यदि कोभिड-१९ को परीक्षणमा पोजेटिभ नतिजा आएको छ भने, खुसीको खबर हो कि तपाइँले आफू र अरूलाई सुरक्षित राख्न मद्दत गर्नको लागि चाल्न सक्ने कदमहरू छन्।
तपाइँको परीक्षणमा पोजिटिभ देखिएमा के गर्ने
घरमै बस्नुहोस् र अरु मानिसहरुबाट टाढा रहनुहोस् । Centers for Disease Control and Prevention (CDC, रोग नियन्त्रण र रोकथाम केन्द्र) र Washington State Department of Health (DOH, स्वास्थ्य विभाग) को पछिल्लो आइसोलेशन निर्देशन (अंग्रेजी मात्र) को पालना गर्नुहोस्। यदि तपाइँलाई आइसोलेशनमा बस्दा सहयोग चाहिन्छ भने, तपाइँ Care Connect Washington बाट सहयोग प्राप्त गर्न सक्नुहुनेछ।
- आफ्नो घरमा अरूबाट आफूलाई अलग गर्नुहोस्। यदि तपाइँ सक्नुहुन्छ भने, तपाइँसँग बस्ने मानिसहरूबाट टाढा अर्को कोठामा बस्नुहोस् र छुट्टै बाथरूम प्रयोग गर्नुहोस्।
आफ्नो लक्षणहरूको निगरानी गर्नुहोस् । तपाइँका लक्षणहरू खराब भएमा वा तपाइँमा कुनै नयाँ लक्षण देखिएमा, स्वास्थ्य सेवा प्रदायकसँग परामर्श लिनुहोस्। यदि तपाइँले निम्न कोभिड-१९ आपतकालीन चेतावनी संकेतहरू देख्नुभयो भने 9–1–1 मा फोन गर्नुहोस्:
- सास फेर्न गाह्रो भएमा
- लगातार छाती दुख्ने वा चाप महसुस भएमा
- अचानक अलमल महसुस भएमा
- प्रतिक्रिया दिन असक्षम भएमा
- छालाको रङगको आधारमा छाला, ओठ वा नङ पहेँलो, खरानी, वा निलो भएमा
आफ्नो घरमै भएपनि, अरू मान्छेसँग नजिक रहनु पर्ने भएमा, नाक र मुख ढाक्ने गरी मास्क लगाउनुहोस्। तपाइँको घरका अन्य व्यक्तिहरूले पनि, मास्क लगाउनु पर्छ।
- यदि सम्भव छ भने, केएन९५ वा ३-प्लाई सर्जिकल मास्क प्रयोग गर्नुहोस्।
- तपाइँको मास्क, कुनै खाली ठाउँ नभई राम्रोसँग अटेको सुनिश्चित गर्नुहोस्। अटाइ सुधार गर्न, अनुहारमा जोडिने ठाउँमा कानको डोरीमा गाँठो बाध्नुहोस्। तपाइँ खाली ठाउँ रोक्न दुईता मास्क लगाउन सक्नुहुन्छ। मास्कहरू अझ राम्रोसँग अट्ने गरि कसरी मिलाउने भन्ने बारेमा छोटो भिडियो हेर्नुहोस (अंग्रेजीमा)।
संक्रमण फैलिनबाट रोक्न अरूलाई सूचित गर्नुहोस्। तपाइँका नजिकका सम्पर्कहरू (अंग्रेजीमा) लाई उनीहरू कोभिड-१९ को सम्पर्कमा आएको हुन सक्ने जानकारी दिनुहोस्। संक्रमित व्यक्तिले लक्षण देखिनुअघि नै कोभिड-१९ फैलाउन सक्छ। जब तपाइँले आफ्नो नजिकका सम्पर्कहरूलाई सूचित गर्नुहुन्छ, तिनीहरूले परीक्षण गराउन र अन्य व्यक्तिहरुमा भाइरस फैलाउनबाट रोक्न, आवश्यक भएमा क्वारेन्टाइन वा आइसोलेशनमा बस्न सक्छन्।
- यदि तपाइँले घरमै परीक्षण गर्नुभएको छ भने, तपाइँको पोजेटिभ नतिजा वाशिंगटनको कोभिड-१९ हटलाइन 1–800–525–0127 मा रिपोर्ट गर्नुहोस्। यसले सम्पर्क ट्रेसिङ प्रयासहरू (अंग्रेजीमा) लाई समर्थन गर्दछ र हाम्रो समुदायहरूमा रोगलाई थप फैलिनबाट रोक्छ। हटलाइन सोमबार बिहान 6 बजे देखि राती 10 बजेसम्म र मंगलबार देखि आइतबार (र छुट्टिका दिनहरूमा) बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म उपलब्ध हुनेछ। भाषा सहायता उपलब्ध हुनेछ।
- यदि तपाइँले घरमा परीक्षण गर्नुभएको हो भने, अज्ञात रुपमा, संक्रमण भएको हुन सक्ने अन्य WA Notify(WA सूचना) प्रयोगकर्ताहरूलाई सचेत गराउन, WA Notify मार्फत प्रमाणिकरण कोड अनुरोध गर्नुहोस्।
चिकित्सा सल्लाहको लागि तपाइँको स्वास्थ्य सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस् — यदि तपाइँसँग छ भने — वा स्थानीय स्वास्थ्य क्लिनिकमा सम्पर्क गर्नुहोस्। तिनीहरूले तपाइँलाई निको हुने प्रक्रियामा कसरी आरामदायी रहने भन्ने बारे केही सुझावहरू दिन सक्छन्। तिनीहरूले, आवश्यक पर्दा थप मद्दत प्राप्त गर्न, तपाइँलाई गम्भीर रोगका लक्षणहरूबारे सचेत रहनको लागि पनि भन्नेछन्।
आफ्नो ठाउँमा सकेसम्म हावा प्रवाह हुने व्यवस्था गर्नुहोस्। आफ्नो ठाउँमा सकेसम्म हावा प्रवाह हुने व्यवस्था गर्नुहोस्। सम्भव भएमा, झ्यालहरू खोल्नुहोस्, आफ्नो थर्मोस्ट्याटमाथि को फ्यान चलाउनुहोस्, आफ्नो HVAC फिल्टर परिवर्तन गर्नुहोस्, वा HEPA एयर प्युरिफायर प्रयोग गर्नुहोस्।
यदि तपाइँ कोभिड-१९ रोगबाट निको भइसक्नु भएको छ र तपाइँको आइसोलेशनको अवधि समाप्त गर्न सक्नुहुन्छ भने पनि, आफू र अरूलाई जोगाइरख्न महत्त्वपूर्ण छ। यो तपाइँले आफ्नो कोभिड-१९ खोप र बूस्टर प्राप्त गरेर, सार्वजनिक ठाउँमा आफ्नो मास्क लगाएर, ठूला जमघटहरू बाट टाढा बसेर, आफ्नो हात धोएर, र आफ्नो स्मार्टफोनमा WA Notify सक्षम गरेर गर्न सक्नुहुन्छ।