घरमै गरिएको परीक्षणमा पोजेटिभ देखिएमा सजिलै रिपोर्ट गर्नुहोस्
आफैले टेस्ट किट खरिद गरेर परीक्षण गर्दा पोजेटिभ देखिएका मान्छेहरूले सकेसम्म चाँडो राज्यको कोभिड-19 हटलाइन 1-800-525-0127 मा फोन गरी 7 थिच्नु पर्नेछ । उनीहरूले फोन उठाएपछि, व्याख्या सेवाहरू प्रयोग गर्न आफ्नो भाषा भन्नुहोस्। हटलाइन सोमबार को दिन बिहान 6 बजे देखि राति 10 बजेसम्म उपलब्ध हुनेछ र मंगलबार देखि आइतबार (र छुट्टिका दिनहरूमा) बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म उपलब्ध हुनेछ।
किन परीक्षण गराउने
परीक्षण गर्नाले जीवन बचाउँदछ। परीक्षणलेे मानिसहरूलाई समयमै क्वारेन्टाइन जस्ता सावधानीहरू अपनाएर भाइरस फैलिनबाट रोक्न मद्दत गर्छ; लक्षण नदेखिएका संक्रमित व्यक्तिहरुले पनि भाइरस फैलाउन सक्छन्। परीक्षण गर्नाले जनस्वास्थ्य अधिकारीहरूलाई संक्रमणहरुको पहिचान गर्न र प्रतिक्रिया दिन र भाइरसको नयाँ भेरियन्ट ट्र्याक गर्न पनि मद्दत गर्दछ। सामान्य गतिविधिहरू पुन: सुचारु गर्न मद्दत गर्ने एक महत्त्वपूर्ण पाटो परीक्षण हो।
University of Washington र Department of Health (DOH, स्वास्थ्य विभाग) का अन्वेषकहरूले कोभिड-19 को परीक्षण र WA Notify (WA सूचना) मार्फत ट्र्याक गर्नाले डिसेम्बर 2020 देखि मार्च 2021 सम्म करिब 6,000 केसहरूलाई रोकेको कुरा पत्ता लगाएका छन्।
कहिले परीक्षण गराउने
यदि तपाइँमा कोभिड-19 को लक्षणहरू देखिएको छ वा कोभिड-19 पोजेटिभ हुन सक्ने कसैको नजिक सम्पर्कमा आउनुभएको छ भने परीक्षण गराउनुहोस्। लक्षण देखिएमा तुरुन्तै, वा संक्रमण भएको व्यक्तिको सम्पर्कमा आएको शंका लागेमा त्यसको 3-5 दिन पछि, कुनै लक्षण नदेखिए पनि तपाइँले परीक्षण गराउनुपर्छ।
कता परीक्षण गराउने
WA राज्य Department of Health को वेबसाइटमा, सञ्चालन समय र आवश्यक कुराहरू सहित, प्रत्येक काउन्टीमा रहेका परीक्षण साइटहरूको निर्देशिका (अङ्ग्रेजीमा) उपलब्ध छ। परीक्षण साइटहरूको थप जानकारीको लागि, 2-1-1 मा फोन गर्नुहोस्। सुविधाजनक रुपले घरमा परीक्षण गर्नको लागि टेस्ट किटहरू अर्डर गर्ने र साथै फार्मेसीहरूमा पनि उपलब्ध छन्।
मेरो नजिकैको परीक्षण स्थान खोज्नुहोस् (अङ्ग्रेजीमा)
परीक्षणका प्रकारहरू
हाल उपलब्ध परीक्षणहरूमा द्रुत एन्टिजेन परीक्षणहरू, आणविक परीक्षणहरू (प्रयोगशाला-आधारित र पोइन्ट अफ केर दुवै), र केही घरेलु स्व-परीक्षणहरू समावेश छन्। माग र निर्माताको क्षमता अनुसार कुनै विशेष परीक्षणको आपूर्ति फरक हुदछ।
- कोभिड-19 परीक्षणहरू: यसले मेरो लागि के अर्थ राख्छ? (अङ्ग्रेजीमा)
लागत
काउन्टी वा राज्य-समर्थित परीक्षण साइटहरूमा गरिएका परीक्षणहरूमा आफ्नो गोजी लागत कुनै लाग्ने छैन। धेरै परीक्षणहरू, विशेष गरी लक्षण अनुभव गर्ने व्यक्तिहरूको हकमा, बीमाको नाममा बिल गर्न वा Department of Health द्वारा अनुदान दिइन सकिने छ। सेवा शुल्क लिने परीक्षण साइटहरू निर्देशिकामा संकेत गरिएका छन्। बीमा वा राज्य-समर्थित कार्यक्रमहरूमा अधिकांश यात्रा परीक्षण समावेश गरिएको छैन।
परीक्षणले कसरी काम गर्छ
अधिकांश परीक्षण नाक स्वाब प्रयोग गरेर गरिन्छ। केही परीक्षणहरू थुक सङ्कलन गरेर गर्न सकिन्छ। थप विवरणहरू प्रायः सोधिने परीक्षण प्रश्नहरूको पृष्ठ मा पाउन सकिन्छ।
फलो-अप
यदि तपाइँमा लक्षणहरू देखिएका छन् भने सकेसम्म घरमै बस्नुहोस्। यदि तपाइँको परीक्षणमा पोजेटिभ आएको छ भए, क्वारेन्टाइनमा बस्नुहोस् (DOH/Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण र रोकथाम केन्द्र) का दिशानिर्देशहरू अनुसार) र Care Connectद्वारा सहयोग प्राप्त गर्नुहोस्।