care Connect regions map with services in these counties: Grays Harbor, Mason, Thurston, Pacific, Wahkiakum, Lewis, Cowlitz, Clark, Skamania, Clickitat, Yakima, Benton, Franklin, Adams, Lincoln, Ferry, Stevens, Pend Oreille, Spokane, King, Pierce, Snohomish, Skagit, Whatcom

कोभिड-19 सम्बन्धी राहतका लागि क्षेत्रीय रणनीति

यस राज्यको Department of Health ले स्थानीय स्वास्थ्य निकाय र तिनका साझेदारहरूसँग सहकार्य गरी क्षेत्रगत रूपमा Care Connect Washington कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रत्येक क्षेत्रले मानिसहरूलाई उनीहरूले पाउन योग्य सेवासँग जोड्न समुदायमा आधारित साझेदारहरूसँग सहकार्य गर्छन्, जस्तै औषधि पुर्‍याइदिने, स्वास्थ्य सेवा, बेरोजगारी, स्थानीय आवास एजेन्सी, खाद्य बैंक, बाल हेरचाह प्रदायकहरू र यस्तै थप कार्यका लागि आवेदन दिन मद्दत गर्ने्।

सेवाहरू कहाँ उपलब्ध हुन्छन् ?

COVID-19 बाट प्रभावित मानिसहरूका लागि राज्यका सबै भागहरूमा सेवाहरू उपलब्ध छन् ।

पूर्वी क्षेत्र

Better Health Together (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Adams, Ferry, Lincoln, Pend Oreille, Spokane र Stevens काउन्टीका लागि Care Connect Washington हबको रूपमा सेवा प्रदान गर्दछ ।

King काउन्टी

HealthierHere (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले King काउन्टीका लागि Care Connect Washington हबको रूपमा सेवा प्रदान गर्दछ ।

उत्तरी मध्य भूभागीय क्षेत्र

Action Health Partners (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Chelan, Douglas, Grant र Okanogan काउन्टीका लागि Care Connect Washington हबको रूपमा सेवा प्रदान गर्दछ ।

उत्तरी क्षेत्र

North Sound Accountable Community of Health (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Island, San Juan, Skagit, Snohomish र Whatcom काउन्टीका लागि Care Connect Washington हबको रूपमा सेवा प्रदान गर्दछ ।

उत्तर पश्चिमी क्षेत्र

WithinReach (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Clallam, Jefferson र Kitsap काउन्टीका लागि स्वास्थ्य सेवा समन्वय सेवाहरू उपलब्ध गराउँदछ ।

Pierce काउन्टी

Elevate Health (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Pierce काउन्टीका लागि Care Connect Washington हबको रूपमा सेवा प्रदान गर्दछ ।

दक्षिणी मध्य भूभागीय क्षेत्र

Greater Health Now (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Kittitas, Walla Walla, Whitman, Columbia, Garfield, Asotin, Yakima, Benton र Franklin काउन्टीहरूका लागि Care Connect Washington हबको रूपमा सेवा प्रदान गर्दछ ।

दक्षिण-पश्चिमी क्षेत्र

Southwest Washington Accountable Community of Health (SWACH) (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Clark, Klickitat र Skamania काउन्टीका लागि Care Connect Washington हबको रूपमा सेवा प्रदान गर्दछ ।

पश्चिमी क्षेत्र

Cascade Pacific Action Alliance को Community CarePort (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले Cowlitz, Wahkiakum, Pacific, Grays Harbor, Mason, Thurston र Lewis काउन्टीका लागि Care Connect Washington हबको रूपमा सेवा प्रदान गर्दछ ।

बारम्बार सोधिने प्रश्नहरू

के मेरा लागि Care Connect Washington का सेवाहरू उपलब्ध छन् ?

यदि तपाईं COVID-19 बाट प्रभावित हुनुहुन्छ भने तपाईं सेवाहरूका लागि योग्य हुनुहुन्छ । त्यसमा हाल COVID-19 बाट बिरामी भएका वा विगतमा COVID-19 भएका व्यक्तिहरू पर्दछन् ।

1-833-453-0336 मा फोन गर्नुहोस् । भाषासम्बन्धी सहायता उपलब्ध छ । 

स्थानीय स्वास्थ्य सेवा संयोजकले तपाईंलाई तपाईंका आवश्यकताहरू बुझ्न र तपाईंलाई स्रोत र सेवाहरूसँग जोड्न मद्दत गर्नका लागि सम्पर्क गर्ने छन् ।

म कस्ता सहायता प्राप्त गर्ने अपेक्षा राख्न सक्छु ?

तपाईंका स्थानीय स्वास्थ्य सेवा संयोजकले तपाईंलाई चिन्न र तपाईंका आवश्यकताहरूको बारेमा बुझ्न समय लगाउने छन् । त्यसपछि उनीहरूले स्वास्थ्य सेवा, अनुदान प्राप्त आवास वा बाल स्याहार, बेरोजगारी लाभ, खाद्य सहायता र अन्य लगायत तपाईंलाई सहायता प्रदान गर्न उपलब्ध स्थानीय स्रोतहरू पहिचान गर्ने छन् । सेवाहरू क्षेत्रअनुसार फरक-फरक हुन सक्छन् । Care Connect Washington ले तपाईंलाई आफ्नो रोजाइको भाषामा आवश्यक जानकारी प्रदान गर्ने छ । Care Connect का सेवाहरू निःशुल्क उपलब्ध छन् । 

मैले सहायता प्राप्त गर्न कति समय लाग्छ ?

तपाईंका क्षेत्रीय सेवा संयोजकले रिफरल प्राप्त गरेको मितिबाट एक दिनभित्र सहायता प्रदान गर्ने सक्दो प्रयास गर्ने छन् ।

मेरो विवरण कसरी सुरक्षित राखिन्छ ?

तपाईंका सेवा संयोजकले कल सेन्टरबाट प्राप्त जानकारी पुष्टि गर्ने छन् र तपाईंका आवश्यकताहरूका बारेमा सोध्ने छन् । तपाईंले आफ्नो सेवा संयोजकलाई प्रदान गर्नुभएको सबै जानकारी गोप्य राखिन्छ । सेवा संयोजन गर्ने कर्मचारीहरू र Department of Health (स्वास्थ्य विभाग) ले तपाईंलाई के कस्ता अत्यावश्यक सेवाहरू चाहिन सक्छ भन्ने कुरा पहिचान गर्नका निम्ति उक्त जानकारी प्रयोग गर्ने छन् । उनीहरूले व्यक्तिगत वा निजी स्वास्थ्य जानकारी अरूलाई प्रदान गर्ने छैनन् ।

Care Connect regions map with services in these counties: Grays Harbor, Mason, Thurston, Pacific, Wahkiakum, Lewis, Cowlitz, Clark, Skamania, Clickitat, Yakima, Benton, Franklin, Adams, Lincoln, Ferry, Stevens, Pend Oreille, Spokane, King, Pierce, Snohomish, Skagit, Whatcom
यो सेवाका लागि कति शुल्क लाग्छ ?

यो सेवा बापत तपाईंलाई कुनै शुल्क लिइने छैन । Care Connect Washington ले वासिङ्टन राज्यमा कोभिड-19 विरुद्ध प्रतिकार्यका लागि संघीय तहबाट आर्थिक सहयोग प्राप्त गरेको छ ।

मैले सहायता प्राप्त गर्न कति समय लाग्छ ?

तपाईंका क्षेत्रीय सेवा संयोजकले रिफेरल प्राप्त गरेको मितिबाट एक दिनभित्र सहायता प्रदान गर्ने सक्दो प्रयास गर्नुहुने छ ।

मैले सहायता प्राप्त गरिरहँदा म आइसोलेसन वा क्वारेन्टाइनमा नै बसिरहनु पर्छ ?

पर्छ । आइसोलेसन र क्वारेन्टाइन भनेका हाम्रा छिमेकी, साथीभाइ, परिवार र सहकर्मीहरूलाई कोभिड-19 फेलिन नदिने र यस रोगले हाम्रो समुदायमा पार्ने प्रतिकूल प्रभावलाई कम गर्ने सुरक्षाका महत्त्वपूर्ण उपायहरू हुन् । तपाईंको आइसोलेसन वा क्वारेन्टाइन अवधि समाप्त भएपछि पनि तपाईंलाई सहायता आवश्यक भएमा तपाईंका क्षेत्रीय सेवा संयोजकले तपाईंलाई स्वास्थ्य तथा सामाजिक सहायतासम्बन्धी दीर्घकालीन सेवाहरू प्राप्त गर्न मद्दत गर्न सक्नुहुन्छ ।

आइसोलेसन र क्वारेन्टाइन बीच के भिन्नता छ ?

आइसोलेसन: तपाईंलाई कोभिड-19 को परीक्षण गराउँदा पोजिटिभ देखियो, तपाईंमा लक्षणहरू  देखिए वा परीक्षणको नतिजा पर्खिरहनुभएको छ भने यो रोग फैलन नदिन तपाईं आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

  • घरमै बस्नुहोस् र परिवारका सदस्यहरू लगायत अरू मानिसको नजिक नजानुहोस् ।
  • अलग कोठामा बस्नुहोस् र सम्भव भएमा छुट्टै शैचालय प्रयोग गर्नुहोस् ।
  • तपाईं अन्य मानिसहरूको वरिपरि रहनैपर्ने भएमा नाक, मुख र चिउँडो छोपिने खालको मास्क (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) लगाउनुहोस् ।
  • काम गर्न, विद्यालय वा सार्वजनिक स्थानहरूमा नजानुहोस् । सार्वजनिक यातायात, राइड सेयरिङ वा ट्याक्सीहरू प्रयोग नगर्नुहोस् ।
  • चिकित्सा सेवा प्राप्त गर्दा बाहेक अरू बेला घरमै बस्नुहोस् ।
  • तपाईं कति समयसम्म आइसोलेसनमा बस्नुपर्छ भन्ने सम्बन्धमा Centers for Disease Control and Prevention (CDC, रोग नियत्रण तथा रोकथाम केन्द्र) (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) र Department of Health (DOH, स्वास्थ्य विभाग) (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले जारी गरेका पछिल्लो मार्गदर्शन (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) को पालना गर्नुहोस् ।

क्वारेन्टाइन: तपाईं कोभिड-19 सङ्क्रमितको सम्पर्कमा आउनुभएको छ तर तपाईंमा लक्षणहरू देखिएको छैन भने तपाईं आफ्नो खोप स्थितिमा निर्भर रहेर क्वारेन्टाइनमा बस्नुपर्ने हुन सक्छ । यसले तपाई बिरामी हुनुहुन्छ भन्ने थाहा हुनु अघि नै भाइरस फैलाउनबाट जोगाउँछ।

तपाईं कति समयसम्म क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने सम्बन्धमा CDC (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) र DOH (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) ले जारी गरेको पछिल्लो मार्गदर्शन (अङ्ग्रेजीमा मात्र उपलब्ध छ) को पालना गर्नुहोस् ।

ममा देखिएका कोभिड-19 का लक्षणहरू झनै खराब हुँदै गएमा मैले के गर्नुपर्छ ?

तपाईंका लक्षणहरू झनै खराब हुँदै गएमा तुरुन्तै चिकित्सा मद्दत लिनुहोस् । कसैमा निम्नमध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै चिकित्सा सहायता लिनुपर्छ:

  • सास फेर्न गाह्रो भएमा
  • छाती लगातार दुखेमा वा छातीमा दबाव महसुस भएमा
  • भ्रमित (अलमल) महसुस हुन सुरु भएमा
  • ब्युँझन वा जागा बस्न नसकेमा
  • ओठ वा अनुहार नीलो भएमा

*यो पूर्ण सूची होइन । तपाईंमा अन्य जटिल वा चिन्तित पार्ने खालका लक्षणहरू देखिएमा कृपया आफ्ना चिकित्सा सेवा प्रदायकलाई फोन गर्नुहोस् ।

तपाईंलाई चिकित्कीय आपत्कालीन अवस्था आएमा र 911 मा फोन गर्नैपर्ने भएमा, तपाईंलाई कोभिड-19 देखिएको वा भएको हुन् सक्छ भन्ने लागेमा डिस्प्याचरलाई बताउनुहोस् । सम्भव भएमा, आपत्कालीन चिकित्सा सेवाका कर्मचारीहरू आइपुग्नुअघि फेस कभरिङ लगाउनुहोस् ।

म Care Connect Washington का सेवाहरू कहिलेसम्म प्राप्त गर्न सक्छु ?

तपाईंका क्षेत्रीय सेवा संयोजकले तपाईंलाई 21 दिनसम्म मद्दत गर्नुहुने छ । केही निश्चित अवस्थाहरूमा तपाईंका सेवा संयोजकले तपाईंलाई स्वास्थ्य तथा सामाजिक सहायतासम्बन्धी दीर्घकालीन सेवाहरू उपलब्ध गराउन मद्दत गर्न सक्नुहुन्छ ।

Care Connect Washington ले कसरी काम गर्छ ?

Care Connect Washington स्थानीय तवरमा केन्द्रित रणनीति अपनाएर संयोजित सेवा प्रदान गर्ने उद्देश्यले राज्यको सहयोगमा सञ्चालित कार्यक्रम हो ।

Washington State Department of Health ले क्षेत्रीय सेवा संयोजन प्रतिकार्यको व्यवस्थापन गर्दछ, कर्मचारी भर्ना तथा प्रशिक्षण दिनमा मद्दत गर्छ, राज्यव्यापी तथा स्थानीय स्रोतसाधनहरूलाई जोड्छ र कोष रकम तथा प्राविधिक पूर्वाधार लगायत साझा स्रोतसाधनहरूको व्यवस्थापन गरेर अनुकूल परिणामहरू हासिल गर्दछ ।

मानिसहरूलाई सहायता उपलब्ध गराउन र उनीहरूलाई सफलतापूर्वक आइसोलेसन र क्वारेन्टाइनमा बस्न सघाउनका निम्ति स्थानीय रूपमा उपलब्ध स्रोतसाधनहरूसँग जोड्न प्रत्येक क्षेत्रले समुदायमा आधारित जनशक्ति पहिचान तथा परिचालन गर्दछन् । प्रत्येक क्षेत्रले स्थानीय विक्रेताहरूसँग सहकार्य गरेर आवश्यक सामग्री तथा सेवाहरू उपलब्ध गराउँछ । यसले स्थानीय अर्थतन्त्र उकास्न पनि मद्दत गर्छ ।

प्रत्येक व्यक्तिको पृथक स्वास्थ्य तथा सामाजिक आवश्यकताहरू निर्धारण गरी सहायता प्रदान गर्न तथा ती व्यक्तिका आवश्यकताहरूको अभिलेख राख्न र कोभिड सेवासम्बन्धी कार्य योजना बनाउन सेवा संयोजकहरू नियुक्त गरिएको हुन्छ । यस कार्यक्रमले सम्भव भएसम्म मानिसहरूलाई उनीहरूले रोजेको भाषामा उपलब्ध स्रोतसाधनहरूसँग जोड्छ र उनीहरूले आवश्यक सहायता प्राप्त गर्ने कुरा सुनिश्चित गर्न यस प्रक्रिया अवधिभर उनीहरूको सम्पर्कमा रहन्छ ।

मेरो विवरण कसरी सुरक्षित राखिन्छ ?

तपाईंका सेवा संयोजकले कोभिड-19 जानकारी हटलाइनबाट प्राप्त जानकारलाईी पुष्टि गर्नुहुने छ र तपाईंका आवश्यकताहरूका बारेमा सोध्नुहुने छ । तपाईंले आफ्नो सेवा संयोजकसँग साझा गर्ने सबै विवरण गोप्य राखिन्छ । सेवा संयोजन गर्ने कर्मचारीहरू र Department of Health ले तपाईंलाई के कस्ता अत्यावश्यक सेवाहरू आवश्यक हुन सक्छ भन्ने पहिचान गर्नका निम्ति उक्त जानकारी प्रयोग गर्ने छन् । उनीहरूले व्यक्तिगत वा निजी स्वास्थ्य विवरण अरूलाई प्रदान गर्ने छैनन् ।

Care Connect Washington ले कसरी कोभिड-19 फैलन दिँदैन ?

अत्यावश्यक सामाजिक र स्वास्थ्य आवश्यकताहरू पूरा गर्न मद्दत प्राप्त गरेका मानिसहरूले सफलतापूर्वक घरमा आइसोलेसन र क्वारेन्टाइन पूरा गर्ने सम्भावना बढी हुन्छ। कोभिड-19 को परीक्षण गराउँदा पोजिटिभ देखिएका वा परीक्षणमा पोजिटिभ देखिएका अन्य व्यक्तिको सम्पर्कमा आएका मानिसहरू घरमा आइसोलेसन वा क्वारेन्टाइनमा बस्ने कुरा सुनिश्चित गरेर Care Connect Washington ले कोभिड-19 को सङ्क्रमण रोक्न र अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्छ । यो प्रणाली कोभिड-19 सङ्क्रमणको सबैभन्दा उच्च जोखिम निम्त्याउने स्वास्थ्य तथा सामाजिक आवश्यकताहरू भएका मानिसहरूमा केन्द्रित भएकाले यसले स्वास्थ्य प्रणालीमा विद्यमान असमानतालाई सम्बोधन गर्न तथा कोभिड-19 बाट तुलनात्मक रूपमा बढी प्रभावित हुने समुदायहरूलाई सहयोग पुर्‍याउन सक्छ ।

मैले चिनेको कोही व्यक्तिलाई Care Connect Washington बाट सहायता आवश्यक भएमा मैले कसलाई सम्पर्क गर्ने ?

तपाईं वा तपाईंले चिनेका कोही व्यक्ति सक्रिय ढङ्गले घरमै आइसोलेसन वा क्वारेन्टाइनमा बसिरहेका छन् र उहाँलाई सहायता ‍आवश्यक भएमा प्रान्तीय कोभिड-19 जानकारी हटलाइन सम्पर्क गर्नुहोस् ।

प्रान्तीय कोभिड-19 जानकारी हटलाइन 1-800-525-0127 डायल गर्नुहोस्, त्यसपछि # थिच्नुहोस् । भाषासम्बन्धी सहायता उपलब्ध छ ।

  • सोमवार बिहान 6 बजेदेखि राति 10 बजेसम्म
  • मङ्गलवारदेखि शनिवार र राज्यमा मनाइने बिदाका दिनहरूमा बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म
Care Connect Washington ले व्यवहारजन्य स्वास्थ्य सेवाहरू समावेश गर्छ ?

गर्छ ! तपाईंका सेवा संयोजकले तपाईंलाई समुदायमा व्यवहारजन्य स्वास्थ्य सेवाहरू प्राप्त गर्न मद्दत गर्न सक्नुहुन्छ ।

Tribal Nation (ट्राइबल नेसन) का सदस्यहरूका लागि सेवा संयोजन सहायता उपलब्ध छ ?

छ । यस बारेमा थप बुझ्नका लागि COVID19.CareCoordination@doh.wa.gov मा इमेल पठाउनुहोस् वा 564-999-1565 मा कल गर्नुहोस् ।

दोभाषे सेवा उपलब्ध छ ?

छ । तपाईंले प्रान्तीय कोभिड-19 जानकारी हटलाइन नम्बर 1-800-525-0127 मा कल गरेर, # थिच्नुभएपछि भाषा सहायता उपलब्ध हुन्छ । 

तपाईंको कुनै सेवा संयोजकसँग सम्पर्क भइसकेपछि, Care Connect Washington ले तपाईंलाई तपाईंले रोजेको भाषामा आवश्यक जानकारी उपलब्ध गर्ने छ ।

स्रोतसाधनहरू

स्रोतसाधन तथा सिफारिसहरू सम्बन्धी वेबपेज: कपडाले बनेका फेस कभरिङ, क्वारेन्टाइन, परिवारजनको रेखदेख, कोभिड-19 को सङ्क्रमण, लक्षण र अन्य कुराहरूका बारेमा जानकारी प्राप्त गर्नुहोस् । तपाईं आफ्नो रोजाइको भाषाका सामग्रीहरू छान्न सक्नुहुन्छ ।